धादिङ–पोखरा सम्पर्क सदनद्वारा आयोजित प्रशिक्षण एवं तीज विशेष कार्यक्रममा सहभागीहरु । |
पोखरा १५ भदौ ।
नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क सदनले बुधबार पोखरामा प्रशिक्षण एवं तीज विशेष कार्यक्रम आयोजना गर्यो । गत शनिबार मात्र एमाले निकट सम्पर्क मञ्चले पनि साधारणसभाका अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको थियो । मञ्चले तीज कार्यक्रमको आयोजना गर्दा करिब २ लाख ५० हजार
सदनले बुधबार आयोजना गरेको प्रशिक्षण एवं तीज विशेष कार्यक्रममा एमाले सम्पर्क मञ्चका भने कोही पनि प्रतिनिधि सहभागी थिएनन् । मञ्चले केही दिनअघि आयोजना गरेको कार्यक्रममा सदनका तर्फबाट कोही पनि सहभागी नभएकाले मञ्चका कोहीपनि प्रतिनिधि सहभागी नभएको बुझिन्छ । मञ्चले शनिबार पोखरामा आयोजना गरेको साधारणसभा तथा तीज विशेष कार्यक्रममा एमाले धादिङका केही नेता तथा सांसद सहभागी थिए । एमालेको कार्यक्रममा राजनीतिक रुपमा आरोप–प्रत्यारोपको भाषण गरिएको भएपनि सदनको कार्यक्रममा त्यस्तो भएको थिएन ।
यसैबीच यी दुई पार्टी निकटको अस्वस्थ प्रतिस्पर्धात्मक गतिविधिप्रति धादिङ–पोखरा सम्पर्क समितिका केही अग्रजहरुले चिन्ता प्रकट गरेका छन्। यसअघि सामाजिक गतिविधिमा क्रियाशील धादिङवासीहरु विभिन्न राजनीतिक पार्टी गठन र संचालन गरेर विभाजित हुन थालेकोप्रति समितिका अग्रहरुले चिन्ता प्रकट गरेका हुन्। पोखरामा रहेका धादिङवासीहरुले एमाले निकट सम्पर्क मञ्च, कांग्रेस निकट सम्पर्क सदन र माओवादी निकट समन्वय समिति गठन गरेर आ–आफ्नो गतिविधि संचालन गर्दै आइरहेका छन् ।
‘राजनीतिक पार्टीमा केन्द्रित भएर गतिविधि संचालन गर्दा सामाजिक कार्यमा स्वतः समस्या निम्तिन्छ’, समितिका एक पूर्व अध्यक्षले गोल्डेन न्यूज दैनिकसंग भने-‘हामीहरु पोखरामा रोजगारी खोज्न आएका हौं, राजनीति गर्न होइन, हामी सामाजिक गतिविधि मात्र संचालन गर्न सक्छौं तर राजनीति होइन, राजनीतिले सामाजिक गतिविधिलाई स्वतः निस्क्रिय बनाउँछ ।’ राजनीतिक पार्टीमा लागेर तेरो पक्ष र मेरो पक्ष भन्ने हो भने धादिङ पोखरा सम्पर्क समितिको अस्थित्व खतरामा पर्ने उनको चिन्ता छ ।
‘गत शनिबार एमाले निकट धादिङवासीले तीज दर खुवाउने नाममा आफू निकट बोलाएर करिब १ हजार बढीलाई भोज खुवायो भने त्यसको सिको गर्दै बुधबार कांग्रेस निकटले पनि दरको नाममा भोज खुवायो’, उनले प्रश्न गर्दै भने-‘यसरी छुट्टा–छुट्टै प्रतिस्पर्धात्मक कार्यक्रम गर्ने खर्च कहाँबाट आउँछ ? यति ठूलो रकम भूकम्पले ग्रस्त जिल्लाको कुनै एक विद्यालयलाई दिन सकेको भए के हुन्थ्यो ?’
धादिङ पोखरा सम्पर्क समितिको आपतकालिन राहत कोषमा मासिक ५० रुपैयाँ सहयोग गर्न कन्जुस्याइँ गर्ने धादिङवासीले राजनीतिक कार्यक्रममा भने मनग्य खर्च गर्नु विडम्बना भएको अर्का एक पूर्व अध्यक्षले बताए । उनले राजनीतिक विचार बोकेर हिंडेपनि सबै धादिङवासीको भावना एक हुनुपर्नेमा जोड दिए।
सदनको प्रशिक्षण एवं तीज विशेष कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले सकारात्मक सोंच र विचारले मात्र राजनीति सही ढङ्गले अघि बढ्न सक्ने बताए । उनले पोखरामा रहेका धादिङवासीलाई धादिङ कांग्रेसको सधैं सद्भाव र सम्मान रहने स्पष्ट पारे । उनले पोखरामा रहेका धादिङवासीलाई समस्या पर्दा धादिङ कांग्रेस खुशी हुन नसक्ने स्पष्ट पारे । सभापति धमलाले धादिङवासीलाई जुनसुकै समस्या परेपनि कास्की कांग्रेससंग समन्वय गर्न आग्रह गर्दै कास्की कांग्रेसले पनि आफ्नै नेता कार्यकर्ता ठानी सहयोग गर्ने वातावरण आफूले मिलाउने बताए । तीजको अवसरमा शुभकामना दिंदै उनले नेपाली कांग्रेसको इतिहाससंग सबै भाषा, संस्कृति र रीतिरिवाज जोडिएको बताए । उनले भने-‘नेपाली कांग्रेस नेपाली सबै भाषा, संस्कृति र रीतिरिवाजसंग प्रत्यक्ष सरोकार राख्ने पार्टी हो । त्यसैले कांग्रेसले कहिल्यै एकल जातीय तथा वर्गीय कुरा उठाएको छैन ।’ कांग्रेसले सदिऔंदेखि धार्मिक स्वतन्त्रताको कुरा उठाउँदै आएको स्पष्ट पार्दै सभापति धमलाले कांग्रेस सनातन धर्म सापेक्षताको पक्षमा रहेको बताए । उनले भने–‘कसैलाई भ्रम नहोस्, धर्म निरपेक्षता कांग्रेसको कारणले भएको भन्ने ।’
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले धादिङमा रहेका धादिङवासी एवं कांग्रेसपक्षधरलाई धादिङवासी नठानेको स्पष्ट पारे । कास्की कांग्रेसको विभिन्न आन्दोलनमा धादिङवासीको महत्वपूर्ण भूमिका रहेकाले यसको मूल्याङ्कन सदैव हुने उनले बताए । उनले भने-‘कास्की कांग्रेसको आन्दोलनमा धादिङका रामप्रसाद अधिकारी, मोहन पण्डित लगायतको महत्वपूर्ण योगदान छ, उहाँहरुले लगाउनुभएको यो गुन कास्की कांग्रेसले कहिल्यै भुल्न सक्दैन ।’ धादिङ र कास्कीबीच भावनात्मक सम्बन्ध जोडिएको भन्दै यो सम्बन्धलाई अझ प्रगाढ बनाउन कास्की कांग्रेसले प्रयत्न गर्ने उनले स्पष्ट पारे । उनले कांग्रेस पार्टी चार जात छत्तिस वर्णको फूलवारी भएकाले यसमा सबै जाति, सबै भाषी, भाषाभाषी, सबै रीतिरिवाज र सवै वर्ग नागरिक अटाउन सक्ने बताए ।
रुपैयाँ र सदनले बुधबार आयोजना गरेको कार्यक्रममा करिब १ लाख ५० हजार रुपैयाँ खर्च गरेको अनुमान गरिएको छ । सम्पर्क सदन स्थापना भएको दुईवर्ष मात्र भएको छ। सदनले यी दुई वर्षमै तीज विशेष कार्यक्रम आयोजना गरि ठूलै रकम खर्च गर्यो भने मञ्चले पनि केही वर्षदेखि यस्ता गतिविधि संचालन गरि ठूलो खर्च गर्दै आएको छ । सदनले गतवर्ष तीजमा गरेको खर्चको ऋण तिर्न नसकेको भन्दै धादिङवासी केही व्यवसायीले गम्भीर खालका शब्दावली प्रयोग गर्दै गालीगलौज गर्दै आएको छ ।
धादिङ कांग्रेसका सचिवद्वय विनोद तिमिल्सिना र हरिराम बुर्लाकोटीले मुलुकको परिवर्तन कांग्रेस विना सम्भव नभएको भन्दै अबको क्रान्तिमा पनि कांग्रेस नै नायक बन्ने दावी गरेका थिए । उनीहरुले पोखराको कांग्रेस सदनलाई धादिङ कांग्रेसले नीतिगत रुपमै सहयोग गर्न तयार रहेको बताए ।
विद्यार्थी नेता रामप्रसाद अधिकारीले कांग्रेस स्वच्छ विचारधाराको पार्टी भएकाले यसमा स्वच्छ र सकारात्मक विचार राख्न सक्नेमात्र अटाउने बताए । विद्यार्थी र पार्टी कार्यकर्ताको योगदानको भूमिका कांग्रेस पार्टीले मूल्याङ्कन गर्न नसकेको गुनासो गर्दै उनले यसबारेमा पार्टीलाई ध्यानाकर्षण गराउने बताए ।
धादिङ–पोखरा सम्पर्क सदनका सभापति केदार धमलाको सभापतित्वमा भएको कार्यक्रममा उप-सभापति यादुप्रसाद ढकाल, सचिव माधव अर्याल, सल्लाहकार लाल प्रसाद पाठक, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङ, नेकपा माओवादी केन्द्र निकट धादिङ–पोखरा समन्वय समितिका अध्यक्ष रेशम सिंखडा लगायतले आ-आफ्नो भनाइ राखेका थिए। उक्त अवसरमा नेविसंघका नवनिर्वाचित नेताहरु रामप्रसाद अधिकारी, भानु ढकाल, गोपाल गुरुङ, देवकृष्ण पराजुली र पुनम भट्टलाई सम्मान गरिएको थियो ।
Post a Comment