छारेरोग सम्बन्धमा अन्धविश्वास हटाउन जरुरी
छारे रोगबारे दुई हजार वर्ष पहिले चिकित्सा विज्ञानका पिता हिप्पोक्रेट्सले पहिचान गरेका थिए । आयुर्वेदसम्बन्धी उपचार विज्ञानमा छारे रोगलाई ‘अपसमरा’ नामले जानिन्छ । आयुर्वेदले धेरै पहिलेदेखि चिनेकै कारणले हुनपर्छ, नेपालमा छारे रोगलाई मृगी, चरिफाई, वाख्रे रोगलगायतका नामले चिनिन्छ । यति लामो इतिहास भए पनि यो रोगबारे अन्धविश्वास छ । विभिन्न देशहरूमा गरिएका अध्ययन अनुसार जनसंख्याको करिब १ प्रतिशतमा छारे रोग हुन्छ । यस हिसावले नेपालमा कम्तिमा तीनलाख छारेरोगका बिरामी हुनुपर्छ । तर हाम्रो समाजमा यसलाई पूर्व जन्मको फल, भगवानले दिएको सजाय, मानसिक तथा कहिले पनि निको नहुने रोग वा भूतप्रेत चढेको भन्नेजस्ता अन्धविश्वासले हेरिन्छ र उपचार गर्ने तर्फ ध्यान दिइन्न ।
खासमा छारे रोग मस्तिष्कसम्वन्धी एक प्रकारको समस्या हो र यसको उपचार छ । यही जनचेतना समुदाय सम्म पुग्न सके पीडित बिरामीको जीवनमा धेरै परिवर्तन हुन सक्थ्यो । उपचार गराएर उनीहरू सामान्य जीवन बिताउन सक्थे । यो सरुवा रोग होइन । थुक र ¥यालबाट यो रोग सर्छ भन्ने गलत धारणाले बिरामीसंग संगै बस्न, पढ्न र खेल्नसमेत उसका साथीहरू डराउने गरेका छन् । स्कुलमा पनि छारे रोग भएकालाई अरूलाई सर्छ भन्दै पढ्न नआऊ भनिन्छ । स्कूललाई यो रोग सरुवा होइन भनेर चिकित्सकले लेखेरै दिँदा पनि बिरामी विद्यार्थीलाई कक्षामा छुटै राखेको, सबैभन्दा पछाडि बसाएको जानकारीसमेत यो पंक्तिकारलाई छ । स्कुलमा भेदभाव भोगेको विद्यार्थीको मनस्थितिमा कस्तो असर पर्ला भनेर सोचेको पाइन्न । त्यस्तो अवस्थामा उसले पढ्न सक्छ वा सक्दैन भन्ने विचार गरिएको हुँदैन । वास्तवमा स्कुलले पनि समाजको डरले यसो गरेको हो । त्यसैले यस्ता अन्धविश्वास नहट्दा सम्म डर हट्दैन ।
छारे रोग लागेका बिरामीलाई बेला–बेलामा छोप्छ र उनीहरू बेहोस हुन्छन् । यो रोग धेरै किसिमका हुन्छन् । यसका कारण पनि धेरै हुन्छन् । धेरैले देखेको र जानेको छारेरोग भनेको अचानक लड्ने, शरीर अरङ्ग पार्ने, कम्पन्न हुने, मुखबाट फीँज निकाल्ने, जीब्रो टोक्ने, चोटपटक लाग्ने र एकै छिनपछि होस फर्किने हो । यसरी छोपेको बेलामा अरू मानिसले केही गर्नै नहुने काम गर्दछन् । जनचेता अभावले के गर्नु पर्छ र के गर्नु हुँदैन भन्ने थाहा नभएकाले यस्ता घटनाहरू हुन्छन् । त्यसैले समुदायमा जनचेतना नबढाई यस्ता समस्या टार्न कठिन छ । जनचेतना वढाउन सञ्चार माध्यमहरूले ठूलो भूमिका खेल्न सक्छन् । धेरै जसो छारेरोगका विरामीहरू पाँच मिनेट भित्रै होसमा आउँछन् ।
छारेरोगको उपचार
छारेरोग धेरै प्रकारका हुन्छन् । यो समस्या हुने कारण पनि धेरै हुन्छन् । कुन किसिमको रोग के कारणले भएको हो, त्यसै अनुसार उपचार गर्नुपर्छ । आधाजसो बिरामीमा कारण पत्ता लगाउन कठिन भए पनि उपचार भने गर्न सकिन्छ । आधा जसो छारेरोगीलाई उपचारपछि छोप्ने व्यथा पुरै नियन्त्रण भएको पाइएको छ । ३ देखि ५ वर्षसम्म नियमित उपचार गरेपछि यो रोग पुरै निको हुन्छ र औषधि बन्द गर्न सकिन्छ । ४० प्रतिशतको छोप्ने क्रम नियन्त्रण गर्न सकिन्छ । अर्थात, छोप्ने क्रम पुरै नरोकिए पनि निकै कम गर्न सकिन्छ । यसले बिरामीलाई धेरै सजिलो गराउँछ तर औषधि सेवन भने धेरै वर्षसम्म गर्नु पर्छ । बाँकी १० प्रतिशतलाई चाहे जस्तो सुधार नहुनसक्छ, शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । महत्वपूर्ण कुरा के हो भने छारेरोग भएका ९० प्रतिशतलाई उपचारपछि फाइदा हुन्छ, सके रोग निकै हुन्छ नभए नियन्त्रणसम्म भए पनि हुन्छ । उपचारपछि पढ्न, काम गर्न, विवाह गर्न, वच्चा पाउन आदि सकिन्छ । कस्तो काम गर्न उचित हुन्छ चिकित्सकसंग सल्लाह लिन सकिन्छ । यसका बिरामीले उपचार नगराइ बसे रोग छिप्पिदै जाने, चोट पटक लाग्ने डर हुन्छ । त्यसैले रोग नलुकाई, उपचार गराउनुपर्छ । यस्ता बिरामीका परिवारमा अरूले थाहा पाउँछन् भनि रोग लुकाएर राख्ने चलन छ । तर, अचानक बेहोस भई जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले रोग लुकाएर लुक्दैन । अर्को के ख्याल गर्नुपर्छ भने औषधि एक दिन पनि नबिराई खानुपर्छ । एक दुई मात्रा औषधि छुट्यो भने पनि रोग बल्झिन सक्छ ।
विद्यार्थीलाई छोप्दा
धेरै जनालाई यो रोग केटाकेटी उमेरमै वा १५ वर्ष पुग्दा नपुग्दै सुरु हुने गरेको देखिएको छ । त्यसैले स्कूलका विद्यार्थी र शिक्षक–शिक्षिकाले यस रोगबारे जानकारी राख्नुपर्छ । विद्यार्थीहरू आफ्नो साथी बेहोस भएको वा कामेको देखेर डराउन÷आत्तिन सक्छन् । यस्तो बेलामा शिक्षकले उनीहरूको डर र त्रास कम गराउनुपर्छ । उनीहरूलाई उपचारपछि यो रोग नियन्त्रणमा आउँछ भनेर बताउनुपर्छ । पीडित बालबालिकाप्रति उसको पढाइका लागि शिक्षक र अरू विद्यार्थीको राम्रो व्यवहार आवश्यक छ ।
केही आमा–बाबुले स्कुलमा बेहोसै भएर केही हुन्छ कि भन्ने डरले रोगी छोराछोरीलाई पढाउनै छाड्छन् । यस्तो हुन नदिन शिक्षकले भूमिका खेल्नुपर्छ । उपचार गराई पढाई सुचारु राख्नुपर्छ । बरु सुरुमा स्कुल आउँदा–जाँदा चाहीँ कसैको साथ लगाउन सकिन्छ । छारे रोगी बालबालिकाले पढ्न सक्दैनन् भन्ने गलत धारण पनि केही बाबुआमामा पाइन्छ । यस्तो भ्रमलाई शिक्षकले चिर्नुपर्छ । कोही–कोही शिक्षक पनि छारे रोगी विद्यार्थी पढाउँदा–पढाउँदै बेहोस भएमा के गर्ने भनेर आत्तिने गरेका छन् । रोगले छोप्दा ढल्ने, काम्ने, बेहोस हुने, फिँज निकाल्ने जस्ता दृश्यले डराउनु स्वाभाविकै हो तर आत्तिनु पर्दैन । प्रायः २ देखि ३ मिनेटपछि छोप्ने क्रम रोकिन्छ । छारे रोगी बालबालिकाले पनि अरू सरहै पठन पाठन गर्न सक्छन् । मात्र उनीहरूले पढ्ने, जान्ने र सिक्ने अवसर गुमाउनु भएन । कतिपय यस्ता केटाकेटी अत्यन्त बुद्धीमान पनि हुन सक्दछन् । शिक्षकहरू रोगले छोपेका बेला के गर्न हुन्छ, के हुँदैन भन्ने पनि राम्रो जानकारी राख्नुपर्छ ।
बेहोस हु“दा के गर्न हु“दैन ?
– बेहोस बिरामीलाई जुत्ता वा मोजा सुघाउँने गरिन्छ । यो अत्यन्त गलत र अमानवीय व्यवहार हो ।
–जबरजस्ती चम्चा वा त्यस्तै सामान घुसारेर मुख खोल्न खोजिन्छ । यसो गर्दा दाँत भाँचिने, मुख भित्र चोटपटक लाग्ने सम्भावना हुन्छ, त्यसैले यो काम गर्नु हँुदैन ।
– बेहोस विरामीलाई मुखमा पानी वा खानेकुरा हालीदिने चलन छ, जुन अझ धेरै खतरनाक हो । पानी वा खानेकुरा सास फेर्ने नली तीर गएर बिरामीको श्वासप्रश्वास रोकिन सक्छ ।
बेहोस हु“दा के गर्नु पर्छ ?
–बिरामीलाई सजिलो ठाउँमा सुताईदिनुपर्छ ।
– वल प्रयोग गरेर कम्पन रोक्ने प्रयास नगर्ने ।
– मुखमा पानी वा खानेकुरा नराख्ने ।
– काम्न छोडेपछि कोल्टे पारेर सुताउने ।
–मुखमा चम्चा आदि हालेर मुख खोल्न नखोज्ने ।
– जुत्ता सुघाउने वा साँचो हातमा राखिदिने जस्ता कार्य नगर्ने ।
–नजिकै अस्पताल÷स्वास्थ्य केन्द्र छ भने पु¥याउन सहयोग गर्ने ।
छारेरोगको उपचार सम्भव छ ?
औषधि उपचारबाट ६० देखि ६५ प्रतिशत छारे रोगीमा मूच्र्छा पर्ने समस्या हट्छ । बाँकी ३५ प्रतिशतलाई औषधिले छुँदैन । न्युरोलोजी जर्नलमा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा छारे रोगी मूच्र्छा पर्ने समस्या घटाउने प्रभावकारी वैकल्पिक उपाय सुझाइएको छ । कार्बोहाइड्रेट कम र चिल्लो बढी भएको आहाराले छारे रोगीलाई फाइदा पुग्ने न्युरोलोजीमा उल्लेख गरिएको छ । यस प्रकारको आहाराले बेकाबु मूच्र्छा पर्ने घटना कम हुने दाबी गरिएको छ । औषधिले काम गर्न नसकी कोही वयस्क छारेरोगी अनियन्त्रित रूपमा मूच्र्छा पर्ने गर्छन् ।
कार्बोहाइड्रेट कम र चिल्लो बढी भएको आहारा बालबालिकामा प्रभावकारी हुने प्रमाणित भइसकेको छ तर वयस्क छारे रोगीमा यसबारेमा विस्तृत अनुसन्धान भएको थिएन तर अन्डा, बटर, क्रिम, तरकारी, गेडागूडी, बदाम, माछा, चिज आदि भएको खाना वयस्क छारे रोगीलाई समेत उपयोगी भएको पत्ता लगाइएको छ ।
अध्ययन र अनुसन्धान
अमेरिकाको अमेरिकन एकेडेमी अफ न्युरोलोजीका सदस्य तथा मिड एट्लान्टिक इपिलेप्सी एन्ड स्लिप सेन्टरमा कार्यरत प्रमुख अनुसन्धानकर्ता पाभेल क्लिनले भन्नुभएको छ– मूच्र्छा पर्ने समस्या औषधिले रोक्न नसकिएका ३५ प्रतिशत छारे रोगीका लागि हामीले नयाँ उपाचार खोज्नुपर्छ, कार्बोहाइड्रेट कम र चिल्लो बढी भएको आहारा बालबालिकामा प्रयोग भइरहेको छ तर वयस्कमा यो कत्तिको प्रभावकारी छ भन्ने सम्बन्धमा थोरै अनुसन्धान भएको रहेछ । पाभेलको टोलीले छारे रोगीमा कार्बोहाइड्रेट कम भएको आहाराको प्रभाव सम्बन्धमा गरिएका पाँच अनुसन्धानको तथा चिल्लो पदार्थ अधिक भएको आहाराबारेमा गरिएको पाँच अनुसन्धानको विवरण केलाएको थियो । यसअघि डाना–फार्बर क्यान्सर इन्स्टिच्युट र हार्वर्ड मेडिकल स्कुलका अनुसन्धानकर्ताले पनि छारे रोगको उपचारमा यस पद्धतिलाई विज्ञानसम्मत व्याख्या गरेका थिए । न्युरो जर्नलमा अनुसन्धान टोलीले उल्लेख गरे अनुसार मस्तिष्कमा कोषीय पद्धतिलाई परिवर्तन गर्ने एक प्रोटिनद्वारा मूच्र्छा प्रक्रिया अवरुद्ध हुन्छ । मस्तिष्कमा विद्युतीय क्रियाको झट््काले उत्पन्न हुने स्नायुतन्त्रीय विकारले मूच्र्छाको अवस्था ल्याउँछ । त्यसैले आहारामा कार्बोहाइड्रेट वा चिनी कम खाएमा मस्तिष्कले बोसोमा भर पर्नुपर्छ । शरीरमा बोसोको विघटन हुँदा सहउत्पादनका रूपमा किटोन बन्छ । चिल्लो अधिक र कार्बोहाइडे«ट कम खाएर छारे रोगको प्रभाव कम गर्ने उपाय प्रयोगमा आएको लगभग सय वर्ष भएको छ । छारे रोग भएको मुसामा वैज्ञानिकले बीसीएल–२ प्रोटिनमा हेरफेर गरी किटोन उत्पादन बढाउने र ग्लुकोजको मात्रा कम गर्ने बनाएर प्रयोग गरेका थिए । यसबाट मूच्र्छा पर्ने घटना कम भएको थियो ।
(लेखक आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रा.लि.
पोखरा–१०, इन्द्रचोकका प्रबन्ध निर्देशक हुन् ।)

Post a Comment