गोल्डेन न्यूज संवाददाता
कास्की सावेतका नारायण गुरुङ सामाजिक सेवामा तल्लिन मध्ये एक हुन् । उनले नेपालको स्वस्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेका छन । युरोपिन देशमध्ये लिटल स्विजरल्याण्टले चिनिने लग्जुम्बर्ग देशमा रेष्टुरेन्ट संचालन गरेर जम्मा आम्दानी केहि प्रतिशत नेपालका विभिन्न जिल्लामा शिक्षा तथा स्वस्थ्य क्षेत्रमा सहयोग गरेका हुन् । नेपालका भूकम्प पीडित तथा विभिन्न प्राकृतिक प्रकोपबाट भएको भौतिक संरचना निर्माणका रकम संकलन गर्न उनले लग्जुम्बर्गमा रहेको रेष्टुरेन्टमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको बताउछन । हालसम्म उनले करिव २५ लाख ५० हजार सहयोग गरिसकेका छन । देशमा भूकम्प पीडितलाई होस् या अन्य विद्यालयमा उनले आर्थिक सहयोग गरेका छन् । उनले नेपालको सिन्धुपाल्चोक, भक्तपुर, रसुवा लगायतका जिल्लामा सहयोग गरेका छन् । कास्कीको दाङसिङ्ग गाविस सावेतमा जन्मिएका गुरुङले गाँउमा रहेको साँढे दुई रोपनी जग्गा समेत समाजघर निर्माणका लागि दान दिएका छन् । विभिन्न संघ–संस्था संग आवद्ध समेत रहेका उनले कास्कीको तिखेढुंगामा भगवति माध्यामिक विद्यालयमा फिनेल लग्जुम्बर्ग संगको सहकार्यमा छात्रवास र भान्साघर समेत निर्माण गरिदिएका छन । छात्रवास निर्माणका लागि करिब ३५ लाख रुपैयाँ लागेको उनी बताउछन् । लग्जुम्बर्ग स्काउटसंग आवद्ध गुरुङले हालै मात्र बाग्लुङ्गको शिक्षा सुधार गर्न विभिन्न शैक्षिक क्रियाकलापमा सहयोग गरेका छन् । गुरुङले लग्जुम्बर्ग स्काउट संग अवद्ध भोलिन्टियरलाई बाग्लुङ्गको सामाजिक कार्यमा सहकार्य गर्ने अवसर पनि प्रदान गरे । उनकै अगुवाईमा भोलेन्टियरहरुलाई बाग्लुङ्गको रुद्रेपिपल माध्यमिक विद्यालयमा रङ्ग लगाउने, कक्षा कोठा भित्तामा विभिन्न चित्र बनाउने लगायत पेन्टिङ कार्य गरिरहेका छन । कामको अनुगामन गर्ने क्रममा बाग्लुङ्ग पुगेका गुरुङले बाग्लुङ स्काउटलाई नगद २५ हजार सहयोग समेत गरे । यसैगरी कास्कीको तिखेढुंगामा रहेको भगवती माध्यामिक विद्यालयलाई नगद ५० हजार सहयोग गरे । जेफ फिसरको नेतृत्वमा ६४ जनाको टोलीले जिल्ला शिक्षा कार्यालय बाग्लुङ्गको सहकार्यमा बाग्लुङ्गका विभिन्न विद्यालयहरुमा शैक्षिक क्रियाकलापहरु गर्दै आएका छन । विद्यार्थीहरुले यत्तिबेला बाग्लुङको उक्त विद्यालय ङग्याउने, खेल खेलाउनेदेखि विद्यार्थीलाई अनुशासन सिकाउने सम्मका गतिविधिहरु गरेर विद्यार्थीहरुलाई शिक्षाप्रति आकर्षित गरिरहेको जिल्ला शिक्षा कार्यालय बाग्लुङ्गका स्रोतव्यक्ति ढकबहादुर पुनले बताए । स्काउट संग आवद्ध ति विद्यार्थीहरु साउन ४ गते बाग्लुङ्ग आएका हुन् । विद्यालयमा बर्खे विदा पारेर क्याम्प नै खडा गरेर विद्यालयको शैक्षिक स्थिति सुधार गर्न बसेका उनीहरुले आप्mनै लगानीमा विद्यालयलाई खानेपानी ट्याङकी, प्रतिक्षालय समेत निर्माण गरिदिएका छन् । विद्यालयलाई ६ काठे भवन निर्माण गरिदिने अश्वासने समेत पाएको विद्यालयका प्रधानाध्यापक ममतादेवी शर्माले बताए ।
Post a Comment