गोल्डेन न्यूज संवाददाता
नयाँ जातका धानको बढ्दो विस्तारसँगै कास्कीमा रैथाने औषधीय गुण बोकेका धान विस्तारै लोपोन्मुख अवस्थामा पुगेका छन् । उत्पादनका दृष्टिबाट पनि नयाँ उन्नत जातका धान रोप्न कृषक आकर्षित हुन थालेपछि रैथाने जात विस्तारै लोपोन्मुख हुँदै गएका छन् । विशेष गरी ताल किनारको सिमसार क्षेत्रमा पाइने जङ्गली धानका रूपमा लिइने नाभो अधिकांश स्थानमा लोप भइसकेको छ । धानको अति प्राचीन प्रजातीका रूपमा रहेको नाभोबाटै विस्तारै अन्य धानको विकास भएको मानिन्छ । पछिल्ला वर्षमा धेरै रैथाने जातका लिबर्डका कृषि प्राविधिक उद्वव कार्कीले धान विस्तारै हराउन थालेको र तिनीहरूको संरक्षणका लागि संरक्षणको पहल थालिएको बताए। रैथाने जातका धान तथा बाली विस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथ नगरपालिकाको सुन्दरीडाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी तिनीहरूको संरक्षणको पहल गरिएको कार्कीले बताए । उनले भने–‘केन्द्रमा धान बालीका साथै, कोदो, तरकारी लगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरिएको छ । राससका अनुसार परम्परागत बालीका बीउ जोगाउनका लागि पछिल्लो समयमा कृषकको पनि सक्रियता बढेको छ । केन्द्रले हाल तरकारी बालीका ३८ प्रजाति, धानका ३२ तथा कोदोको १७ प्रजातिलगायत विभिन्न बालीको बीउबीजन संरक्षण र वितरण गर्दै आएको छ । उपत्यका, तालतलैया र सिमसार क्षेत्र जस्ता विविधतायुक्त भू–बनोट पाइने कास्कीमा ५० भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि विस्तारै उत्पादन राम्रो हुने हाइब्रिट धानतर्फ कृषकको आकर्षण देखिन्छ ।
जिल्लामा एक दशक अघिसम्म प्रचलनमा आएका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङ्कोटे धान लोप नै भइसकेका छन् । करिब ३०० मिटरदेखि ६०० सय मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड, बेगनासका सल्लाहकार दिनानाथ ढका अनुसार पछिल्ला वर्षमा गौरिया, बिरम्फूल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेको छ ।
यता कृषहरु भने नयाँ जातका धानको आगमनसँगै परम्परागत रूपमा रोपिने पोखरेली मसिनो (पहेंँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्ले जस्ता धान विस्थापित हुने अवस्थामा पुगेको बताउछन् । कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदी लगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश कोइरालाका अनुसार जिल्लामा हाल सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । भरतपोखरीका कृष्ण सुमन पोखरेलका अनुसार बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने गरेको छ । आँगा, अनदी जस्ता धेरै औषधीय गुण बोकेका धान विस्थापित बन्दै गएको भन्दै उनले बढ्दो रासायनिक मलको प्रयोगबाट जेठोबूढो, पहेँंले, बिरमफूल जस्ता बास्नादार धानमा पनि बास्ना आउन छाडेको बताए । गाउँका बस्ती विस्तारै खाली हुँदै गएका कारण टारी खेतमा हुने गरेका रैथाने धानका जात रोप्न छोडिएको छ’, उनले भने–‘खेती गरिएका ठाउँमा पनि कृषकको रोजाइँ हाइब्रिट धान परेको छ ।’ पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको शिशुवा, पटनेरी लगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक लीलाप्रसाद पंगेनीले बताए ।

Post a Comment