मलेसियाली पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको २२ वर्षे शासनकालमा मलेसियाको आर्थिक वृद्धिदर औसतमा १० प्रतिशत र जनताको जीवनस्तरमा २० गुनाले वृद्धि भयो । मलेसियाली जनताको त्यो उच्च आर्थिक समृद्धि र विकासका लागि प्रमुख दुई सूचक थिए–मलेसियाको राजनीतिक स्थायित्व र शासकीय इच्छाशक्ति । पङ्तीकारले नयाँ र समृद्ध नेपालको कल्पना गरेर केही लेखिँरहँदा कुनैबेला तानाशाह भनिएका तीनै मलेसियाली नेता महाथिरको त्यो चमत्कारिक विकासको सन्दर्भ यहाँ उल्लेख गर्न उपयुक्त ठानेको हो । किनकि स्वाधीन र समृद्ध मुलुकको निर्माणका लागि शासनकर्ताको कठोर इच्छाशक्ति प्रधान हुँदोरहेछ भन्ने कुरा हामीले मलेसियाको महाथिर शासनबाट सिक्न सक्छौं ।
उत्तरी छिमेकी चीन र दक्षिणको छिमेकी भारतले हाम्रो देश नेपाल सँगसँगै स्वतन्त्रता हासिल गरेका हुन् । तर, वर्तमान भूगोलमा हामीले उत्तरतिर फर्केर हेर्रुयौं भने चीन यतिबेला विश्वको पहिलो आर्थिक शक्तिराष्ट्र बन्ने दौडमा कुदिरहेको छ । यहीबेला हामीले दक्षिणतिर फर्केर हेर्रुयौं भने भारतले विकास र समृद्धिको दिशामा आफूलाई निकै पेचिलो ढंगले अगाडि बढाइरहेको छ । तर, विडम्बना ! प्राकृतिक श्रोत साधनका दृष्टिले ती दुवै छिमेकीको तुलनामा अरु धेरै सम्भावना बोकेको राष्ट्र भएर पनि हाम्रो आर्थिक बृद्धिदर अहिले पुग नपुग एक प्रतिशतमा सीमित रहेको छ ।
परिवर्तनको वेगलाई समातेर विश्वका अधिकांश मुलुकहरु धेरै अघि पुगिसके । तर, राजनीतिक स्वतन्त्रता प्राप्त गरेको यो साढे छ दशकको समयमा पनि हामीले त्यही राजनीतिक उतार–चढावमा व्यतीत ग¥यौं । जसका कारण हामो प्रगति उत्तर र दक्षिणको तुलनामा निकै कम भयो । चीन र भारतमात्र नभएर दक्षिण एसियाका सबै मुलुकहरु हाम्रो तुलनामा कसरी यतिमाथि पुगिसके ? हामी किन उही अस्थिर राजनीतिको शिकार भयौं ? हाम्रो समृद्धि र प्रगतिको प्रमुख बाधक के रर्रुहो ? यसको समीक्षा गर्ने बेला आएको छ ।
राजनीतिक स्थायित्वः
हाम्रो आर्थिक समृद्धिको प्रमुख बाधक राजनीतिक स्थायित्वको अभाव हो । कुनै पनि सरकार बर्षरडेढ वर्षभन्दा माथि टिक्न नसक्नु यसको ज्वलन्त उदाहरण हो । नेपालमा सरकार फेरबदलको यो श्रृङ्खला आजसम्म यसरी नै चल्दै आउनु हाम्रो प्रगतिको प्रमुख बाधक हो । अर्कोतिर नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष दलीय अविश्वास र ध्रुवीकृत राजनीति हो ।
प्रथम पञ्चवर्षीय योजनामार्फत ०१३ सालमा योजनावद्ध विकासको शुरुवात गरिएको भए पनि राजनीतिक अस्थिरताका कारण नेपालमा विकास संस्थागत हुन सकेन । हाम्रो ध्यान राजनीतिक मुद्धामा मात्र केन्द्रीत भयो, सरकार बनाउने र ढलाउने खेलमा हाम्रो राजनीतिले बढी समय खर्चियो । जनताका आर्थिक मुद्दाहरुको खोजी कहिल्यै भएन । जसका कारण नेपालको विकास प्रक्रिया अवरुद्ध भयो ।
तर, अब ब्यूँझने बेला आएको छ । हामीले अरुतिर फर्केर दोष दिने संस्कृतिलाई परित्याग गरी आफ्नो कर्तव्यको पालना गर्न सिकौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि काम गर्ने असल नेताको छनोट गरौं । एउटा सरकार बनेपछि कम्तिमा पनि पाँच वर्ष शासन गर्ने वातावरण निर्माण गर्न सकियो भने मात्रै हामीले कल्पना गरेको समृद्धिको सपनालाई सार्थक पार्न सकिन्छ ।
नेतृत्वको इच्छाशक्तिः नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीय पद्दतिको ३९ औं श्रृङ्खला भर्खर पूरा भएको छ । नेपालमा अहिलेसम्म भएका धेरै प्रधानमन्त्रीहरुको कार्यकाल पनि विभिन्न राजनीतिक उतार–चढावमा बितेको देखिन्छ । कतिपय प्रधानमन्त्रीहरुसँग इच्छाशक्ति थियो, तर परिस्थिति प्रतिकूल थियो । कतिपय प्रधानमन्त्रीहरुसँग समय अनुकुल थियो, तर मुलुक निर्माणको कार्य्दिशा र इच्छाशक्ति अपूरो थियो । त्यसैले आज पर्यन्त नेपालले अन्य विकासशील राष्ट्रको तुलनामा आफूलाई अघि लैजान सकेन ।
तर, लोकतान्त्रिक गणतन्त्र मार्फत हाम्रो राजनीतिक परिवर्तनको कार्यदिशा पूरा भएको छ । नयाँ संविधान निर्माणसँगै अबको हाम्रो लक्ष्य राष्ट्रको विकास र जनताको समृद्धि हुनुपर्दछ । अबको राजनीतिक पुस्ता र नेतृत्वसँग उपरोक्त मुद्दाहरुलाई तार्किक निष्कर्षमा पु¥याउने दृढ इच्छाशक्ति र संकल्प हुन जरुरी छ ।
त्यसका साथै राजनीतिक एकता, सहकार्य र सहयात्रालाई समेत प्रमुख प्राथमिकतामा राखेर काम गर्नसक्ने विवेकशील, साहसी, धीर र दृढसंकल्पित नेतृत्व अबको आवश्यकता हो ।
मुलुकको समृद्धिका लागि सामुहिक मार्गचित्रः
राष्ट्र निर्माणको मुद्दा कुनै दलविशेष, कुनै जातविशेष, क्षेत्र वा वर्ग विशेषको मुद्दा होइन । यो नेपाली जनताको साझा र सर्वमान्य मुद्दा हो । राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा नेपालका सबैजसो दलहरुले जुन राजनीतिक सहकार्य र एकता प्रदर्शन गरे, त्यही सहकार्य र एकता मुलुक परिवर्तनका लागि पनि प्रदर्शित हुन आवश्यक देखिन्छ । किनकि आर्थिक समृद्धिको आधार बलियो नहुँदासम्म जनताको जीवनस्तर माथि उठ्न नसक्ने र जनताको जीवनस्तर माथि नउठ्दासम्म राजनीतिक परिवर्तन संस्थागत नहुने भएकाले राजनीतिक स्थायित्व र लोकतन्त्रको संस्थागत विकासका लागि सबै राजनीतिक दलहरुले नयाँ मार्ग्चित्र तय गर्नुपर्ने देखिन्छ ।
मुलुकमा प्रयाप्त सम्भावना बोकेका जल, जङ्गल, जमीन र पर्यटनलाई लक्षित गरेर योजना निर्माण गर्न सकियोभने मात्रै सुदृढ र आत्मनिर्भर अर्थतन्त्रको मूलबाटोमा नेपाल पुग्नेछ । तर, यसका लागि सरकार र राजनीतिक पार्टी सँगसँगै सार्वभौमसत्ता सम्पन्न प्रत्येक नागरिकहरुको चासो र चिन्ता आवश्यक छ । किनकि मुलुकको प्रगतिका लागि एउटै दृष्टिकोण बनाउन दलहरुलाई दबाव दिने र जनताका मुद्दामा सहकार्य गर्न बाध्य बनाउने हाम्रो इच्छाशक्तिले पनि मुलुकको समग्र विकासका ठूलो टेवा पुर्रुयाउने छ । त्यसैले पनि सर्वदलीय र सर्वपक्षीय सहभागितामा नयाँ नेपाल निर्माणको मार्ग्चित्र निर्माण गरि काम गर्न शुरु गर्न अबको सरकार र राजनीतिक नेतृत्वलाई हामीले निरन्तर खबरदारी गरौं ।
विकासमा एकता र सहकार्यः
फरक विचार र स्वस्थ आलोचना लोकतन्त्रको विशिष्ट सौन्दर्य हो । बहुदलीय पद्दति र संस्कृतिको शीरोधार्य गरिसकेपछि हामी स्वाभाविक रुपमा भिन्न–भिन्न विचार, फरक–फरक दल र अलग–अलग मान्यताबाट परिचालित छौं । तर, यसो भनिरहँदा हाम्रा केही साझा मुद्दाहरुबाट समेत हामी अलग हुन मिल्दैन । ती मुद्दा र एजेण्डामा हाम्रो साझा अठोट, एकता र सहकार्य्विना हाम्रो राजनीतिक उद्देश्य नै निरर्थक हुन्छ । किनकि प्रत्येक नेता र प्रत्येक दलको अन्तिम लक्ष्य जनताको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनसँग निरपेक्ष हुन सक्दैन ।
सामान्यतया विकास त्यो हो, जुन विकासले बहुसंख्यक जनताको जीवन पद्दतिमा परिवर्तन ल्याउन मद्दत गर्दछ । तर, आज पनि सामुदायिक विकासका हरेक क्रियाकलापहरुमा हाम्रो राजनीति विभाजित भएको देखिन्छ । विकासमा एकरुपता छैन, दलीय समन्वयको अभाव छ । जहाँ एउटा विकासको प्रक्रिया अघि बढाउँदा अर्को विकासको संरचना ध्वस्त भएको छ । विकासका योजनाहरु जनतामुखी भन्दा कार्यकर्तामुखी रुपमा वितरण भएका छन् । के यही विकासको मोडालिटीबाट हामीले कल्पना गरेको आर्थिक समृद्धिलाई भेट्न सकिन्छ ? हाम्रो लोकतन्त्र र हाम्रो गणतन्त्रले निदृष्ट गरेको कार्यदिशा यही हो ? किमार्थ होइन । विकासलाई ‘बहुजन हिताय’ को पवित्र मान्यतामा जोड्ने प्रयास गरौं । विकासको साझा मार्ग्चित्र निर्माण गरौं र त्यसलाई पुरा गर्ने संकल्प र समय निर्धारण गरौं । विकासलाई नेतामा भन्दा नीतिमा आवद्ध गरौं । उपरोक्त सिद्धान्तका आधारमा हामीले आफूलाई रुपमान्तरण गरेर अघि बढ्न सक्यौं भने आउँदो एक दशकमा सायद हामी पनि विश्वका धेरै विकासशील मुलुकहरुसँग प्रतिस्पर्धामा आउन सक्नेछौं ।
अन्तर्राष्ट्रिय सम्बन्धमा समान दृष्टिकोणः
मुलुकमा खड्किएको अर्को प्रमुख मुद्दा अन्तराष्ट्रिय मामिलामा नेपालले साझा दृष्टिकोण बनाउन नसक्नु हो । अन्तराष्ट्रलाई हेर्ने दृष्टिकोण सबै पार्टीका वीचमा मात्रै नभएर एउटै पार्टीमा समेत भिन्न–भिन्न तरिकाले अभिव्क्त भएको पाइन्छ । यो नेपाली राजनीतिको अर्को दुर्भाग्य हो । नयाँ सरकार बनाउने र ढलाउनेदेखि नेपाली राजनीतिका हरेक मुद्दाहरुमा विदेशी चासो र सक्रियतालाई अहिलेसम्म हाम्रो राजनीतिले संस्थागत गरेको छ । हामीले आफ्नो स्वाभिमानप्रति गर्व नगरेर पराधीन मानसिकतालाई मलजल गरिरहेका छौं ।
युरोप, अमेरिका, चीन वा भारतसँग जोडेर कसैले चर्चा गरिदिए मख्ख पर्ने दास मनोवृत्ति वर्तमान राजनीतिक नेतृत्वमा जीवित छ । ‘हामी आफै नमिलेर अरुले मिलाइदिनुपर्ने र हामी आफै नसकेर अरुले बनाइदिनुपर्ने’ दासत्व मनोविज्ञानबाट अब हामी मुक्त हुन जरुरी छ । किनकि यो नै नेपालको राजनीतिक अस्थिरताको प्रमुख जड हो । अर्कोतिर नेपालको राजनीतिक स्थायित्व र प्रगतिका लागि नेपालका सबै दलहरुको अन्तराष्ट्रिय सम्बन्धमा एउटै दृष्टिकोण हुन जरुरी छ । त्यसो भयो भने मात्र हामी स्वाधीन नागरिक भएर बाँच्न सक्छौं ।
निष्कर्षः नेपालमा राजनीतिक स्वतन्त्रताको साढे छ दशकको यात्रा सत्ता र सङ्घर्षमा व्यतीत भयो । नेतृत्वको दम्भ, आत्मपरक चिन्तन र जनताप्रतिको उदासीनताका कारण प्रजातन्त्र धेरैपटक खोसियो । आर्थिक परिवर्तनविनाको प्रजातन्त्र दीगो हुन सक्दैन भन्ने बुझाई हाम्रो नेतृत्वमा भएन ।
प्रजातन्त्रले जनताको जीवनपद्दतिलाई सम्बोधन गर्न सकेन । जसका कारण प्रजा एकातिर भए तन्त्र अर्कोतिर भयो । प्रजा र तन्त्रका वीचको तादम्यता नहुँदा हामीले धेरैपटक प्रजातन्त्र गुमायौं । राजनीतिक संस्कृति र सुझबुझको अभावमा सत्ताको सही प्रयोग नेपालको नेतृत्वले गर्न सकेन । सत्ताका लागि घात, प्रतिघात, अन्तरघात, छल र कपटका विभिन्न दृश्यहरु विगतको नेपाली राजनीतिका सबैभन्दा घातक तथ्यहरु हुन् ।
तर, त्यही राजनीतिक संस्कृतिको पुनरावृत्तिबाट अबको नयाँ नेपालको सपना पूरा हुँदैन । अबको नेता र शासकसँग कठोर इच्छाशक्ति र दृढ संकल्प अपरिहार्य छ । सरकार बनाउने र ढलाउने कुरुप चिन्तनलाई अबको नेतृत्वले परित्याग गर्नुपर्ने देखिन्छ । लोकतान्त्रिक विधि र पद्दतिलाई अनुशरण गर्ने, दलहरुका वीचमा स्वच्छ प्रतिस्पर्धा गर्ने र असल शासन र उच्च राजनीतिक संस्कृतिको माध्यमबाट सत्तामा जाने परिपार्टीको विकास गर्र्नेे संस्कार अबको राजनीतिक दल र नेतामा हुन आवश्यक छ । त्यसैले देश र जनतालाई केन्द्रमा राखेर शासन गर्ने कुशल नेतृत्वको खोजी गरौं । समृद्ध र स्वाधीन नेपालको सपनालाई साकार पार्ने संकल्प र प्रण गरौं ।

Post a Comment