विमल सुवेदी |
नेपाली राजनीतिका महानायक एवं जननायक वीपी कोइराला हामी माझ हुनुहुन्न । तथापि हर नेपालीको मन मष्तिकमा वीपीको नाम गुञ्जिरहेको छ । चाहे उहाँका धेरै सपनामध्ये राजनीतिक सपना देशभित्र जकडिएको राजनीतिक खिचातानी राष्ट्रियताका सवाल विविध कारणले लामो समय लिङ्गरिङ्गमा रह्यो । जसलाई प्राप्त गर्न नेपाली काँग्रेसकै नेतृत्वमा पटक–पटक आन्दोलन भए र अन्तिम मा विजय प्राप्त गर्दै नेपाली कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान घोषणा भइसकेको छ । अब यो संविधानको कार्यान्वयन संगै एक सपना पुरा हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
दुइ भिमकाय छिमेकी मुलुक बीचको तरुलकोरुपमा रहेको नेपाल लाई दुवैसँग समदुरी राख्दै छिमेक मैत्री भावनाले दुवैलाई कसेर नेपालको राष्ट्रियता जोगाउँदै प्रजातान्त्रिक समाजवादको लक्ष्यमा पुग्ने सपना वीपीले बोकेका थिए । त्यहि राजनीतिक दृष्टिकोण नै नेपाली काँग्रेसले यद्धपी अगिंकार गर्दै आएको छ । कोहि कसैले नेपाली काँग्रेसलाई भारत परस्त भन्नु मित्थ्या आरोपमात्र हो । तत्कालीन राणाकालीन वर्वरताको समेत प्रवाह नगरी नेपाल र नेपालीको भविष्य निर्माणमा दिलो ज्यान दिएर खट्ने व्यक्तित्वको नाम नै महामानव वीपी कोइराला हो । वीपीको तत्कालीन दृष्टिकोणनै मानव असमानताको खाडलमा पिल्सिएर हैन समानताको खुला आकासमा समान अधिकार लिएर बाँच्न पाउनुपर्दछ ।
मनिसले दासत्व जीवनबाट मुक्त गरी स्वतन्त्रता पूर्वक वाँच्न पाउनुपर्दछ । यी र यस्तै असमानताका लागि लढ्दा लढ्दै वीपीको जीवन समाप्त भएको थियो । यी र यस्तै कारण वीपी दूर भविष्यमा पनि उहाँ स्मृतिको पानाभित्र अटाइ रहनुहुनेछ । राजनीतिक रुपमा वीपीवाद छ, जसलाई नेपाली काँग्रेसले आफ्नो राजनीतिक दर्शन र साहित्यक क्षेत्रमा आख्यान छ ।
वीपीले आफ्नो राजनीतिक दर्शनको व्याख्या गर्दै गर्दा एक चोटी भन्नुभएको थियो–‘जब हरेक नेपालीको साथमा एक दुहुनो गाई, एक हल गोरु, सानो घर र बिरामी हँुदा उपचार गर्न सक्ने हैसियत हँुदैन तबसम्म मेरो मैले देखेको नेपाली जनताको आर्थिक उन्नति हुँदैन ।’ उनको सपना थियोे–‘सबै नेपालीलाई आर्थिकरुपले सम्पन्न बनाउने र सारा नेपालीलाई राजनीतिक स्वतन्त्रता दिने ।’ वीपीको राजनीतिक स्वतन्त्रताको लडाइँ पुरा करिब ७० वर्षको अवधिमा भएको छ । देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना भएको छ भने शासनको शक्ति बन्दुकको नालबाट निस्कन्छ र साम्यवादी व्यवस्थाको स्थापना गर्नु पर्दछ भन्ने वामपन्थी र निर्दलीय शक्तिले पनि वहुलवादमा आधारित लोकतान्त्रिक पद्धतिलाई आत्मसाथ गरी राजनीतिक दिशा पहिलाएका छन् । यो विश्वेश्वरप्रसाद कोइराला र सिङ्गो काँग्रेसको राजनीतिक धारको जित हो ।
काँग्रेसले अब राजनीतिक लडाइँबाट आर्थिक क्रान्तिलाई मुद्धा बनाएर अगाडि बढ्नु पर्ने अवस्था आजको आवश्यकता हो । वीपीले आफू प्रधानमन्त्री हुँदा जनता शिक्षित नभई देश विकास सम्भव छैन भनि सारा नेपाली शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस भनि देशभर ६२ हजार विद्यालय स्थापना गर्नुभएको थियो । उहाँको कार्यकालमा शिक्षा क्षेत्रमा गरेको योगदान र औद्योगिक क्षेत्रको विकासका लागि नेपाल औद्योगिक विकास निगमको स्थापना, पर्यटन विकास समिति गठन गरेर आर्थिक विकासका लागि उदाहरणीय फड्को मार्नुभएको थियो ।
जम्मा १८ महिनाको कार्यकालमा वीपीले देशको आर्थिक विकासका लागि लामो फ्ड्को मार्ने प्रयास गर्नुभएको थियो । उहाँले विकासको मोडल कृषि, सहकारी, भूमिसुधार, सिचाइँ, जलस्रोत जस्ता क्षेत्रमा दिएको योगदानलाई नेपाली राजनीतिक पार्टीहरुले आत्मसाथ गर्न नसक्दा हामी दिन–दिनै बेरोजगारी र गरिवीका दल–दलमा फसेर वैदेशिक रोजगारीलाई अपनाउन बाध्य भएका छौं । युवा जमात अष्ठा अन्लिनमा जल्दै गैंची र वेल्चा हान्न पुगेका छांै भने देशको कृषि परनिरभर भएको छ । गैंची र वेल्चा हान्दै गर्दा पनि आफ्नो पसिनाको मूल्य पाउन सकेका छैनांै भने कति कार्य स्थलमै घाइते र मृत्युवरण गर्दै रातो वाकशमा फर्कने र जीवनभर अपाङ्गसमेत हुने पिडादायी व्यथा बोक्न विवश छौं । देश रेमिटेन्सबाट चलेकोमा खुशी मनाउछौं तर विश्वमा हेर्नाेस कुनैपनि देश रेमिटेन्सले धनी भएको उदाहरण छैन ।
नेपाली काँग्रेसले वीपीको आदर्श शिदान्तलाई आत्मसाथ गरेको छ तर वीपीको आर्थिक क्रान्तिको पक्षलाई आत्मसाथ गर्न सकेको छैन । विश्व अहिले प्रवृतिको विकासले एक विन्दु बराबरको भएको छ । हो वीपीले कल्पना गरेको त्यो एक दुहुनु गाई, एक हल गोरुको आवश्यकता अहिले नहोला तर आज हरपरिवारलाई शिक्षा र रोजगारी अत्यावश्यक भएको छ । आज एक हल गोरुको ठाउँमा कम्युटर र प्रविधिको सुविधा बारीको ठाउँमा रोजगारी अवसर सृजना गर्न पर्ने आवश्यकता छ ।
यी र यस्ता अवस्थाको सृजना प्राविधिक शिक्षा सहकारीको भावनाबाट उत्प्रेरित सामूहिक लगानी कृषिको आधुनिकीकरण कृषकलाई मल, वीउ र औजारले सशक्त बनाउनुपर्दछ । प्रजातान्त्रिक समाजवादभित्रको आर्थिक विकासका सिद्धान्तहरुलाई राम्रो संग बुझांै यसलाई देश विकासका निम्ति सरल ढंगले लागू गरौं देश भित्र प्रवासी नेपाली र स्वदेशी बीच लगानी मैत्री वातावरणको सिर्जना गरौं । हरेक लगानीकर्ताको लगानीको सुरक्षाको व्यवस्था गरौं । जब देशभर लगानी र सुरक्षाको वातावरण सिर्जना हुन्छ अन्तर्राष्ट्रिय लगानी भित्रिने गर्दछ । जब लगानीबाट आम्दानी हुन थाल्दछ, त्यो पुँजीगत आयमा प्रगतिशिल कर लगाएर आएको आम्दानी गरिबीको उत्थानका लागि वितरण गर्न सकिन्छ । जब शिप र ज्ञान भएका युवा शक्तिमा राज्यको तर्फबाट लगानी हुन्छ । उनीहरु स्वरोजगारीतर्फ उत्प्रेरित हुन्छन् र थप आय आर्जन गर्न थाल्दछन् । यसरी विस्तारै गरिवी र धनीबीचको खाडल पुरिंदै जान्छ, हर नेपाली आत्मनिरर्भर रहँन्छन ।
कोहीपनि नेपालीलाई जति पनि सम्पत्ति कमाउन, राख्न र आफू खुशी प्रयोग गर्न सक्छन् । कसैले कसैको सम्पत्ति खोस्न, हडप्ने परिस्थितिको अन्त्य हुन्छ भने सबै आँफैमा आत्मनिर्भर भएपछि नारी–पुरुषबीचको भेदभाव नारीलाई हेर्ने हेयको नजर सबै समाप्त भएर एक समृद्ध नेपाल बन्न सक्दछ । यो हो वीपीको प्रजातान्त्रिक समाजवाद भित्रको आर्थिक विकासको सिद्धान्त । यो सिद्धान्तलाई नेपाली काँग्रेसले सक्तामा पुग्दा कति व्यवहारमा उतार्न सक्यो नेपाली काँग्रेसले मूल्याङ्कन गर्न पर्ने विषय हो । वीपीप्रति श्रद्धाञ्जली गर्दै गर्दा देशलाई वीपीको चिन्तनको आथिक बाटोबाट विकास गर्ने आर्थिक रणनीतिको सूत्रपात गर्ने कसम काँग्रेस जनले खानुपर्दछ ।
वीपी स्मृति दिवस र वीपी जयन्ती एक महिनाको अविधिभित्र पर्दछ र नेपाली काँग्रेस र सम्पूर्ण कांग्रेसजनले वीपीका विचार, आर्थिक योजना वीपीको पार्टीप्रतिको इमान्दारिता अनुशासन र कार्यकर्तालाई गर्ने व्यवहारलाई आत्मसाथ गर्न सक्नुपर्दछ । तब मात्र वीपीको आर्थिक विकासको लक्ष्यमा पुग्न सकिन्छ । नकि वीपीलाई सम्झनु भनेको ठूला–ठूला फोटोमा माल्यार्पण गर्ने र सटिक एवं द्विअर्थी लाग्ने शब्दरुपी वाँण एक आपासमा छेड–छाड गर्ने जनताकोे माजमा नजाने र नेतालाई ढाकेर वा नेताको वरिपरि घुमेर लाभको पदमा रहने साथी मनमुटाब मनमुटावको भाव बढाउने क्रियाकलाप गरेर मात्र जननायक वीपीप्रति सच्चा श्रद्धाञ्जली हुँदैन । यो पद्धति कर्मकाण्डी पद्धति भयो वीपीप्रति सच्चा श्रद्धाञ्जली तबमात्र हुन्छ, उहाँले देखाएको बाटोमा कुनै पनि लोभ मोहमा नफसी अनुशासनको परिधिभित्र रहेर पार्टीको भावना नेतृत्वको कदर गर्दै पार्टीभित्रका सम्पूर्ण सदस्य हरुलाई समान नजर राख्न सक्नुपर्दछ । वीपीले कहिले पनि कार्यकर्तालाई काखा–पाखा गर्नु भएन । त्यति मात्र होइन उहाँले कहिले पनि पदप्रति लोभ मोह राख्नुभएन । राजनीतिमा त्याग र वलिदानको भावबाट लाग्ने हो राजनीतिमा लाग्नु भनेको व्यक्तिगत लाभका लागि हुँदै होइन । ‘देश र जनताका लागि राजनीतिमा लाग्ने हो’–वीपी भन्नु हुन्थ्यो । र त्यस्तै व्यवहार गर्ने गरेको नेताहरुको भनाइ र लेखाइबाट पनि प्रष्ट थाहा हुन्छ । बहुदलको आगमनसगैं पार्टीभित्र कहिँ कतै सुकिला–मुकिला हुने होड नै चलेको छ र तिनै सुकिला–मुकिलाले नेतागणलाई जालो लगाएर बस्ने पद्धतिको विकास हुन थालेको छ । सुकिला–मुकिलाले पार्टीभित्र लगाउने जालो जसरी तालमा जलकुम्भी झारको कारण तालको पहिचान गुम्न सक्छ । त्यसरीनै पार्टीको पहिचान यी र यस्ता प्रवृत्तिका मानिसहरुबाट गुम्न सक्दछ । तसर्थ यस्ता जलकुम्भी झारलाई बेलैमा चिनेर पार्टीलाई प्रजातान्त्रिक समाजवादी धार बाटै लैजान सक्ने सम्पूर्ण जनताको पार्टीको रुपमा लैजान सक्नुपर्दछ तबमात्र वीपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
वीपीले कल्पना गरेको प्रजातान्त्रिक समाजवादले नेपाल र नेपालीको उन्नति गर्दछ र नेपाली काँग्रेस पार्टीले आफ्नो चार तारामध्ये एक तारा जसलाई आर्थिक क्रान्तिको चम्किलो तारको रुपमा लिएको छ, त्यो तारा नेपाली धर्तीमा चम्किरहने छ । तसर्थ नेपाली काँग्रेसले देशलाई बदल्नका लागि आफैभित्र परिवर्तन ल्याउन पर्ने आवश्यकता छ, त्यो आवश्यकता पुरा गरेमामात्र वीपीको पद चापमा पार्टी हिंड्न सक्दछ तबमात्र वीपीको सपना पुरा हुन्छ । वीपीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ । हार्दिक श्रद्धासुमन जननायक ! जय नेपाल !
(लेखक कतार–नेपाल जनसम्पर्क समितिका अध्यक्ष हुन्।)

वीपीको स्वर्गारोहणपछि जन्मिएका युवा हुन् वा वीपी सगैं आन्दोलनमा होमिएका किन नहुन, सारा नेपाली जनताका आशा र भरोसाका केन्द्र हुनुहुन्थ्यो वीपी । आज यो कुरा उठान गर्न किन सान्र्दभिक ठानेको छु भने आज देशले संविधानसभा मार्फत जुन राजनीतिक परिवर्तन पाहेको छ, यसको सूत्रधार वीपी हुनुहुन्थ्यो भन्दा धेरै आश्चर्यचकित हुन्छन् । विशेषशतः वामपन्थी राजनीति गर्नेहरुले यसलाई पचाउन पनि सक्दैनन् तर यो सत्य र यर्थातता हो नेपालको राजनीतिक इतिहासमा सर्वप्रथम संविधानसभाको चुनाव माग गर्ने र त्यो संविधानसभामार्फत जनताको संविधान लेख्नुपर्दछ भन्ने अवधारणा नै स्व. वीपी कोइरालाको हो । प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता प्रखर समाजवादी चिन्तक र सन १९३० को दशकदेखि नेपाल मात्र नभइ विश्वमानै समाजवादी आन्दोलनको अभियान नै गर्नु भएको थियो वीपीले । नेपाली काँग्रेसलाई वैचारिक र सैद्धान्तिक नेतृत्व प्रधान गर्नु हुने वीपी बहुआयामिक व्यक्तित्व पनि हुनुहुन्थ्यो ।
Post a Comment