0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको आयोजनामा शनिबार केदारेश्वर मन्दिरको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव इन्टरनेशनलको नियमित कार्यक्रम अनुसार क्लवले प्रत्येक बर्ष बृक्षरोपण कार्यक्रम गर्दै आएको छ । क्लवको बार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव डिष्ट्रिक्ट ३२५ बी १ नेपालका ट्रिप्लान्टेसन कमिटीका चियर पर्सन् मदन द्वालाई क्लवका अध्यक्ष पवित्रमणी पोखरेलले बिरुवा हस्तान्तरण गरि शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि चियर पर्सन् द्वाले समाजसेवा गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले बृक्षारोपण कार्यक्रमको आयोजनागरी वातावरणीय सन्तुलन, तथा मानव स्वास्थ्यको लागि अतिआवश्यक अक्सिजन प्रदान गर्ने र भूक्षय हुनबाट जोगाउने बोट बिरुवाको गोडमेल तथा बृक्षारोपण गर्नु महत्वपूर्ण कार्य भएको बताउँदै जुलाई महिनालाई उत्साह प्रदरुपमा सबै क्लवहरुले बृक्षारोपण महिनाका रुपमा सञ्चालन गर्न आग्रह गरे । कार्यक्रमका विशेष अतिथि एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका रिजन चियर पर्सन हरिशचन्द्र रन्जितले क्लवले आपूmले रोपेका बिरुवालाई हुर्काउन प्रत्येक पटक यसै स्थानमा गोडमेल तथा बृक्षरोपक्ष गरेर रोपिएका बिरुवालाई हुर्काउने जिम्मेवारी बोध गरेको बताउँदै बिरुवा रोप्नुमात्र ठूलो नभई रोपिएका वृक्षहरु हुर्काउनु महत्वपूर्ण हुने बताए । क्लवका पूर्व अध्यक्ष एवं जोनचियर पर्सन नरहरि पौड्यालले कार्यको प्रारम्भमै बृक्षारोपण जस्तो महत्वपूर्ण कार्यको थालनी हुनु सुखद् भएको बताउँदै समाज सेवाका लागि संगठित भएका साथिहरु बीच हातेमालो गरी समाज सेवाका अन्य महत्वपूर्ण कार्य गर्न आग्रह गरे । कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष नगेन्द्र प्रसाद पोखरेलले स्वगत मन्तब्य र निवर्तमान अध्यक्ष दिपक राज घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संयोजक तुलसी प्रसाद पोखरेलले गरेका थिए । कार्यक्रम क्लवका सचिव शिवराज बरालले संचालन गरेका थिए भने कार्यक्रम पवित्रमणि पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।








Post a Comment

 
Top