सुन्दरता महिलाको मात्रै विषय हो भन्ने मान्यतामा केही वर्षयता व्यापक परिवर्तन आएको छ । अचेल के महिला के पुरुष, सबैलाई उत्तिकै राम्रिनुपरेको छ, भीडमा छुट्टै देखिनुपरेको छ, आकर्षक हुनुपरेको छ । र, यसका लागि सबैजसोले अवलम्बन गर्ने उपाय भनेको सौन्दर्य प्रसाधन नै हो । कृत्रिम कस्मेटिकहरूले तपाईंलाई आकर्षक त देखाउँछन्, तर यसरी पाइएको सुन्दरता क्षणिक हुने गर्छ । मुख धुन बेर न त्यो आकर्षण पखालिन बेर । त्यसैले दिगो सौन्दर्यको एक मात्र उत्तम उपाय भनेको योग नै हो । विशेषज्ञहरूका अनुसार, कुनै पनि प्रक्रियामा पैसा खर्च गर्नु नपर्ने भएकाले योगबाट पाइने फाइदा गुणात्मक हुन्छ । दिनहुँ योग गर्दा छालाको चमक र सुन्दरता पाउन सकिन्छ । यति मात्र नभई, बुढयौलीलाई पनि पर धकेल्न सकिन्छ । योग अनुसरण गर्ने मानिस एभरग्रिन हुन्छ । भारतको हरिद्वारस्थित दिव्य योग मन्दिरका आचार्य बालकृष्णले भनेका थिए,–‘अनुहार टल्काउन सौन्दर्य प्रसाधनको प्रयोग नगरी योगको उपयोग गरौं । अनुहारमा बाहिरबाट पोत्ने कृत्रिम वस्तु अस्थायी हुन्छ भने योगका माध्यमले आएको सुन्दरता स्थायी । बालकृष्णका अनुसार, भित्रबाट स्वस्थ मानिस, जसको पेट सफा छ, पाचन प्रणाली ठीक छ, त्यस्तो मानिसको अनुहारमा सामान्य र प्राकृतिक रूपले चमक पाइन्छ । नियमित रूपमा योग गर्नाले अनुहारको कालो पोतो, चाया, डन्डिफोर लगायत जस्ता कुरा पनि निर्मुल हुन्छन् । बिरामी भएकाहरू प्राणयाम, कपालभाँती, अनुलोमबिलोम गर्नाले सञ्चो हुनुका साथै यसबाट अनुहारको चमकसमेत बढ्छ । योगले दुवै काम हुन्छ । प्राकृतिक रूपमा जुन चमक छ, प्रकाश, कान्ति छ त्यो हाम्रोभित्रबाट आउँछ । शरीरभित्र हुने हरेक नकारात्मक असरको प्रभाव अनुहार र सौन्दर्यमा प्रतिबिम्बित हुने भएकोले भित्रबाट शरीरलाई स्वस्थ राख्दा सुन्दरतासमेत बढ्छ । पुरुषको दाँजोमा महिलाहरूलाई सुन्दरतासम्बन्धी समस्या बढी देखिने उल्लेख गर्दै पतञ्जली योग समिति, नेपालका प्रमुख एवं योगगुरु लवदेव मिश्र भन्छन्,–‘महिलाहरूमा मासिक धर्मको गडबडी, पाठेघरका विभिन्न खाले समस्याले गर्दा पुरुषको तुलनामा उनीहरूमा सुन्दरतासम्बन्धी बढी विकृति पाइने गरेको छ ।महिनावारी र पाठेघर समस्याको प्रत्यक्ष असर अनुहारमा पर्ने उल्लेख गर्दै मिश्र थप्छन्, ‘शरीरको आकर्षणको पहिलो सर्त व्यक्तिविशेष शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण स्वस्थ हुनुपर्छ ।’ योग सन्तुलित रूपले व्यक्तिमा भएको शक्तिमा सुधार वा त्यसको विकास गर्ने शास्त्र रहेको जनाउँदै नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा. रामदेव यादव भन्छन–‘योग आफैंमा कुनै व्यायामको प्रकार होइन, यो यसभन्दा पनि सूक्ष्म कुरा हो । यसमा शरीरका समस्त अंगप्रत्यंग र हरेक ग्रन्थीको व्यायाम हुन्छ अनि अंगप्रत्यंगले सही रूपमा काम गर्न थाल्छन् ।’ योगले रोगसँग लड्ने शक्ति बढाउँछ । योगलाई दिनचर्या बनाउने व्यक्ति निरोगी र बलवान् हुन्छ । आयुर्वे्दिक चिकित्सक डा. वशम्वदाम्बा कौण्डिन्यायनी महिनावारी भइरहने महिलाहरूमा महिनैपिच्छे हार्मोन तलमाथि भइरहनाले चाया, कालोपोतो, डन्डिफोर, मोटोपनाजस्ता सुन्दरतालाई प्रभावित पार्ने समस्या बढी देखिने बताउँछिन् । महिलाहरूले नियमित रूपमा स्वस्थकर हिसाबले महिनावारी होस् भन्न, गर्भाशयलाई स्वस्थ राख्न, पेटका मांसपेशीलाई बलियो बनाउन पश्चिमोत्तानासन, धनुरासन, शलभासन, नौकासन, भुजंगासन जस्ता योगाभ्यास गर्नु फाइदाजनक हुने डा. कौण्डिन्यायनी सुझाउँछिन् । अनुहार सुन्दर बनाउने महत्वपूर्ण पक्ष पाचन प्रक्रियाको सबलता नै हो । पेट ठीक रहनु, मासिकधर्म स्वस्थकर र नियमित हुनु एवं गर्भाशयमा कुनै प्रकारको समस्या नरहनु महिला सौन्दर्यका लागि अत्यावश्यक रहेको औंल्याउँदै मिश्र थप्छन्, ‘यसको लागि बिहानबेलुका आधा घण्टा कपालभाँती गर्नोस् । यसबाट अनुहारको सुन्दरता बिगार्ने तत्त्वहरू नाश हुन थाल्छन् । तर, कपालभाँती बिहान खाली पेटमा गर्नुपर्छ । कपालभाँती गर्न बेलुका मात्रै अनुकूल हुने हो भने ठोस पदार्थ खाएको पाँच घण्टापछि मात्र गर्नुपर्छ ।’ कपालभाँतीले शरीरको रक्त शुद्घीकरणमा सहयोग पुर्रुयाउँछ । भस्त्रिका र अनुलोमबिलोम गर्दा पनि रक्त शुद्धीकरण हुने जनाउँदै मिश्र भन्छन,–‘यस्ता यौगिक प्रक्रिया अपनाउनाले शरीरमा प्रशस्त अक्सिजनसमेत पुग्न पाउँछ ।’ हामी छाला चम्किलो बनाउन प्रायः पानी नै प्रयोग गर्ने गर्छौं । अनुहार उज्यालो देखियोस् भन्नका लागि पनि धोईपखालीमै बढी लाग्ने गर्छौं । तर, योग गुरुहरूका अनुसार, पानी शरीर धुनमा भन्दा खान बढी उपयोग गरे छालामा निखार आउँछ । तनाव सुन्दरताको शत्रु हो । सधैँ तनावमा रहने मानिसहरू अनुहार जतिसुकै राम्रो भए पनि नराम्रै देखिन्छन् । तनावको प्रत्यक्ष असर अनुहारमा देखिने गर्छ । तनावमुक्त हुन र शरीरमा बढी मात्रामा अक्सिजनको प्रवाह होस् भन्नका लागि भस्त्रिका र अनुलोमबिलोमजस्ता उपाय अपनाउन सकिने मिश्रको सुझाव छ । शरीर बोझिलो हुँदै गए, तौल बढ्दै गए पनि सौन्दर्य प्रभावित हुने गर्छ । शरीर छरितो भएको मानिस सुन्दर देखिन्छ र त्यस्तो छरितोपन योगका माध्यमले पाउन सकिन्छ । छालाको चमक र रोगबीच सम्बन्ध हुन्छ । मृगौलाको समस्या भएकाहरूको छाला मटमैलो खाले देखिन्छ । कलेजो र पाचन प्रक्रियामा गडबडी, कोलेस्ट्रोलको समस्या भएकाहरूमा आँखावरिपरि दाग हुन थाल्छ । पाठेघर र सेतो पानी बग्ने समस्या भएका तथा फेलोपिन टयुब बन्द भएकाहरूको अनुहार पनि सफा हुन्न । शरीरमा रगतको सञ्चार पर्याप्त भएपछि छाला चाउरी पर्ने प्रक्रियास मेत मत्थर हुन्छ । योगगुरु मिश्रका अनुसार महिलाहरूले कपालभाँती, भस्त्रिका र अनुलोमबिलोमलाई आफ्नो दिनचर्या बनाए सुन्दरता र स्वास्थ्य दुवै कायम राख्दै राम्रो जीवन बिताउन सक्छन् । सुन्दरता अन्तर्गत लम्बाइ बढाउन नियमित ताडासन, पेटको मांसपेशीलाई बलियो बनाउन उत्तानपादासन, अनुहारको चमक बढाउन, रगत सफा गर्न शीर्षासन र सर्वांगासन लाभदायक हुने धारणा डा. कौण्डिन्यायनीको छ । अझ शीर्षासन त बुढयौलीको प्रक्रियालाई परपर सार्ने सबैभन्दा राम्रो आसन हो । यसले शिरको भागमा रक्तसञ्चार बढाउँछ जसले गर्दा कपाल फुल्ने र झर्ने, अनुहारमा चाउरी पर्ने क्रम घट्दै जान्छ । शीर्षासन गर्न नसक्नेका लागि भने सर्वांगासन पनि त्यस्तै फाइदाजनक हुन्छ । कपालभाँती, अनुलोमबिलोम जस्ता प्राणायामका कारण शरीरमा बढी मात्रामा अक्सिजनको प्रवाह हुन्छ । यसो हुँदा रगतमा शुद्घता आउँछ । अनुहारको चमक बढ्छ । शरीरको कोष र तन्तु मर्ने प्रक्रिया निष्क्रिय हुन्छ । सम्पूर्ण शरीरमै सकारात्मक प्रभाव पर्छ । भारत सरकारको आयुष मन्त्रालयले प्रकाशन गरेको सामान्य योग अभ्यासक्रम (प्रोटोकल) का अनुसार, शारीरिक स्वास्थ्य, स्नायुतन्त्र, कंकाल तन्त्र, मुटु तथा नाडीको स्वास्थ्यका लागि राम्रो अभ्यास हो– योगासन । योगले महिनावारीलाई नियमित गर्छ । मधुमेह, साससम्बन्धी विकार, उच्च र निम्न रक्तचाप, जीवनशैलीसम्बन्धी थुप्रै विकार व्यवस्थापनमा यो लाभकारी छ । यसले उदासी रोग, थकाइ, चिन्तासम्बन्धी विकार कम गर्न पनि सघाउँछ । आफ्नै तालले जथाभावी योगासन गर्दा फाइदा मात्रै हुन्न । केही खास शारीरिक स्थितिमा केही विशेष योगासनहरू गर्न नहुने योगगुरुहरू बताउँछन् । यौगिक क्रिया पूर्ण सुरक्षित भए पनि विशेषज्ञसँग सल्लाह लिएर आफू अनुकूल योगासन सिकेर गर्दा चाहिँ फाइदा मात्रै हुन्छ ।
स्रोत ः इकान्तिपुर
स्रोत ः इकान्तिपुर
आँप किन्ने र खाने तरिका
अहिले आँपको मौसम हो । बजारमा जताततै आँप किन्न पाइन्छ । पाकेको आँप खान नरुचाउने मानिस विरलै भेटिन्छन् । खान स्वादिलो हुनुका साथै आँपमा प्रशस्त प्रोटिन, भिटामिन, कार्वोहाइड्रेट पाइन्छ । यसका अतिरिक्त आँपमा हुने एन्टी अक्सिडेन्ट तत्वले छालालाई नरम तथा आकर्षक बनाउन मद्दत गर्छ । यो पोषिलो तथा गुनिलो भएकै कारणले यसलाई फलफूलको राजा पनि भन्ने गरिन्छ ।
विशाक्त बन्यो आँप
आँप हाम्रो शरीरका लागि निकै लाभदायक हुँदाहुँदै पनि यसमा प्रयोग हुने विषाक्त तत्वप्रति उपभोक्ता सचेत हुनुपर्छ । खासगरी आँप पकाउनका लागि ‘कार्वाइड’ नामक रसायनको अधिक प्रयोगका कारण यो स्वास्थ्यका लागि हानीकारक मानिएको हो ।
कार्वाइडमा आर्सनिक तथा फोस्फोरसको मात्रा बढी हुन्छ । यसले शरीरमा अल्पकालीन तथा दिर्घकालीन असर पुर्रुयाउँछ । अल्पकालीन समस्यामा वान्ता हुने, झाडापखाला, पेटको जलन, अनिद्रा आदी पर्दछन् । त्यसैगरी दीर्घकालीन समस्यामा पेटको अल्सर, बिर्सने समस्या, क्यान्सर, घाँटीको समस्या इत्यादी पर्दछन् ।
आँप कसरी छान्ने ?
यस्ता समस्याका कारण हिजोआज आँप पारखीहरुले आँप छान्दा होस पु¥याउनुपर्ने देखिन्छ । अहिले बजारमा पाइने आँपमध्ये कुन विषादीयुक्त छ र स्वाभाविक तरीकाले पाकेको हो भनेर जान्न निकै आवश्यक छ । कालो–कालो दाग लागेको आँप नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त आँपबाट बच्न सकिन्छ । उनका अनुसार प्राकृतिक रुपमै पाकेको आँप सबैतिर एकनासको हुन्छ । रसायनरहित आँप भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता आप थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ । जबकी रसायन तथा विषाक्तयुक्त आँपमा जताततै कालो–कालो थोप्ला देखिन्छ । यस्ता आँप कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ । हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै–कुनै आँप त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।
अझ अधिक मात्रामा औषधि प्रयोग गरिएको आँप हरियो हुँदै किन्दा समेत किनेको एकरदुई दिनभित्रै कुहिन सुरु गर्छ । यस्ता आँपको गन्ध पनि कडा हुन्छ । कसै कसैलाई यसको कडा गन्धले वाकवाकी नै लाग्न थाल्छ । विभिन्न लक्षणका बाबजुद यस्ता आँप खानाले घाँटी चिलाउने, कोक्याउने लगायतका समस्या देखा पर्छन् ।
बजारका आँप कसरी खाने ?
यसबाट बच्न सर्वप्रथम त त्यस्ता आप नकिन्नु नै बुद्धिमानी हुन्छ । किनिहालेको खण्डमा त्यसलाई रातभरी भिजाएर खाएमा त्यसमा रहेका विषाक्त नष्ट हुन्छ । त्यस्तै भेनेगर, कागति अथवा चुक जस्ता अमिलो पदार्थमा २र३ घण्टासम्म डुवाएर खाएमा पनि त्यसमा भएका विष नष्ट हुन्छ ।
त्यसैगरी अन्य फलफूल तथा तरकारीलाई पनि यसैगरी जाँचेर खाएमा त्यसमा भएका विषाक्त तत्व नष्ट हुन्छ । कुनै पनि फलफूललाई रातभरी पानीमा भिजाउँदा त्यसमा भएका भिटामिन, प्रोटिन लगायतका पोषणयुक्त तत्व नष्ट हुनसक्ने आशंका धेरैमा हुन सक्छ । तर, कुनै पनि फलफुललाई भिजाउँदा वा पानीमा केही समयका लागि डुवाउँदा पोषकतत्व नष्ट हुदैन । सिंगै फलफूल तथा तरकारी भएमा त्यसलाई रातभरी पानीमा डुबाएर खानु उपयुक्त हुन्छ भने काटेको फलफुल तथा तरकारीलाई २र३ घण्टा पानीमा डुवाएर खाँदा फाइदाजनक हुन्छ ।

Post a Comment