माधवकुमार नेपाल
सुदूर पश्चिमबाट बोलेको अवस्थामा म बीचको मानिस परें। पूर्व र पश्चिम ध्रुव भएर होइन यो अति भएको छ। हामीलाई सहमति चाहिएको छ। मेरो चिन्ता देश र जनताको बारेमा छ। हामी प्रधानमन्त्रीको म्यूजिकल चियर खेलमा कति लाग्ने? यो देश डुब्न लाग्यो यो देश बचाउने माझी चाहिएको छ। अहिले जनताले त्यस्तो मानिस पाइरहेका छैनन्। आफ्नो बारेमा सोच्ने मानिस होलान्। अहिले यहाँ नेता होइन पार्टी पनि छैन। म भन्छु, खेलकुद परिषद्मा एमाले पनि होइन । भएको भए चित्त बुझाउँथे। त्यहा गुट छ। कुनै पनि देश, पार्टी संस्थागत रुपमा चलेको छैन। प्रत्येक मानिसमा संकल्प चाहिएको छ। व्यक्तिहरु आउन र फोटो झुण्डाउन सक्छन्। तर देशले पायो के यो महत्वपूर्ण कुरा हो। आग्रहबाट प्रेरित भएर विश्लेषण र आरोप लगाउनु हुँदैन। मैले अविश्वास प्रस्ताव आउनु पहिले माओवादीले समर्थन फिर्ता लियो मैले भने यो दूभाग्यपूर्ण भनेको थिएँ। यो संक्रमणकालमा यही सरकार रहनु पर्छ भन्ने होइन तर राष्ट्रिय सहमतिको सरकार आवश्यकता थियो। पछि मैले सुनें पहिलो र दास्रो पार्टी कसरी बस्न सक्छ भनी दम्भ सुनें। पहिले सुशीलको पालामा बस्न सक्छन् भने अहिले किन बस्न सक्दैन? त्यो बेला भद्र सहमति भएको थियो। त्यो लागू भएन। यो सरकार विरुद्ध दर्ता भएको प्रस्तावमा अलि बढी नै लेखिएछ। त्योभन्दा आफूतर्फ आरोप लाग्न सक्छ। यो हुनुमा हाम्रो आपसी विश्वासको अभावमा भएको छ। अहिले आपसी सहमतिको खाँचो छ। राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीतिदेखि राष्ट्रिय विकास नीतिमा पनि साझा सहमतिको दस्तावेज बनाउन सकेका छैनौं। सुशासनका लागि के गर्ने हो त्यसमा साझा सहमति बनाउनु परेको छ। कहीँ काम समयमा हुन सकेको छैन। कुरा र भाषण ठूला गर्छौं। भिजन ठूलो होला तर त्यसलाई व्यवहारमा लागू गर्न सकेका छैनौं। कमजोरी कहाँ भएको छ त्यसमा आत्मसमीक्षा गरी पुराना कुरा रोकी नयाँ ढंगले यो देशलाई विकासको गतिमा लानु परेको छ। हामीसँग केही कुराको कमी छैन। खनिज पदार्थको भण्डार छ। म सरकारलाई धन्यवाद दिन चाहन्छु कि समयमा राम्रो बजेट ल्यायो। केही पक्षको चित्त नबुझेको अवस्थामा त्यसलाई बुझ्न चुक्यौं। हामीले संसार हेरेपछि नेपाल बिर्सने बानी छ। हामीले राष्ट्रिय स्वाभिमानका सवालमा कुनै सामु शिर झुकाउन सकिदैँन। तर आपसी विश्वास टुटेपछि केही गर्न सकिदैन। अब हामी ताल तिक्डम जालझेल बन्द गरौं। अब हामीले अधिकारको लडाइँ पुरा गरी राजनीतिक क्रान्ति टुंगो लगाई आर्थिक क्रान्तिमा आगडि बढ्नु परेको छ। यो सरकारको प्रशंसा गर्दा विगतका सरकारले केही गरेन भन्ने सुन्दा मलाई पनि घोच्यो। विगतमा काम भएकै हो। मेरो सरकार प्रतिपक्षीले ढालेको थिएन आफैंभित्रबाट ढालिएको थियो। नेपालीको स्वाभिमानलाई उठाउने सवालमा देशभित्र हामीले गरेका कुराको चर्चा भएन। हिजो प्रचण्डले मेरो नाम लिँदा खुसी लाग्यो। मानिसलाई अरु केही चाहिँदैन। उसले गरेको भूमिकाको चर्चा गरे प्रशंसा गरे पनि पुग्छ। हिजो मनमोहनको पालामा मैले परराष्ट्रको तर्फबाट भारतमा गरेको सहमतिको चर्चा भएन। म आफैं प्रम भएपछि गरेको कामको कुनै चर्चा नगरी अहिलेको मात्रै एमालेको सरकार राम्रो हो अरु बनेको थिएन भन्ने आयो। हामीले कुनै कुरा बोल्दा अरुलाई घोच्ने काम नगरौं। हिजो सुवासचन्द्रले बढो मीठो कुराले पनि कतिपयलाई पनि घोच्यो होला। तर संविधानको पालना र यसलाई कार्यान्वयन भएन भने समस्यामा पर्छौं, मैले सुनेको छु संवैधानिक संकट निम्त्याए ठूलो संकट आउने छ। अनेक पक्षले संविधानको उपलब्धि उल्टाउनेतर्फ लागेको अवस्थामा हामी सजग हुनुपर्छ। एमाओवादीले यो अविश्वासको प्रस्ताव दर्ता गर्न हतार गर्यो। हामीले कांग्रेसलाई पनि विश्वासमा लिन सकिन्थ्यो। देश नै संकटमा पर्यो भनी हतारमा दर्ता भयो। हामी देशको विकासमा सहयोगी हुनुपर्छ। हामी कसैले पनि राष्ट्रहितमा गरेका कामको पोजेटिभ मूल्यांकन र राष्ट्रघाती कामको आलोचना गरौं। समग्रतामा अति धेरै राजनीतिकरण र गुटकरण भएको छ। अहिलेको सरकारले पनि र विगतमा पनि गुटकरणका आधारमा राजनीतिक नियुक्ति भएको छ। यसबाट माथि उठी नयाँ आधारमा अघि बढ्नु परेको छ। हिजो सुशीललाई पनि अन्तिम संक्रमणकालमा सबै निकायमा नियुक्तिको सिस्टमको स्थापना गरौं भनेको थिएँ। यो सिंगो देशको बारेमा सोचौं। राष्ट्र र देश विकास निर्माण र विकासको कुरा गरौं। देशविकासका तीन सर्त छन्, यातायात, संचार र जलविद्युत। हामीले अहिले भियतनामको प्रगति हेरौं र त्यहाबाट पनि पाठ सिकेर देशलाई कसरी उकास्ने हो सोचौं। सिस्टम नभए कुनै सरकार स्थिर हुन सक्दैन। खुट्टा ताने पनि सकिन्छ। आपसी अविश्वास नभएपछि समर्थन फिर्ता लिनु नै पर्याप्त छ अनेक आरोप आवश्यक छैन। नेपाल र नेपालीको हितलाई केन्द्रमा राखे समधान हुन्छ।
(एमाले वरिष्ठ नेता नेपाल शनिबार व्यवस्थापिका संसदमा बोल्दै थिए।)

Post a Comment