गोपाल बुढाथोकी
त्यसबेला प्रचण्डहरु बनवासमा थिए । अहिलेका प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवाहरु सत्ताको हस्तिनापुरमा थिए । ओली र देउवाहरु अविश्वासको प्रस्ताव नामको खेल खेल्थे, प्रचण्डहरु संसदीय ब्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भनेर संसदीय विकृतिको खिसी गर्थे । सरकार टिकाउने र गिराउने, सांसद् किनबेच गर्ने, सांसद लुकाउने भगाउने अनेक खेल ०५१ सालपछि देखियो । पात्र तिनै हुन्, देश यही हो, संविधान बेग्लै हो तर खेल फेरि पुरानै मैदानमा फर्किएको छ । तत्कालीन संवैधानिक ब्यवस्था अनुसार नै, प्रधानमन्त्री मनमोहन अधिकारीले नौ महिने सरकारपछि प्रतिनिधिसभा विघटन गरे । सर्बोच्च अदालतमा मुद्दा पर्रुयो । अदालतले प्रतिनिधिसभा पुनरस्थापित गरिदियो । देशमा नयाँ खेल सुरु भयो । अदालतले झेल गर्रुयो भन्दै एमालेले सडक ततायो । सडक निकै तात्यो तर एमाले चाहिं सेलायो । सेलाएको एमाले भित्रभित्रै तात्यो र अविश्वासको खेलमा लिप्त भएर लाग्यो, जसरी अरु पार्टीहरु लिप्त भएका थिए । नेपाली राजनीति अविश्वासको त्यो खेलबाट आज पनि मुक्त हुन सकेको छैन । पहिलो अविश्वासको प्रस्तावबाट विकृति सुरु भयो । तर, त्यो विकृति कांग्रेस र राप्रपाले मात्र भित्र्याएका थिएनन् । त्यसबेला संसदमा रहेका सबै दल समान रुपमा जिम्मेवार थिए । कालान्तरमा त्यो खेलले सबैलाई खायो । सिंहदरबार परिसरको आलिसान प्रतिनिधिसभा भवनमा बैठक बस्न नपाएर सडकमा प्रतिनिधिसभाको बैठक बस्नुपर्ने अवस्थामा पुगे ।
मनमोहन अधिकारी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दा अदालतले बदर ग¥यो तर पछि त्यही अदालतले गिरिजाप्रसाद कोइरालाले विघटन गर्दा सदर ग¥यो । त्यसपछि नेपाली राजनीतिमा अविश्वासको प्रस्तावको विकृत खेल बढ्दै गयो । संसदीय प्रणाली नै बद्नाम भयो । अविश्वासको खेललाई खेलमै सीमित राखेर झेल नबनाइएको भए हुनसक्थ्यो–अहिले नेपालमा ‘नेपाल अधिराज्यको संविधान २०४७’ नै कायम हुन्थ्यो । नेपाली राजनीतिकर्मीहरु, खासगरी उच्च नेताहरुको कार्यशैली हेर्दा एउटा उखान दिमागमा आउँछ– ‘‘. पछि दैलो देख्यो –!’ उनीहरु हतारमा गल्ती गर्छन् र फुर्सदमा पछुताउँछन् । हिजो के कारणले राजनीति भाँडियो ? के कारणले यी दल र नेताहरुको हस्तिनापुर भत्कियो ? के कारणले मुलुक यो दुर्ग्तिपूर्ण अवस्थामा आइपुग्यो ? यो विचार गर्ने फुर्सद अहिले उनीहरुलाई छैन । नेताहरु अहिले अविश्वास प्रस्ताव नामको खेलमा व्यस्त छन्, कसरी झेल गर्न सकिन्छ भनेर दिमाग लगाउन मस्त छन् अनि देश चाहिं अस्तव्यस्त छ । लामो राजनीतिक विगत भोग्ने मानिस नेता हुन्छ, विगतको गल्तीबाट पाठ सिक्ने चाहिं राजनेता हुन्छ । अहिले अविश्वासको प्रस्तावको सेरोफेरोमा संविधान नै भत्काउने खेल चलिरहेको छ । सवाल सरकार गिर्ने र टिक्ने मात्र रहेन । प्रधानमन्त्री ओलीको ठाउँमा अरु कोही आउनु स्वाभाविक हो । नयाँ आउने प्रधानमन्त्रीलाई अर्काेले विस्थापित गर्नु पनि स्वाभाविक हो । किनभने संसद त्रिशंकु छ, कसैको बहुमत छैन । कसैको बहुमत नभएपछि अल्पमत हावी हुने राजनीतिक प्रणाली हामीले अवलम्बन गरेका छौं । तर, यो खेलको नाममा प्रणाली नै भत्काउने बाटोमा दलहरु, नेताहरु उद्यत देखिन्छन् । भत्काउँछु भनेर लागेका छैनन् तर उनीहरु जुन बाटोमा अग्रसर हुन खोजिरहेका छन् त्यसले अन्तत संविधान भत्काउने, प्रणाली भत्काउने, राज्यका स्थापित निकायहरुप्रति अविश्वास बढाउने काम नै गर्छ । हिजोका वनवासी माओवादीहरु आज हस्तिनापुरवासी भएका छन् । सत्तारुपी हस्तिनापुरको रजाईंका लागि गलत बाटो र तौरतरिका अपनाउँदा कालान्तरमा कांग्रेस र एमालेहरुको चपरीमुनिको बास भएको होइन र ? उनीहरुले फेरि आन्दोलन गर्नुपरेको होइन र ? यो कुरा माओवादीले राम्रोसंग देखेको छ । त्यसैले उसले अविश्वासको खेलखेल्दा कांग्रेस र एमालेले भन्दा धेरै बुद्धि पुर्रुयाउनुपर्छ । सत्ताको शिखरमा पुगिने जोशमा होस गुमाउँदा हिजो कांग्रेस र एमालेको विजोग भएको माओवादीले राम्रोसंग देखेको र बुझेको पनि हो । विधिको शासनमा अविश्वास प्रस्ताव अस्वाभाविक होइन, संसदीय व्यवस्थामा अत्यन्तै स्वाभाविक हो । स्वाभाविक हुँदाहँुदै पनि अविश्वास प्रस्तावसंग जनता तर्सिन्छन् । अगुल्टोले हानेको कुकुर विजुली चम्कँदा तर्सिए जस्तै अविश्वास प्रस्तावसाग जनता तर्सन्छन् । अविश्वाश प्रस्तावको प्रलयकारी परिणाम जनताले देखिसकेका छन् । संविधान निर्माणको सात वर्षे कालखण्डमा संविधानसभाका समितिहरुमा बसेर तथा संविधानसभाको मूल बैठकमा विगतका संसदीय विकृति दोहोरिन नदिन यसो गर्ने र उसो गर्ने भनेर छलफल गर्ने नेता तथा सांसद यिनै हुन् । संसदीय विकृतिको मुहान नै अविश्वासको प्रस्ताव हो । जसरी मौसम अनुकूल भएपछि विभिन्न वनस्पति उम्रन थाल्छ, पालुवा हाल्न थाल्छ, त्यसैगरी संसदीय विकृतिको उपयुक्त मौसम अविश्वास प्रस्ताव दर्ता भएपछि हो ।
त्यसैले विगतबाट पाठ सिक, भविष्यका लागि ठाउँ राख, खेलमा झेल नगर । हामीले यो भन्दा धेरै के नै भन्नुपर्ला र, नेताहरु सर्वज्ञाता जो छन् ! सबैलाई चेतना भया ।
(लेखक साँधु साप्ताहिकका सम्पादक हुन् ।)

Post a Comment