अरुण बराल
रामायणको मिथक अनुसार हनुमानले सीताको खोजी गर्दै लंकासम्म पुग्नु थियो, बाटोमा सुरसा नामकी राक्षस प्रकट भइन् र भनिन्( मेरो मुखभित्र पस, नत्र तँलाई म आफैं खान्छु । प्रधानमन्त्री बन्ने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्ड यतिबेला त्यही हनुमानजस्तै नियतिमा उभिएका छन् । प्रचण्डले अब चुनावरुपी सीताको खोजी गर्नुपर्नेछ । तर, भारतचाँहि उनको बाटोमा सुरसाले जस्तै भीमकाय मुख बाएर उभिएको छ । केपी ओलीले राजीनामा दिएकै दिन भारतीय मिडियाले सुरसाको मुख अलिकति उघारिसकेका छन् । चीन, पाकिस्तानलगायत आफ्ना छिमेकीसँग भारतको सम्बन्ध बिगार्नमा महत्वपूर्ण भूमिका खेल्दै आएका भारतीय मिडियाले अब नेपाल–भारतको सम्बन्धलाई समेत गिजोल्न थालिसकेका छन् । यता नेपाली दलालहरुले पनि भारतीय भक्तिगानका कोरसहरु भट्याउन सुरु गरिसकेका छन् । यो कुरा कसैबाट पनि छिपेको छैन कि अब सुरसारुपी भारतले हनुमानरुपी प्रचण्डको बाटोमा निकै ठूलो मुख उघार्ने छ । उसले सर्वप्रथम चीनसँग गरिएका सन्धी सम्झौताहरुलाई खानका लागि मुख आँ गर्ने छ । त्यसपछि उसले फास्ट ट्रयाक र निजगढ विमानस्थल माग गर्नेछ । सकेसम्म उसले त्रिभुवन विमानस्थलकै ठेक्का माग गर्नेछ । २५ वर्षसम्म नबनाइकन राखेको तराई मधेसको हुलाकी राजमार्ग सरकारले आफैं बनाउने निर्णयलाई उल्टाउन माग गर्नेछ । एमाले नेता महेश बस्नेत मन्त्री हुँदा छलफल चलेको रामदेवका लागि दिइने ५ सय रोपनी जग्गाको माग हुनेछ ।
आफूले भनेजस्तो र आफ्नो अनुकूल हुने गरी प्रदेशहरुको विभाजन गर्न भारतले प्रचण्डलाई दबाव दिनेछ । सप्तकोशी उच्च बाँधमा दवाब दिनेछ । विभिन्न जलविद्युत परियोजना र प्राकृतिक स्रोत साधनमा आफ्ना स्वार्थहरु तृप्त गराउन भारतले अब प्रचण्डलाई आग्रह गर्नेछ । सम्भवतः यस्तै–यस्तै अनेकन खान्कीका लागि भारतले प्रचण्डका सामुन्ने अब निकै ठूलो मुख बाउनेछ र, सुरसाले जसरी भन्ने छ–मेरो मुखभित्र पस्, हैन भने म आफैं तँलाई खाइदिन्छु ।
भारतीयहरुले अहिले केपी ओलीलाई चीन परस्त र प्रचण्डलाई भारतपरस्त भनेर जुन प्रचारको थालनी गरेका छन्, यसले प्रचण्डलाई होइन, ओलीलाई नै फाइदा पु¥याइरहेको छ । र, यसले नेपाल–भारत सम्बन्धलाई झनै खराब बनाउने स्थिति निर्माण गरेको छ । भारतीयहरु नेपालमाथि हस्तक्षेप गर्छन् भन्ने आफैंबाट दिल्लीतिरबाट पुष्टि गर्न थालिएको छ । नेपालीहरुलाई यस्तो लाग्न थालेको छ, ‘दल्ली कभी नहीं सुध्रेगा !’
“ओलीपथ’ भर्सेज ‘विमलेन्द्र पथ’ प्रचण्डलाई सुरसाको मुखतिर धकेल्ने ‘प्रधान दुश्मन’ उनकै सामुन्नेमा छन् । उनलाई विमलेन्द्र निधीको जस्तै विचार बोकेका कांग्रेसजनहरुले सुरसाको मुखमा स्वेच्छापूर्वक पस्न आग्रह गर्नेछन् । नमाने ठेल्नेछन् । यो ठेलाइमा देउवाले आफ्ना पार्टीका नेतालाई सघाउनेछन् । अब काठमाडौंबाट तराई जोड्ने फास्ट ट्रयाक शेरबहादुरका नातेदारको स्वार्थका लागि भारतलाई जिम्मा लगाउन प्रचण्डलाई सबैभन्दा ठूलो दबाव आउनेछ । त्यसैगरी नेपालको राष्ट्रिय सुरक्षामा महत्व राख्ने निजगढ विमानस्थल भारतलाई दिन प्रचण्डलाई दबाव आउनेछ ।
भारतलाई फास्ट ट्रयाकको ठेक्का दिनै हुँदैन भन्ने त नहोला तर दिनैपर्छ भन्नुमा दलाली र पेटी स्वार्थले पक्कै काम गरेको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा रहने वा बाहिर बसेर उनलाई समर्थन गर्ने नेताहरुले दौरासुरुवाल लगाएरै भारतीय स्वार्थको लविङ गर्न सुरु गर्नेछन् । भारतीय दूतावासमा धाउने र यताको खबर उता, उताको खबर यता ओसार्ने सुरसाका जासुुसहरुले प्रचण्डलाई घेर्नेछन् सुग्रिभका सेनाले जस्तै ।
यसरी एकातिर भारतको तीब्र ‘प्रेसर’ र अर्कोतर्फ आफैंसँग भएका सहयोगीहरुको घँचेट्याइ, यी दुबै कारणले गर्दा प्रचण्ड सुरसाको मुखमा पस्न र चबाइन सक्ने सम्भावना छ निकट भविष्यमा । प्रचण्डजस्तो चतुर राजनीतिक खेलाडीलाई थाहै होला, नेपालमा एकातिर ‘ओलीपथ’को ‘म्याग्नेट’ छ, अर्कोतिर ‘विमलेन्द्रपथ’ छ । राष्ट्रिय एकताका लागि ‘ओलीपथ’ एकांगी छ भने राष्ट्रिय स्वाभिमानका लागि ‘विमलेन्द्रपथ’ एकांगी छ । ओलीसँगको सहकार्यलाई छाडेर विलेन्द्रसँग सहकार्य गर्नु प्रचण्डका लागि तावाबाट उफ्रिएर भुङ्रोमा खस्नुजस्तै हुन सक्छ ।
आफ्नै देशको मधेसी समुदायलाई भारतीय ठान्ने र उनीहरुलाई राष्ट्रिय एकताको सूत्रमा ल्याउन नरुचाउने ओलीको लाइनले मुलुकमा राजिनीतिक स्थायित्व दिन सक्दैन । र, सकेन पनि । मधेसी दलहरुलाई विश्वासमा लिन नसकेकै कारण केपी ओलीले चुनाव घोषणा गरेर पनि गराउन सक्ने स्थिति रहेन । केपी ओलीको संकीर्ण एवं नश्लवादी नीतिकै कारण देशमा पहाड र मधेसवीच ध्रुवीकरण बढ्यो । तर, ओली सरकारको राजनीतिक संयन्त्रका प्रमुख बनेका प्रचण्डले पनि यसलाई बेलैमा सच्याउनका लागि कुनै मिहेनत गरेको देखिएन । तर, प्रचण्डले यो पनि बुझ्नुपर्छ कि ओलीलाई नश्लवादी भन्ने उपेन्द्र यादवहरुमा पनि कम नश्लवाद छैन । तुलोमा हालेर जोख्दा उनीहरु बराबर छन् । एउटामा पहाडे नश्लवाद छ, अर्कोमा मधेसी नश्लवाद छ र दुबै राष्ट्रिय एकताका लागि बाधक छन् । तर, सरकारमा प्रचण्डका सारथीहरु अब तराईतिरका नश्लवादीहरु हुनेछन्, हिजो पहाडका नश्लवादीहरु सरकारको नेतृत्वमा थिए । यो स्थितिमा सम्भावित भारतीय हस्तक्षेपको सामना गर्नु प्रचण्डका लागि निकै चुनौतीपूर्ण हुनेछ ।
भारत र प्रचण्ड
प्रचण्ड र भारतवीचको सम्बन्ध यस्तो रहँदै आएको छ, जस्तो प्रचण्डको विचारमा पनि उद्धेलन र वदलावहरु आउने गरेका छन् । जनयुद्धकालमा भारतमा आश्रय लिएका प्रचण्डलाई भारतले पटक–पटक आफ्नो ‘एस म्यान’ बनाउन खोज्यो, तर भर पर्न सकेन । पछिल्लो समय गत असोजमा प्रचण्डले संविधान बनाउनेतिर नलागून र भारतले भनेजस्तै गरुन् भन्ने उसले ठानेकै हो । त्यसबेला भारतीयहरुले काठमाडौंमा आएर संविधानलाई रोक्न खोजेकै हुन् । तर, प्रचण्डले भारतीय स्वार्थलाई साथ दिएनन् र केपी ओलीसँग सहकार्य गरे ।
त्यसअघि पनि प्रचण्डले झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा भारतले हार्रुयो भनेकै हुन् । माधव नेपालको सरकारलाई कठपुतली भन्दै भारतीय सीमामा झण्डा गाढ्न पुगेकै हुन् । जनयुद्धकालमा भारतसँग सुरुङ युद्धको घोषणा पनि गरेकै हुन् । पछि बाबुराम भट्टराईले आफ्नो लाइनमा कन्भिन्स गरेर उनलाई १२ बूँदे सम्झौता गराए पनि बेलाबखत प्रचण्ड भारतविरुद्ध खनिने गरेकै छन् । डीएनए परीक्षण गरेर हेर्ने हो भने प्रचण्डको ‘जीन’ भारतविरोधी नै हो । राष्ट्रिय स्वाभिमानको पक्षधर नै हो । तर, व्यवहारतः उनी कहिलेकाँही यति भड्किन्छन् कि अघिल्लो दिन ‘संघीयता विरोधी’ बताइएका ओलीलाई भोलिपल्ट ‘राजनेता’ भन्न पुग्छन् । उनको अडानमा समस्या छ । पछिल्लो समय मधेसको समस्यालाई हेर्ने दृष्टिकोण नमिलेपछि प्रचण्ड केपी ओलीबाट छुट्टिएका छन् ।
यद्यपि ओलीलाई भारतविरुद्ध दृढतापूर्वक उभ्याउने र चीनतिर ढल्काउने कार्यमा प्रचण्ड र उनको पार्टीको ठूलै योगदान छ । महाकाली सन्धीमा भारतलाई खुशी पार्ने केपी ओली आफैं चीनतिर ढल्किएका होइन्न, यसमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ र राजदूत महेश मास्केले कति पापड बेलेका थिए, उनीहरुलाई थाहा होला ।
निश्चितरुपमा के भन्न सकिन्छ भने प्रचण्ड र भारतको सम्बन्ध अन्योन्याश्रति एवं विश्वसनीय छैन । नयाँ सरकार बनेपछि भारतले प्रचण्डमार्फत आफ्नो भोक तृप्त पार्ने प्रयास अवश्यै गर्नेछ र त्यो पूरा नभए उनलाई पनि केपी ओलीकै हालतमा पु¥याउने प्रयास गर्नेछ । यसमा प्रचण्डले कस्तो भूमिका खेल्छन्, त्यसैमा अब माओवादीको राजनीतिक भविष्य अडिएको छ ।
निश्चितरुपमा के भन्न सकिन्छ भने प्रचण्ड र भारतको सम्बन्ध अन्योन्याश्रति एवं विश्वसनीय छैन ।
नयाँ सरकार बनेपछि भारतले प्रचण्डमार्फत आफ्नो भोक तृप्त पार्ने प्रयास अवश्यै गर्नेछ र त्यो पूरा नभए उनलाई पनि केपी ओलीकै हालतमा पुर्रुयाउने प्रयास गर्नेछ । यसमा प्रचण्डले कस्तो भूमिका खेल्छन्, त्यसैमा अब माओवादीको राजनीतिक भविष्य अडिएको छ ।
स्रोत ः अनलाइन खबर

Post a Comment