अजय साह शिवाली
मधेशकेन्द्रित दलमा अहिले महाधिवेशनको चटारो छ । केही दलले महाधिवेशन सम्पन्न गरिसकेका छन् भने केहीको महाधिवेशन हुन बाँकी छ । हालसम्म महाधिवेशन सम्पन्न गरिसकेका मधेशकेन्द्रित दलको नयाँ कार्यसमितिको स्वरूप हेर्ने हो भने पहिलेको भन्दा खासै फरक देखिँदैन । प्रायः मुख्य पदहरूमा सर्वसम्मति नै गरिएको देखिन्छ । हुन त सर्वसम्मति हुनु राम्रो हो भनेर पनि तर्क गरिन्छ । अर्कोतर्फ सर्वसम्मतिलाई कुनै एउटै व्यक्तिको वर्चस्वलाई निरन्तरता दिने काम भनेर पनि भनिन्छ । सर्वसम्मति होस् अथवा चुनावबाट नेतृत्व छानियोस्, नेताको काम जनहितमा काम गर्नु हो । त्यसैले जनहितमा काम गर्न सक्ने नेता छान्ने अधिकार महाधिवेशन प्रतिनिधिमा हुनुपर्छ । महाधिवेशन प्रतिनिधिहरूलाई सर्वसम्मतिका नाममा लोकतान्त्रिक पद्धतिबाट बाहिर राख्नुहुन्न । मधेशकेन्द्रित दलमा विशेष गरी मुख्य पदमा चुनाव भएको देखिँदैन । यसको कारण आम कार्यकर्ता र मधेशी जनताले खोतल्नु आवश्यक छ । किन चुनाव गरिँदैन त ? चुनाव नगरी सर्वसम्मतिबाट चुनिने नेतृत्वप्रति आम कार्यकर्ता उत्तिकै विश्वस्त हुन सक्छन् त ? सर्वसम्मति चुनिनु÷चुन्नु नेताहरूको रहर हो कि कार्यकर्ताको बाध्यता ? यसतर्फ पनि सोच्नु आवश्यक छ । त्यसै पनि मधेशकेन्द्रित दलहरूले विभिन्न किसिमका आरोप खेप्दै आएका छन् । यहाँसम्म की ठूला दलले मधेशकेन्द्रित दललाई पार्टी नै मान्न तयार भएको देखिँदैनन् । केही दिनअघि एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशकेन्द्रित दललाई एनजीओ र आइएनजीओ नै भने । हुन त ठूला दल नेपाली कांग्रेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (हाल नेकपा एमाले) को कुरा गर्ने हो भने यी दुवै दलको जन्म भारतमा भएको थियो । यस हिसाबले यी दुवै दललाई त आईएनजीओ नै भन्न मिल्छ । तर, त्यसो होइन, नेपाली कांग्रेस र नेकपा एमालेको जन्म भारतमा भए पनि यी पार्टीमा लोकतान्त्रिक पद्धति अपनाइन्छ । केही मनोनित बाहेक हरेक पदमा चुनाव गरिन्छ । त्यसैले त यी दुवै पार्टी अहिलेसम्म पालैपालो मुलुक सञ्चालन गर्दै आएका छन् । नेपालका विद्यमान ठूला पार्टीले मधेशलाई बेवास्ता गर्नु अर्को पाटो हो । यी पार्टीमा मधेशीको प्रतिनिधित्व कम भयो त्यो पनि अर्को पाटो हो । तर, यी पार्टीमा कम्तीमा महाधिवेशनका बेला लोकतान्त्रिक पद्धति अपनाइन्छ । नेतृत्व सम्हाल्ने व्यक्ति सर्वस्वीकार्य हुन्छन् । तर, मधेशकेन्द्रित दलमा त्यस्तो देखिँदैन ।
अहिलेसम्म महाधिवेशन गरिसकेका कुनै पनि मधेशकेन्द्रित दलले नेतृत्वका लागि चुनाव गरेको देखिएन । उनीहरूको तर्क के छ भने ‘हामी सर्वसम्मति गर्ने प्रयास ग¥यौं र सर्वसम्मति भयो ।’ अब ठूलो प्रश्न यहाँ खडा हुन्छ कि मधेशकेन्द्रित दलमा नेतृत्वका लागि सर्वसम्मति कसरी हुँदो रहेछ त ? ‘चुनाव गर्नु हुँदैन्’ भन्ने कुरामा लगभग सबै किन सहमत हुँदा रहेछन् त ? यसको मुख्य कारण पछ्यौटेपन हो ।
यही पछ्यौटेपन र अधिकार नदिने प्रवृत्ति बढेपछि मुक्तिका लागि पटक–पटक मधेश आन्दोलनहरू भए । मधेशीले आफ्नो अस्तित्व र आत्मसम्मानको ख्यालै नगरी शासकहरूको ‘जी हजुरी’ गर्दै आएका थिए । अब त्यो दिन गयो, दासत्व स्वीकार नगर्ने र हामी आफ्नो भाग्यको फैसला आफैं गर्छौं भनेर मधेशीहरूले पटक–पटक शहादत दिए । यी आन्दोलनहरूकै परिणामस्वरूप केही हदसम्म ‘जी हजुरी’ गर्ने काम घटेको छ । मधेशीहरूले अहिले शानले भन्छन् ‘म मधेशी हुँ’ । आफ्नो स्वाविभानको रक्षाका लागि तत्पर देखिन्छन् मधेशीहरू ।
आन्दोलनसँगै हामीले शासकलाई ‘जी हजुरी’ गर्न छाड्दै गए पनि आफैं भित्र भने यो चरित्र विद्यमान छ । यस्तो ज्वलन्त उदाहरण हो, मधेशकेन्द्रित दल । सर्वसम्मति नेतृत्व चयनका लागि टाउको हल्लाएर अनुमति दिनेहरूले चुनाव गर्नु पर्छ भनेर किन भन्न सक्दैनन् ? टाउको हल्लाउनेहरूलाई डर छ कि मैले चुनाव गर्नु पर्छ भनेर माग गरेँ भने विरोध हुन्छ र मलाई पार्टीबाट निकालिनेछ । हुन पनि हो, आफ्नो नेतृत्वका अगाडि मुख खोल्ने हिम्मत कसको ? एउटा कुरा यो पनि सही हो कि, मुख खोल्ने हिम्मत गर्ने नै ती पार्टीमा छैनन् । मुख खोल्ने हिम्मत गर्नेहरूलाई पार्टीभित्र रहने अवस्था पनि त हुँदैन । पुरानो पार्टी छाडेर अर्को नयाँ पार्टी खोल्नुपर्ने पनि दुई कारण छन् । सिनियर नेतृत्वले जुनियरलाई मौका नदिनु र अर्को पार्टी खोले त्यसका प्रमुख नेतृत्वकर्ता बन्न पाउने सुनिश्चितता हुनुले पनि नयाँ–नयाँ पार्टी खुल्दै गएका छन् ।
मधेशकेन्द्रित दलमा जहिल्यै पनि एउटै व्यक्ति नेतृत्वका दाबेदार देखिन्छन् । अर्को नेतृत्वलाई जन्मनै दिइँदैन्, केही गरी जन्मिने सुरसार हुन थाल्यो भने उसलाई पार्टी छाड्न विवश पारिन्छ । यसरी निरन्तर मधेशकेन्द्रित दल र नेतृत्वहरूको संख्या बढ्दै गएका छन् । त्यही भएर त हो मधेशकेन्द्रित दलहरू झट्ट हेर्दा एनजीओ जस्तो लाग्छन् । पार्टी रहुञ्जेल एउटै व्यक्ति किन ‘अध्यक्ष’ हजुर ? के त्यो पार्टीमा विकल्प नभएकै हो त ? एक जना अध्यक्ष भइसकेका व्यक्ति कत्ति वर्षसम्म त्यही पदमा बसिरहने ? यस विषयमा पार्टीको प्रष्ट धारणा खोइ ? यदि अध्यक्षमा अहिलेका व्यक्तिको विकल्प नै छैन भने पनि चुनाव गराएर पुनः त्यही व्यक्ति निर्वाचित गरे त हुन्छ नि । चुनाव गराउन के को डर ? ल ठिक छ, तल्लो तहका नेता तथा कार्यकर्ताले सर्वसम्मति चयन गर्न चाहे रे ! उनीहरू चाहे भन्दैमा श्रीमान् अध्यक्षज्यू पनि किन ‘हुन्छ’ भन्ने ? उम्मेदवारी दिने आँट किन नगर्ने ?
सर्वसम्मति नै गर्नु छ भने त्यत्रो महाधिवेशन प्रतिनिधि किन छानेको ? त्यसैले मधेशकेन्द्रित दलमा टीकेप्रथाको अन्त्य हुनु आवश्यक छ । घरबाटै सुधारको प्रयास गर्नु आवश्यक छ । पार्टीको हितका लागि अहोरात्र खट्ने नेताहरूलाई पाखा लगाएर नातागोतालाई सभासद् बनाउने अनि मधेशीलाई अधिकार सम्पन्न बनाउने भनेर ठूल–ठूला गफ दिनुको कुनै तुक छैन । ‘ये पब्लिक है, सब जानती है’ । अर्कोतर्फ मधेशकेन्द्रित दलमा जातिवाद हाबी भएको भन्ने आरोप पनि लगाइन्छ । यो आरोपबाट मुक्ति पाउन पनि चुनावबाट नेतृत्व चयन गर्नु उत्तम हुन्छ । किन भने कुनै पनि पार्टीले हरेक पदमा चाहेर पनि समानुपातिक समावेशिताको सिद्धान्त अपनाउन सक्दैन । त्यसकारणले पनि हाम्रो प्रतिनिधित्व हुन सकेन भन्ने विभिन्न जातजाति र समुदायका आरोपलाई चिर्नका लागि चुनाव गराउनु आवश्यक छ । अर्को कुरा मधेशकेन्द्रित दलहरूले महाधिवेशन त गरिरहेका छन् । एकता गर्न सकेका छैनन् । पछिल्लो समय १० माओवादी मिलेर एउटा नेकपा माओवादी केन्द्र बनाएका छन् । यहाँसम्म कि यो पार्टीमा मातृका यादव नेतृत्वको नेकपा (माओवादी) पनि सामेल भएको छ ।
मधेशीहरू मिल्न सक्दैनन्, फुट्न मात्र जानेका छन्, अध्यक्ष पदको लोभ गर्छन् भन्ने आरोपलाई यादवले निस्तेज पारेका छन् । उहाँ नेकपा (माओवादी) का संयोजक हुनुहुन्थ्यो । तर, पदको लोभ नगरी केन्द्रमा समाहित हुनुभयो ।
मधेशीमाथि आरोप लाग्दै आएको थियो कि व्यक्ति पिच्छे पार्टी खोलेका छन्, सबैलाई अध्यक्ष पद नै चाहिँदो रहेछ भनेर । तर, यो कुरा पूर्ण रूपमा सत्य होइन भन्ने कुरा यादवले पुष्टि गरेका छन् । उहाँ अध्यक्ष पद त्यागेर सामान्य नेताका रूपमा केन्द्रमा समाहित हुनुभयो । हो, त्यस्तो किसिमको त्याग मधेशकेन्द्रित दलका नेतामा किन नदेखिएको हो ? भन्ने आम मधेशी जनताको प्रश्न छ । यी र यस्ता प्रश्नका बीच मधेशी जनता आन्दोलनमा छन् । त्यसैले मधेशकेन्द्रित दलका नेताहरूले जनतामा देखिएको शंका चिर्दै त्यागको भावना जागृत गर्न सक्नुपर्छ ।
हुन त परिवारवाद हाबी भयो भनेर आरोप खेप्दै आएका मधेशकेन्द्रित दलले मधेश आन्दोलनका बेला केही वाहवाही पनि पाएका छन् । तर, त्यो वाहवाहीलाई अझै उचाईमा पु¥याउन एकताबद्ध हुन जरूरी छ । एकताका लागि प्रयासहरू पनि नभएका होइनन् । कैयौं पटक प्रयास भएकै हो । यसमा मधेशकेन्द्रित सबै दललाई साधुवाद दिनै पर्छ । तर, हालसम्म भएका एकताका प्रयासहरू प्रायः विफल नै भएका छन् । विचार, एजेण्डालगायत लगभग सबै लक्ष्य मिल्ने मधेशकेन्द्रित दलहरू किन एक हुन सकिरहेका छैनन् त ? यस विषयमा दलहरूले एक–अर्कालाई जेसुकै भनेर आरोप लगाए पनि सत्य एउटै हो । र, त्यो हो ‘अध्यक्ष’ पद । यथार्थ कुरालाई ढाकछोप गर्न सकिँदैन ।
मधेश र मधेशीको अधिकारका लागि मात्रै हालसम्म भएका पटक–पटकको मधेश आन्दोलनबाट एक सय १५ भन्दा बढी मधेशीले जीवन उत्सर्ग गरे । तर, यही मधेश र मधेशीको अधिकारका लागि लड्ने मधेशकेन्द्रित दलका नेतृत्वहरूले ‘अध्यक्ष’ पद किन त्याग गर्न नसक्ने ? खोइ त त्यागको भावना ? त्याग गर्न नसक्ने अनि भाषणमा भने एकता हुनुपर्छ भन्न पछि नपर्ने । एकताको कुरा अब भाषणमा मात्र होइन व्यवहारमा देखाउनु जरूरी छ । विगत १० महिनादेखि मधेश आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा थुप्रै मधेशीले शहादत दिए । तर, पनि आन्दोलन सफल हुन नसक्नुमा दोषी को ? दोष अरूलाई मात्र दिने कि आफ्नो अनुहार पनि ऐनामा हेर्ने ? आन्दोलनमा मधेशका सबै तह र तप्काले साथ दिएको कुरा सर्वविदितै छ । कहाँ कमजोरी भयो त ? यसको मूल्याङ्न गर्ने कि नगर्ने ? दोषी अनुहारलाई मधेशी जनताले राम्ररी चिनेका छन् । ‘ये पब्लिक है, सब जानती है ।’
पछिल्लो मधेश आन्दोलनका शहीदहरूले मधेशकेन्द्रित दलले विगतमा गरेका ‘पाप’ लाई आफ्नो रगतले पखालिदिएका छन् । फेरि पनि कुनै पाप नहोस् भन्ने मधेशीको चाहना हो । यो चाहनालाई बेलैमा बुझेर मधेशकेन्द्रित दलहरू अगाडि बढ्नु आवश्यक छ । त्यसैले मधेशकेन्द्रित दलले अब महाधिवेशन मात्र होइन एकताको महाधिवेशन गर्न जरूरी छ ।
(मधेश दर्पण फिचर सेवा)

Post a Comment