नेपाल भारत सम्बन्ध पौराणिक कालदेखि नै रहेको कुरा महाभारत रामायण जस्ता अन्य हिन्दू धर्मशास्त्रले मानिआएको छ । नेपाल भारत सम्बन्ध यति धेरै पुरानो विश्वका अन्य देशको सम्बन्ध छँदै छैन भन्न नसकिए पनि विरलै भेटिन्छ भन्ने कुराको दुईमत छैन । नेपाल भारत सम्बन्ध बहुआयामिक प्राचीन र घनिष्ठ जति छ, त्यत्ति नै पेचिलो र तिक्तापूर्ण पनि छ । यो तथ्य घाम जत्तिकै छर्लङ्ग हुने गरी सबै देशभक्ति नेपालीले बुझेको कुरा हो । केही स्वार्थी दलालहरुले नबुझे झै गर्दछन् । त्यो तिनीहरुको दासता हो । नेपाल–भारत सम्बन्धको विभिन्न रुप र आयामहरु मध्ये जो धेरैजसो भारतप्रति अलि भक्ति भाव राख्दछन् । तिनीहरुले भारतले नेपाललाई धेरै चिज सहयोग गरेको छ । त्यो मध्ये हामीले खाने आयोडिनयुक्त नून हो, जसमा नेपाल भारतको राष्ट्रिय झण्डासहितको लोगो राखेर केही समय अगाडि सम्म नेपालीहरुलाई एउटा अघोषित सन्देश दिइरहेको थियो । हाल आंशिकरुपमा भए पनि केही कम गरिएको छ । त्यसको अर्थ भारतसँग तिमीहरु टाढा भएर बाँच्दा तिमीहरुको जीवन नून बिनाको जीवन सरह हुन्छ भनेर दिएको सन्देश थियो । किनकि नेपालीहरु नूनको सोझो हुन्छन् भनि त्यसो गरिएको हो । त्यो गहन सन्देश राष्ट्रभक्त नेपालीले मात्र बुझ्छन् । त्यसको काउन्टर प्रतिवाद हामीले पनि तिमीहरुलाई दिन सक्नुपर्छ । हाम्रा नदीको पानी (जुन सेता सुना हुन्) बिना तिमीहरुको जीवन पानी बिनाको माछा जस्तै हो भनी सालिनतापूर्वक प्रतिउत्तर दिन सक्नुपर्दछ । नून हाम्रो देशमा खोजी गरे पाइन्छ तर यति निर्मल पानी तलबाट माथि बग्दैन। तिमीहरुसँग आश्रित हुन पर्दैन । जहाँसम्म नूनको कुरा छ, त्यो अहिले पनि मुस्ताङमा छँदैछ । त्यो नून खाँदा गलगाँड वा सुस्त मनस्थिति हुन्छ भनी एकप्रकारको पराधीन प्रायोजित मन्त्र घोकाइएको छ । त्यसमा आयोडिन मिसाएर प्रयोग गर्न सकिन्छ र आयोडिन बजारमा कोशिस गरे पाइन्छ र नूनमा परनिर्भरता न्यूनीकरण गर्न सकिन्छ ।
नेपाल भारत सम्बन्धका केही मर्मज्ञहरुले त यतिसम्म भनेका छन् कि भारत हाम्रो यस्तो मित्र हो । त्यसैले हामीलाई कुनै शत्रु नै चाँहिदैन यो अभिव्यक्तिमा कति सत्य र व्यङ्ग्य छ । त्यो समयले नै बताउँदै जाने छ । त्यसको ज्वलन्त उदाहरण वा व्यवहार भारतले नेपाललाई नाकाबन्दी लगाएर आफ्नो असली रुप देखाइसकेको छ । त्यसलाई कति र कसरी बुझ्ने भन्ने कुरा कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धिअनुसारको औकातले बुझिने कुरा हो । यो तथ्य अरुहरुलाई गौण वा फगत विषय जस्तो लाग्छ । नुनसँगै भारतसँग साटिएको पराधीन सम्बन्धलाई गहिरिएर हेर्ने हो भने पनि हाम्रा पुर्खाले भोट गएर नून ल्याएर जीवन गुजारा गरेकै हुन् । नून बिना बाँच्न सकिन्छ तर पानी बिना बाँच्न सकिँदैन तिनीहरुको ६०% (प्रतिशत) पानीको श्रोत नेपालकै नदीबाट प्राप्त हुन्छ, हामी तिमीहरुसँग होइन कि तिमीहरु हामी नेपालीसँग कृतज्ञ हुनुपर्छ भनी पानीमाथिको हक नेपालीको प्राथमिकतामा पर्छ भनी अडान लिन सक्नुपर्छ । कोशी, गण्डकी र महाकालीको सन्धी सम्बन्धमा कुरा उठ्दा नेपाली विज्ञ समूहले हाम्रा अनपढ पूर्वज र अग्रजहरुले पनि पानीको बारेमा यति सामान्य सरल र अकाट्य परम्परागत मान्यतालाई आधार मानी आएका थिए । पानीको मुल श्रोतको सबैभन्दा जुन पहिलो स्थान छ ।
त्यसैले पहिलो रोपाईँमा पानी पाउँछ भन्दथे त्यो विज्ञ समूहले पनि जाने बुझेकै होलान् तर मान्न र अडानमा कति खरो उत्रछन् हेर्न बाँकी छ । अर्को कुरा अन्तर्राष्ट्रिय प्रचलनमा हरेक १०–१० वर्षमा सन्धी पुनरावलोकन हुन्छ । यदि त्यसो गरेनन् वा जानेन भने हाम्रा पूर्वजहरु त पानीको महत्व कम जानेका थिए । तर विज्ञले त जानेर पनि गरेनन् भने देशप्रतिको गद्दारी हुन्छ । अब नेपाल भारत सम्बन्ध र विज्ञ कार्यतिर लागांै, नेपालका तर्फबाट विज्ञ समूहमा राखिएका मध्ये डा.भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई हुन् भने भारतका तर्फबाट छानिएका भागवत कोसयारी, प्रा.डा. महेन्द्र पी. लामा, जयन्तप्रसाद सिंह र प्रा. भुवनचन्द्र उप्रेती हुन् । यी व्यक्तित्वहरुमध्ये भागवत कोसयारी गडबाली क्षेत्रका प्रतिनिधिहरु हुने पि. लामा सिक्किम क्षेत्रका प्रतिनिधि हुन् यी प्रतिनिधि सामान्य रुपमा त केही जस्तो लाग्दैन ।
तर, भित्री रुपमा नेपालले विगतका असमान सन्धी सम्झौता कपटपूर्ण र छलछामपूर्ण तरिकाले असमान सन्धिद्वारा कुमाउ, गढवाल र सिक्किम भारतमा गाभिएका क्षेत्र फिर्ता माग्ने सम्मको दाबी गरेमा तिनै क्षेत्रका प्रतिनिधिद्धारा जो गडबाली र सिक्किमेली प्रतिनिधिहरु ले नै नेपालसँग उनीहरु भारतको प्रतिनिधिको रुपमा भाग लिएपछि त्यो क्षेत्रका मानिस भारत मै खुसी छन् र भारतीय नै हुन् चाहन्छन् भनी एकप्रकारको सन्देश दिन खोजेजस्तो देखिन्छ । यदि परिस्थिति यसरी वर्णन गरेजस्तै भएमा हाम्रा विज्ञहरु सँग यसको काउण्टर दिन सक्ने लाजवाफ तर्क विचार के के छन् ? वा उनीहरुले जस्तै हाम्रो तर्फबाट पनि त्यस्तै सिक्किमबाट नेपाली भइ बसेका र गडबालीहरु पनि जो नेपाल भइ बसेका छन् तिनीहरुलाई पनि विज्ञ समूहको उपसमिति अन्तर्गत सल्लाहकार वा त्यस्तै समिति बनाएर राख्दा हामीले पनि भारतीय विज्ञ समूहलाई मनोवैज्ञानिक जवाफ दिन सकिन छ कि ? जसका कारण सिक्किम, दार्जिलिङ, कुमाउ, गढवाल फिर्ता जस्ता ठूला र जटिल माग भविष्यको थाती राखी हालका लागि लिपुलेक लगायत कालापानी याङ्जी, कुटी, लिम्पियाधुरा लगायतका सम्पूर्ण भू–भाग नेपालको हो भनी स्वीकार्न लगाएर फिर्ता गर्न सकिन्थ्यो कि ? भन्ने विज्ञ समूहबाट राखिएको एउटा सानो गुणरुपी आशा र विश्वास मात्र हो ।
उनीहरुको प्रतिनिधिबाट अव्यक्त तरिकाले दिन खोजिएको तर्कलाई काउण्टर हुने थियो भन्ने विचार लागेको हुनाले यस लेखमार्पmत् यो सम्बन्धित सरोकारवालालाई जानकारी गराउन खोजिएको एउटा सत्काम प्रयासमात्र हो, यसमा यस लेखले के कति अर्थ राख्छ वा राख्दैन यसै भन्न सकिने अवस्था सतहमा नआइञ्जेल रहेन ।
प्रतिक्रियाका लागि ः उचबदजबकउचव२थबजयय।अयm

Post a Comment