0
राजाराम पौडेल
गीत संगीतको तालमा रक्तदान गर्ने अवसर रक्तदातालाई पोखरामा मंगलबार जु¥यो । यो अवसर जुराएको थियो राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीले । वि.स.२०६८ सालदेखि निरन्तर रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ्ग बताउँछन् । विश्व रक्तदाता दिवसको अवसरमा प्रतिष्ठान गण्डकीको आयोजनामा भएको कार्यक्रममा ७५ युनिट रगत संकलन भएको थियो । मुक्तिनाथ वाहिनीका सहायक वाहिनीपति प्रहरी उपरीक्षक कृष्णभक्त ब्रमाचार्यले पहिलो रक्तदाता प्रतिष्ठान गण्डकीका महासचिव घनश्याम रिजालललाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रम सुरु गरेका थिए ।  कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली र पुरुषोत्तम न्यौपाने, वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, लोकदोहोरी कलाकारहरु केशव देवकोटा, रामजी पौडेल, निशा पोखरेल, मञ्जु विक लगायतले आफ्नो प्रस्तुतिमार्फत रक्तदाता र उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।  नेपाल रेडक्रस सोसाइटी कास्की, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्की, पोखरा लोक संगीत समुहको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ, महासचिव घनश्याम रिजाल, सचिव एवंम कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा ६८ पटक रक्तदान गर्ने विक्रम उदास, लोकदोहोरी अवार्ड जितेकोमा जीवन दाहाल र भलिवल संघको केन्द्रिय उपाध्यक्षमा चयन भएकोमा याम गुरुङलाई सम्मान गरिएको थियो ।



Post a Comment

 
Top