0
पोखराको गहनाको रुपमा परिचित हिमागृह निजी क्षेत्रलाई भाडामा दिइएको बिरोधमा पोखरेलीले विभिन्न राजनीतिक दललाई स्मरण पत्र बुझाएका छन् । गत बैशाख १८ गते गोरखापत्रमा प्रकाशित सूचनापछि पोखरेलीले हिमागृह भाडामा नदिन यसअघि ज्ञापन पत्र बुझाएज्ञञको थियो ।यद्यपि पोखरेलीको संवेदनाविपरीत हिमागृह एकाएक भाडामा दिइएको बिरोधमा मंगलबार प्रमुख राजनीतिक दलका जिल्लास्थित कार्यालयमा पुगेर स्मरण पत्र बुझाइएको नागरिक समाजका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार उक्त पत्र नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल,  राष्टिूय जनमोर्चा र नेकपा माओवादी पार्टी कार्यालयमा पुगी बुझाइएको हो । स्मरण पत्र बुझाउन गएको प्रतिनिधि मण्डलमा पौडेलसहित पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा पर्यटन परिषदका अध्यक्ष सोमबहादुर थापा, नेविसंघका केन्द्रीय सदस्य सरोज केसी, अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटा, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अधयक्ष नारायण बडाल, अखिल छैटौका अध्यक्ष गणेश अधिकारी, अखिल क्रान्तिकारीका मिलन राई, पोखरा पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य बासु त्रिपाठी, अग्नि कँडेल लगायत सहभागी थिए । आठ बुँदे उक्त स्मरण पत्रमा निर्वाचित जनप्रतिनिधिको हातमा शासन व्यवथा नआउँदासम्मको संक्रमणकालमा सार्वजनिक सम्पत्ति ठेक्का वा भाडामा लगाउने कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ ।




Post a Comment

 
Top