0
एसएलसी परीक्षामा सहभागी भई उच्चमावि पढ्ने तरखरमा लागेका विद्यार्थीलाई अहिले पोखराका उच्च मावि धाउँदैमा ठिक्क छ । उनीहरु उच्च मावि पढ्नका लागि फर्म भर्न ठाउँ ठाउँका कलेजमा पुग्ने गरेका छन् । अहिले पहिलो चटारो उच्च मावि धाउनेहरुमा विज्ञान लिएर पढ्न चाहानेका लागि भएको छ । विज्ञान संकायमा राम्रो पढाइ हुने नाम कहलिएका उच्च माविमा विद्यार्थीको घुइँचो छ । पोखरा लामाचौरमा रहेको गण्डकी उच्च मावि, एसओएस उच्च मावि, अरमसिंह उच्च मावि, सगरमाथा उच्च मावि, पोखरा उच्च मावि, मदरल्याड उच्च मावि, स्टेप बाई स्टेप उच्च मावि लगायतका विद्यालयमा विद्यार्थीहरु फर्म लिन र बुझाउन धाइ रहेका छन् । तर कतिपय उच्च माविको परीक्षा एक दिन र एउटै समयमा पर्दा विद्यार्थीहरु मर्कामा परेका छन् । गण्डकी उच्च मावि, एसओएस उच्च मावि, अरमसिंह उच्च मावि, सगरमाथा उच्च माविमा ९ गतेसम्म परीक्षा फर्म भर्ने म्याद छ । ११ गते गते परीक्षा छ । गण्डकी उच्च माविमा ११ बजे छ भने अरमसिंह उच्च माविमा १०ः३० मा छ । त्यसै गरि एसओएस उच्च माविमा विहान ७ बजे छ भने सगरमाथा उच्च माविमा दिउसो २ बजे रहेको छ । त्यसैगरि पोखरा उच्च मावि, मदरल्याड उच्च मावि, स्टेप बाई स्टेप उच्च माविमा ११ गतेसम्म फर्म भर्ने म्याद छ भने १२ गते परीक्षा छ । मदरल्याड उच्चमावि १० बजे छ भने स्टेप बाई स्टेपमा २ बजे परीक्षा रहेको छ ।

Post a Comment

 
Top