0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रको एकमात्र नारी शिक्षामा समर्पित कन्या क्याम्पस पोखराको आधुनिक कम्प्युटर कक्षको उद्घाटन भएको छ । कार्यक्रममा बोल्दै क्याम्पस तथा कार्यक्रमका अध्यक्ष योगेन्द्र प्रधानले क्याम्पसमा समयको माग बमोजिम कम्प्यूटर कक्षको स्थापना गरिएको बताए । उनले कम्प्युटरको माध्यमबाट शिक्षक तथा बिद्याथी दुवै लाभान्वित हुने दावी गरे । कक्षको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर कँुंवरले अहिले पनि धेरैजसो महिलाहरु शिक्षा प्राप्त गर्न बञ्चित रहेकोले कन्या क्याम्पसले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । आगामी दिनहरुमा पनि उप–महानगरपालिकाको सहयोगमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सहकार्य गरिरहने उनले जानकारी गराए । कार्यक्रममा स्वागत गर्दै क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले क्याम्पसमा अध्ययनरत ८ सय भन्दा बढि छात्राहरुका लागि कम्प्युटर कक्ष निकै उपयोगी हुने जानकारी गराउदै क्याम्पसका छात्राहरुका लागि कम्प्युटर तालिमको आयोजना गरिने पनि जानकारी गराए । क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समिति सदस्य प्रा. सुरेन्द्र बहादुर भारिजुले बिगतमा पनि जाइका संस्थाको सहयोगमा कम्प्युटर कक्षा सञ्चालन गरिएको जानकारी गराउँदै हाल आधुनिक कक्ष निर्माण भएकोमा खुशी व्यक्त गरे । त्यस्तै कन्या क्याम्पस प्राध्यापक संघ सभापति इन्द्रकमल मानन्धरले धेरै लामो समयदेखिको कम्प्यूटर कक्षको सपना पुरा भएको बताउदै सम्पुर्ण प्राध्यापकहरुले सहि सदुपयोग गर्ने जानकारी गराए । कन्या क्याम्पस छात्रा कल्याण समितिका संयोजक अनु श्रेष्ठले ल्यावको स्थापना बाट अध्ययन कार्यमा सहयोग मिलेको बताउदैं सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । कन्या क्याम्पस पुर्व छात्रा मिलन समितिका संयोजक संगिता बज्राचार्यले समेत शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयका प्रशासकिय अधिकृत अनन्त प्रसाद कोइलारा लगायत, व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा छात्राहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्राध्यापक संघका सचिव तथा शिक्षक भूमिराज बस्ताकोटीले सञ्चालन गरेका थिए । उक्त ल्याव निर्माण गर्न पोखरा उपमहानगरपालिकाले पनि रु.४ लाख ९० हजारको आर्थिक सहयोग गरेको छ ।े







Post a Comment

 
Top