0
गोल्डेन न्यूज संवाददाता
नेपालकै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रालिले साना बंगुर किसानलाई मध्येनजर गर्दै कृत्रिम गर्भाधानका लागि किसानलाई सहयोग गर्ने भएको छ । दुई बर्षदेखि लेखनाथ–२ रिट्ठेपानीमा रहेको फार्मबाट एआई ल्याब कृत्रिम गर्भाधान ल्याब संचालनमा ल्याएको फार्मले अवदेखि पोखरा आसपासमा रहेका बंगुर किसानलाई मध्येनजर गरेर कृत्रिम गर्भाधानका लागि सहयोग गर्ने भएको हो । उन्नत जातका भाले पालिरहने झण्झट र लगानीलाई समेत मध्येनजर गरेर पोखरा लाइभस्टकले साना किसानका लागि उन्नत जातका बंगुरको भालेबाट उत्पादन गरिएको फ्रेस बोर सिमेनलाई साना किसान समक्ष पु¥याउनका लागि आफूले सहयोग गर्ने संचालक छ्याम थापाले जानकारी दिए । कृत्रिम गर्भाधानबाट साना किसानलाई समेत उन्नत जातको बंगुर उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले हालै बंगुरको वीर्य उत्पादन तथा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरा लाइभस्टक प्रालिले आयोजनामा सम्पन्न भएको छ । सामर्थ र युके एडको सहयोगमा सम्पन्न तालिममा पोखरा आसपासका झण्डै १४ वटा साना बंगुर किसानहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी साना किसानहरु सरस्वती बस्ताकोटीले बंगुरको वीर्य उत्पादन तथा कृत्रिम गर्भाधान सम्बन्धी तालिमबाट आफुहरु जस्ता साना किसानका लागी उन्नत जातको बंगुर उत्पादनमा ठूलो टेवा पु¥याउने बताइन । आफूहरु जस्तो उन्नत जातको भाले पाल्न नसक्ने किसानका लागि यो बीर्य उत्पादन र कृत्रिम गर्भाधान सम्बन्धी तालिम अपरिहार्य रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा बस्ताकोटीले जोड दिइन । अर्का किसान धनबहादुर बुढाथोकीले ठूला बंगुर उत्पादन गर्ने फार्ममा विभिन्न उन्नत जातका बंगुरहरु उत्पादन गर बिक्री हुने गरेको भएतापनि आफूहरुको सानो फार्ममा अझै सम्म उन्नत जातको बंगुर उत्पादन हुन नसकेको सन्दर्भमा यस्तो तालिमले ठूलो भूमिका खेल्ने वताए । तालिमका प्रशिक्षक सिप्रेड सामर्थका प्राबिधिक संयोजक दान बहादुर सिंङले यस्ता तालिमले किसानलाई उन्नत जातको बंगुरको बच्चा उत्पादनमा टेवा पु¥याउने बताउँदै तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
४ दिनसम्म संचालन भएको तालिममा सिप्रेड सामर्थका प्राविधीक संयोजक दानबहादुर सिंह, पश्चिमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक डाक्टर देवनन्दन शाह, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डाक्टर राकेश प्रजापति, सिप्रेड सामर्थका डाक्टर भोजराज जोशी र डाक्टर राजेश चौधरी, बंगुर विशेषज्ञ भीमवहादुर गुरुङ, पोखरा लाइभस्टक प्रालि लेखनाथ दुइ रिटठेपानीका संचालक छ्याम थापाले सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।








Post a Comment

 
Top