0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ४, फिर्केस्थित बुढानीलकण्ठ आवासीय कीरियाकर्म भवन निर्माणका लागि सहयोग आउनेक्रम जारी छ । उक्त भवन निर्माणका लागि २ वर्ष अघि महायज्ञ संचालन भएको थियो । महायज्ञबाट करिब १ करोड रुपैयाँ संकलन भएको थियो । उक्त रकम मध्ये ४० लाख रुपैयाँ कीरियाकर्म आवासीय भवन बनाउन खर्च गरिने छ । उक्त भवन निर्माणका लागि  सहयोग संकलन कार्य अझै पनि जारी छ । यसैक्रमममा उक्त भवन निर्माणका लागि पोखरा–४, गणेशटोल निवासी एवं समाजसेवी नीरञ्जन कुमार बाटाजूसहित उनका परिवारले ८ लाख २५ हजार ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सहयोग गर्नेमा नीरञ्जन सहित उनका भाइ डा. केशवकुमार बाटाजू र बहिनी रुक्मिणी बाटाजू रहेका छन् । उक्त भवन निर्माण समितिको बिहीबार बसेको बैठकमा बाटाजूले उक्त सहयोगको घोषणा गरेका हुन् । उनले आफ्ना पिता कीर्तिकुमार बाटाजू र माता हर्षकुमारी बाटाजूको स्मृतिमा सहयोगको घोषणा गरेको बताइन्छ । बाटाजूको सहयोगबाट उक्त भवनमा निर्माण हुने २ वटा हल मध्ये १ वटा हल बाटाजू दम्पत्तिकै नाममा निर्माण गरिने भवन निर्माण समितिका अध्यक्ष राजेन्द्र नीधि कोइरालाले बताए । अध्यक्ष कोइरालाका अनुसार भवन निर्माणका लागि १ हजारदेखि १५ हजार रुपैयाँसम्म सहयोग गर्नेको नामावली स्मारिकामा प्रकाशन गर्ने, १५ हजार भन्दा माथि सहयोग गर्नेलाई शिलालेखमा नाम राखिनेछ । यस्तै ५ लाख रुपैयाँ सहयोग गर्नेले उक्त भवनमा बन्ने कोठा मध्ये १ कोठा सहयोग दाताकै चाहना बमोजिम नामाकरण गरिने र ८ लाख बढी सहयोग गर्नेका लागि २ मध्ये १ हल दाताको चाहना बमोजिम नामाकरण गरिने अध्यक्ष कोइरालाले बताए ।




Post a Comment

 
Top