0
विश्व बैंकको लगानीमा फेवाताल किनार हुँदै घाँटीछिनासम्म पुग्ने मोटरबाटोमा पर्ने जग्गा दानमा लिन सूचना प्रकाशित गरेको छ । जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालय कास्कीले सूचना प्रकाशित गरेर मोटरबाटो किनारामा पर्ने जग्गा तथा घर दानमा लिन भनेको छ । प्रकाशित सूचना अनुसार ६ सय ३२ वटा कित्ताको जमिन र ९५ वटा घर तथा कटेरोहरु रहेका छन् । बाटोमा भदौरे तामागी, चापाकोट, कास्कीकोट गाविस र पोखरा २६ सराङकोटका स्थानीयको जग्गा तथा घर पर्दछ । जिल्ला विकास समितिको योजना भित्र परे पनि स्थानीय निकायको बजेटले नभ्याउँने यो सडकमा विश्व बैंकले लगानी गर्ने यो सडकमा र ताललाई असर नपर्ने गरी काम गर्नेका अध्ययन भइसकेको छ । बैदाम पामे सडक २०४८ सालमा खुलेको भए पनि स्तरोन्नति हुन नसक्दा सहज यातायात आवागमन हुन सकेको छैन । विश्व बैंकको एसएनआरटीपी परियोजना अन्तर्गत १३ किलोमिटर लामो सडक बन्न लागेको हो । बाटोलाई चाक्लो बनाउँदा स्थानीय बासिन्दाको घर जग्गा पर्ने भए पनि मुआब्जाको व्यवस्था नभएका कारण सुचना प्रकासन गरेको हो । लेकसाइडको हल्लनचोक देखि पामेसम्मको छ किलोमिटर खण्डको बाटो दुई लेनको र पामेबाट ठुलाखेत हुदै घाटिछिना सम्मको सडक कालोपत्र हुनेछ । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षको केन्द्र फेवाताल अवलोकन र लेकसाइडको बजार विस्तारको बाटो निकै महत्वपूर्ण रहने कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद श्रेष्ठले बनाए । उनले १३ किलो मिटर सडक निमार्णका लागि करिब २६ करोड अनुमान गरिएको जानकारी दिए । उनले सडक सगँ चापाकोट भदौरे तामागी जोडेने खहरे खोलामा ९० मिटर लामो पुल निर्माण हुने बताए ।

Post a Comment

 
Top