0
विश्व संगीत दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मंगलबार पोखरामा मनाइएको छ । दिवसको अवसरमा संगीतमा योगदान पु¥याएका पाँच जना स्रष्टालाई पोखरामा सम्मान गरिएको छ । यसरी सम्मानीत हुनेमा प्रथम सिंगिङ स्टार रितु लामा, गायक तथा संगीतकार जयकुमार परियार, गायिका बाबा राणा, संगीत प्रशिक्षक बुद्धिबहादुर गुरुङ (गौरी) र साहित्यकार तथा समालोचक डा. बाबुराम अधिकारी रहेका छन् । उनीहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । गायिका रितु लामा जोजिजु म्युजिक सेन्टरबाट गीत संगीतमा लाग्ने प्रोत्साहन स्वरुप ५ हजार ५ सय ५५ रुपैयाँ समेत पप्त गरिन् । नेपाली संगीत आकाशका उत्थान नक्षत्र राष्टिूय गानका संगीतकार अम्बर गुरुङ प्रति समर्पिति उक्त कार्यक्रममा विभिन्न साँगीतिक संस्थाहरुले प्रस्तुति राखेका थिए । अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेकोकार्यक्रममा झलकमान गन्धर्व सारङगी प्रतिष्ठान, गुरुकुल संगीत प्रशिक्षण केन्द्र, भक्ति संगीत प्रशिक्षण केन्द्र, संगीत प्रशिक्षण केन्द्र, पोखरेली युवा साँस्कृतिक परिवार, पोखरा नाच घर, हिमाली साँस्कृतिक परिवार, अनुशिलन संगीत प्रशिक्षण, त्रिवेणी संगीतालय, सप्तरंगी साँस्कृतिक प्रतिष्ठान, झिंगु आय झिँगु साँस्कृतिक संस्कृति पुच, जोजिजु म्युजिक स्कुल, पोखरा लोक संगीत समुह, साँगीतिक कलाकार संघ कास्की, पोखरा साँगीतिक कलाकार संघ, लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की, अलीमिया लोक वाङ्मय प्रतिष्ठान र तरना म्युजिक सेन्टरले साँगीतिक प्रस्तुति राखेका थिए ।पोखरामा वि.स. २०६० सालदेखि संगीत दिवसको अवसरमा कार्यक्रम गरिदै आएको हो । पहिलो वर्ष पोखरेली युवा साँस्कृतिक परिवारले यो दिवस मनाएको थियो । त्यसपछि क्रमशः संगीत प्रशिक्षण केन्द्र, झिगु भायः झिगु साँस्कृतिक पुच, हिमाली साँस्कृतिक परिवार, राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान, पोखरेली साँगीतिक कलाकार संघ, सप्तरंगी साँस्कृतिक प्रतिष्ठान, पोखरा लोकसंगीत समूह, पोखरेली युवा साँस्कृतिक परिवार, जोजीजु म्युजिक सेन्टर, त्रिवेणी संगीतालय र अनुशिलन कला पाठशालाको संयोजनमा कार्यक्रम भएको थियो । अघिल्लो वर्ष भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान सञ्चालन गरिएको थियो । लोक दोहोरी गीत प्रतिष्ठानले भने अघिल्लो वर्षबाट छुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाउन थालेको हो । यता दिवसकोे अवसर पारेर राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलले विद्यालय स्तरीय खुल्ला एकल लोक गीत प्रतियोगिता सम्पन्न गरेको छ । प्रतिष्ठान कास्की र लोक संगीत समुहको सहयोगमा अक्सफोर्ड स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो । प्रतियोगितामा १३ विद्यालयका विद्यार्थीको सहभागितामा रहेको थियो । प्रतियोगीतामा पास्कल एकेडेमीकी अस्मिता आचार्य प्रथम, ताराकुन्ज बोर्डिङ स्कुल कि कविता शर्मा द्धितिय, कास्की मोडनाइज एकेडेमीका बिहानी पौडेल र सिद्धिबिनायक बोडिङ स्कुलका प्रविन विक सान्तवना भए । विजेता विद्यार्थीले प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गरे । सोही अवसरमा गायिका बालुमाया काउछा मगरलाई दोसल्ला, माला र खादाद्धारा सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ हरिदेवी कोइरालाले विद्यालय स्तरबाट लोक गीतको सुरुआत गरेकोमा खुशी व्यक्त गरिन् । ‘लोकगीत संरक्षणमा विद्यार्थीको सहभागिता देखेर खुशी लाग्यो,’ उनले भनिन, ‘नयाँ जेनेरेसनले लोक गीतलाई अगाल्दै लैजानुपर्छ, लोक संगीत बचाउने जिम्मा नयाँ पिढीको हो ।’ कार्यक्रममा शिरीष देवकोटा, अम्मर धिताल, राजन कार्की, शान्ति गुरुङ, हरिदेवी कोइराला, दिलु लामा, पुरुषोत्तम गैरेले साँगीतिक प्रस्तुति राखेका थिए । लोक गीत प्रतियोगितामा शान्ती गुरुङ, चोलेन्द्र पौडेल, पार्वती जिसीले निर्णायकको भूमिका निर्भाह गरेका थिए । राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठान गण्डककी सचिव सुरेन्द्र गुरुङ, प्रतिष्ठान केन्द्रीय कोषाध्यक्ष रमेश विजी र प्रतिष्ठान केन्द्रीय सचिव शिरिष देवकोटा, प्रतिष्ठान गण्डककीका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ, प्रतिष्ठान गण्डकीका महासचिव घनश्याम रिजाल, प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारी लगायतले बोलेका थिए । सन् १९७० देखि फ्रान्स सरकारले २१ जुन, वर्षको लामो दिन भएकोले यसलाई विभिन्न साँगीतिक कार्यक्रम गरी मनाउनुपर्छ भनेर संगीत दिवस मनाउन शुरु गरेको भएपनि हाल यो दिवस विश्वका विभिन्न देशमा मनाउन थालिएको छ ।


Post a Comment

 
Top