0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हर्ट केयर सेन्टर स्थापना गरेको छ । हर्ट केयर सेन्टरको उद्घाटन आज मंगलबार नेपाल सरकारका उप–प्रधानमन्त्री सिपी मैनालीले गर्दैछन्। जसका लागि उपप्रधानमन्त्री मैनाली सोमबार नै पोखरा आइसकेको बताइन्छ । अन्तर्राष्ट्रिय लायन्स फाउण्डेशनको सहयोगमा उक्त हर्टकेयर सेन्टर स्थापना गरिएको हो । लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरि दिएको जानकारी अनुसार १ करोड ५० लाख रुपैयाँको लागतमा हर्टकेयर सेन्टर स्थापना गरिएको हो । हर्ट केयर सेन्टरका लागि अन्तर्राष्ट्रिय लायन्स फाउण्डेशनले १ लाख डलर अर्थात १ करोड ७ लाख नेपाली रुपैयाँ सहयोग गरेको थियो । डिष्ट्रिक्टको ड्रिम प्रोजेक्ट अनुरुप उक्त हर्टकेयर स्थापना गरिएको हो । हर्टकेयर सेन्टरका लागि पोखरा उद्योग वाणिज्य संघले १५ लाख र डिष्ट्रिक्ट ३२५ बी १ को कोषबाट ८ लाख रुपैयाँ खर्च भएको छ । अन्य भौतिक संरचना निर्माण गर्न थप १३ लाख रुपैयाँ लाग्ने भएकाले सहयोग संकलन कार्य जारी रहेको डिष्ट्रिक्ट गभर्नर ध्रव थापाले बताए । हर्टकेयर सेन्टर स्थापनासंगै मुटुरोगीहरु अब काठमाडौं धाउनु नपर्ने गभर्नर थापाको विश्वास छ । पत्रकार सम्मेलनमा क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्य, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, पिएमसिसि प्रेमबहादुर श्रेष्ठ, डिष्ट्रिक्ट एडभाइजर दुर्गा हुमागाइँ लगायतले पनि बोलेका थिए । पत्रकार सम्मेलनमा गभर्नर थापाले आफ्नो १ वर्षे कार्यकालमा गरेका कार्यहरुको समेत जानकारी गराएका थिए । उनले आफ्नो कार्यकालमा सहयोग पु¥याउने संचारमाध्यम तथा संचारकर्मीलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । गभर्नर थापाको कार्यकाल अब केही दिनमात्र बाँकी छ ।   







Post a Comment

 
Top