0
ऐम्नेष्टी इन्टरनेशनल नेपाल अन्नपूर्ण समूह–५४ पोखराको १५औं वार्षिक साधराणसभा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला अदालत कास्कीका मुख्य न्यायाधीश शेखरप्रसाद पौडेल मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी रुपमा लागि परेको बताए। ‘पैसा छैन उर्जा छ, त्यसैले काम पनि प्रशस्त भएको छ’,उनले भने–‘त्यसैले पनि ऐम्नेष्टीले उठाएका विषयहरुलाई अदालतले पोजेटिभ रुपमा हेर्दै आएको छ।’ उनले लुकेर रहेका विषयलाई उजागर गर्न एम्नेष्टी अझै वढि क्रियाशिल हुनु पर्ने बताए। कार्यक्रममा ऐम्नेष्टी इन्टरनेशन ल नेपालका निर्देशक रामेश्वर नेपाल अधिकारका लागि आवाज उठाउने संस्था रहेको बताए। ‘यो संस्था पृथक छ र महत्व उत्तिकै छ’, उनले भने–‘यहि संस्था मार्फत अधिकारका खातिर काम गर्दा डेढ दर्जन व्यक्तिले शान्ति नोवेल पुरस्कार प्राप्त गरिसकेका छन्।’ यो संस्थामा काम गर्दा व्यक्तिको प्रोफाईल बढ्ने उनको भनाई थियो। घटनमा संलग्नलाई आम माफी दिने नहुने उनले बताए। कार्यक्रममा ऐम्नेष्टी इन्टरनेसनल नेपाल अन्नपूर्ण समूह–५४ पोखराका पूर्व संयोजक कमलनाथ कुँवर, पूर्व संयोजक दुर्गा तिमिल्सिना, सुशाशनका लागि नागरिक समाज कास्कीका अध्यक्ष पुण्य पौडेल, ऐम्नेष्टी इन्टरनेशनल नेपाल समूह–८२ का संयोजक वसन्त सुवदी, नागरिक समाज पोखराका संयोज रामबहादुर पौडेल, क्रियाशिल महिला पत्रकार समूहकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनीले बोलेका थिए।कार्यक्रममा ऐम्नेष्टी इन्टरनेशनल नेपाल अन्नपूर्ण समूह–५४ पोखराका सचिव भानु पराजुलीलेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ढकेश्वर पहारीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। ऐम्नेष्टी इन्टरनेसनल नेपाल अन्नपूर्ण समूह–५४ का संयोजक नविनराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहसंयोजक अनन्तप्रसाद कोइरालाले स्वागत र सचिव भानु पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

 
Top