0
गोल्डेन न्यूज संवाददाता
कास्कीका उच्च माध्यमिक विद्यालयहरूले लिन उच्च माध्यमिक तहको प्रवेश परीक्षाको समय जुधेकोप्रति अनेरास्वविय भुगोल जिल्ला कमिटी कास्कीले आपत्ती प्रकट गरेको छ । संगठनले बिधालयहरूले प्रबेशिका प्ररीक्षा उत्तीर्ण गरेका बिद्यार्थीको भबिष्य अन्यौलमा पर्ने गरी जुधाएर लिन लागेको परीक्षा बिद्यार्थीको हित बिपरीत भएको भन्दै तत्काल रोक्न माग गदै बिहीबार उच्च माध्यमिक शिक्षा परिषद पोखराका कार्यालयका प्रमुख अशोक न्यौपानेलाई ज्ञापन पत्र बुझाएको छ । संगठनले बिद्यालयहरूले जुधाएर लिन खोजेको प्रवेश परीक्षालाई तत्काल रोकी सबै बिद्यार्थीले सबै बिद्यालयमा परीक्षा दिन पाउने गरी परीक्षा सञ्चालन गर्न माग गरेको छ । ज्ञापन पत्रमा संगठनले उच्च माविहरूले लिने प्रवेश परीक्षा परिषदले लिने छात्रबृत्तिको परीक्षा भन्दा पछाडि लिन माग गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद पोखराका कार्यालयका प्रमुख अशोक न्यौपानेलाई बिहीबार ज्ञापन पत्र बुझाएको छ। संगठनले बिद्यार्थीलाई दिइने छात्रबृत्तिको प्रतिशतलाई बढाएर कम्तिमा २० प्रतिशत पु¥याउनुपर्ने माग गरेका छ । ज्ञापन पत्र बुझ्दै कार्यलय प्रमुख न्यौपानेले एकै समयमा परीक्षा पारीएका बिद्यालयको अनुगमन गरेर सबै बिद्यार्थीले प्रबेश परीक्षा दिने अबसर प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । सोही अबसरमा अनेरास्ववियू भुगोल जिल्ला कमिटीका अध्यक्ष शेखर गौतमले एकै समयमा परीक्षा पारेका बिद्यालयले समय हेरफेर नगरेमा भुगोल कमिटी जस्तो सुकै संघर्षका कार्यक्रम गर्न तयार रहेको बताए। उनले शिक्षामा ब्यबसायिकता भएको भन्दै सबै बिद्यार्थीले प्रबेश परीक्षा दिन वातावरण बनेन भने संगठन बिद्यालयमा ताला लगाउन समेत पछि नपर्ने बताए । कार्यक्रममा संगठनका सचिव राजेन्द्र बसौलाले केही बिद्यालयले नाफा कमाउने उद्देश्यले प्रबेश परीक्षा एकै समयमा परेको आरोप लगाए । उनले बिद्यालयको यस्तो निर्णयले बिद्यार्थीको भविष्य अन्यौलमा पर्ने सक्ने भन्दै परीक्षा समय बिद्यार्थी अनुकुल बनाएर सबै बिद्यार्थीलाई परीक्षा दिने बाताबरण बनाउनु पर्नेमा जोड दिए ।



Post a Comment

 
Top