0
गोल्डेन न्यूज संवाददाता
पोखरामा पत्रिकाहरुको भिडमा रंगीन तथा स्वास्थ्य सम्बन्धी सामाग्रीहरु समेटिएको हेल्थ अपडेट मासिक स्वास्थ्य पत्रिका प्रकाशन हुन सुरु भएको छ । संचारकर्मी ऋषि खतिवडाको प्रकाशन तथा सम्पादनमा ४० पृष्ठको रंगीन पत्रिका असारदेखि प्रकाशन हुन सुरु भएको पत्रिकाका सह–सम्पादक तथा संयोजक डा.अनिल बाबु पराजुलीले बताए । स्वास्थ्य सम्बन्धी जानकारी तथा स्वास्थ्य सम्बन्धी जनताहरुमा सचेतना जगाउने उद्देश्यले आफूहरुले पोखरामा उक्त पत्रिका ४० पृष्ठ रंगीनमा प्रकाशन गर्न शुरुवात गरेको प्रकाशन तथा सम्पादक खतिवडाले बताए । पत्रिकाको बिहीबार एक समारोहका बीच पोखरामा विमोचन भएको छ । पोखराको पहिलो अस्पताल साईनिङ अस्पतालका पूर्व नर्स फुर्फा शेर्पा प्रधान, दाईने छातीमा मुटु भएका वामनकुमार पराजुली, सराङकोटमा गत बर्ष सवारी दुर्घटनामा परी शारीरिक अशक्त भएका शेरबहादुर थापा र सविता खड्काले संयुक्त रुपमा पत्रिकाको विमाचन गरेका हुन् । कार्यक्रममा यूआरएलका प्रवन्ध निर्देशक ठाकुर प्रसाद पन्त, दाहिने मुटु भएका वामन पराजुली, पत्रकार हेमराज अधिकारी, संचारकर्मी रुपा अधिकारी लगायतले पत्रिका निरन्तर प्रकाशनको कामना गर्दै समाजलाई सचेत पार्न यस्ता पत्रिका आवश्यक भएकोमा जोड दिएका थिए ।



Post a Comment

 
Top