0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीको अधिवेशन नजिकिंदै गर्दा कास्कीका चारवटै क्षेत्रका अधिवेशनहरु सम्पन्न भएका छन् । कास्की जिल्लाका चारवटा निर्वाचन क्षेत्र मध्ये अधिवेशन गर्न बाँकी रहेको क्षेत्र नं.१ को अधिवेशन समेत बुधबार सम्पन्न भएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तालाले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा गण्डकी अञ्चल संयोजक डा.भीमसेन गुरुङ्गले अधिवेशनको उद्घाटन गर्दै हामी सबै एक भएर पार्टीलाई बाक्लो र चाक्लो बनाउन सबै तह र तप्कामा रहेका आम कार्यकर्ताहरुलाई क्रियाशील रुपमा अगाडि बढ्न र जनताका पीर मर्कालाई साथ दिएर पौठेजोरी खेल्दै अगाडि बढ्न आग्रह गरे। कार्यक्रममा केन्द्रीय सदस्य तथा गण्डकी अञ्चल संयोजक रमेश बहादुर भट्टराई, केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुल बहादुर गुरुङ कुलु, केन्द्रीय सदस्यहरु रोम बहादुर भण्डारी, विष्णुदेवी गुरुङ्ग, जिल्ला अध्यक्ष तथा पुन समाज नेपालका प्रशिक्षण विभाग प्रमुख जयलाल पुन, जिल्ला उपाध्यक्ष भोलाजंग सुवेदी, युवा नेताहरु ध्रुव गुरुङ्ग, नारायण गुरुङ्ग, क्षेत्र नं. ४ का अध्यक्ष तीर्थ सुवेदी, सल्लाहकार सूर्यमोहन भट्टराई, नगर अध्यक्ष हरिबहादुर जि.सी. लगायतले हिन्दूराष्ट्र र राष्ट्रिय प्रतिकको रुपमा राजसंस्था रहनुपर्नेमा जोड दिएका थिए । अविधेशनले नारायण सुवेदीको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन गरेको छ । कार्यक्रममा स्वागत क्षेत्र नं.१ का सचिव महेश्वर आचार्य र कार्यक्रमको संचालन जिल्ला सदस्य कृष्णराज तिवारीले गरेका थिए ।


Post a Comment

 
Top