0
गोल्डेन न्यूज संवाददाता
श्यामा श्याम सत्संग, पोखराको आयोजनामा मंगलबारदेखि पोखरामा विलक्षण दार्शनिक प्रवचन एवं दिव्य मधुर संकीर्तन सुरु भएको छ । आगामी असार २१ गतेसम्म चल्ने उक्त प्रवचनमा प्रमुख वाचक वृन्दावन निवासी श्रीश्वरी देवी जी छिन् । उनी जगत्गुरु कृपालुजी महाराजका कृपा प्राप्त प्रचारिका हुन् ।दुःखबाट सधैँभरिको लागि छुट्कारा पाउन र सर्वोच्च आनन्द प्राप्तिको उपाय खोज्न उक्त कार्यक्रम आयोजना गरिएको श्यामा सत्संगका पूर्वअध्यक्ष एवं सल्लाहकार दीवाकर बास्तोलाले जानकारी दिए ।प्रवचनको पहिलो दिन श्रीश्वरी देवी जीले मनुष्य शरीरको महत्वबारे प्रकाश पारिन् । पोखराको सिर्जनाचोकस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा सुरु प्रवचनको पहिलो दिन विभिन्न क्षेत्रबाट सहभागी करिब दुई हजार पाँच सय जना सहभागी थिए







Post a Comment

 
Top