0
गोल्डेन न्यूज संवाददाता
 प्रतिगामी संविधानको विरुद्ध आन्दोलनरत तमुवान संयुक्त संघर्ष समितिले संघीय गठबन्धनद्वारा आयोजित रिले अनसनको ऐक्यवद्धता पोखरामा पनि जनाइएको छ । अनशनलाई विभिन्न संघ–संस्थाले साथ दिएको छ । पोखराको दोश्रो दिनको रिले अनसनमा विभिन्न संघसंस्था, समुदायका अगुवाहरुको साथ समर्थनमा बृद्धि भएको हो । बुधवारको अनसन कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष कर्म तमु, प्रथम उपाध्यक्ष कर्णेल रामकाजी तमु, नेपाल तामाङ घेदुङ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद सम्देन तामाङ, ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर गुरुङ, पोखरा उपमहानगरपालिकाका निर्वतमा उपमेयर क्याप्टेन मानबहादुर गुरुङ, नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ, निर्वतमान केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर योञ्जन तामाङ, चारभञ्ज्याङ तमु समाजका अध्यक्ष सुमे नारायणसिंह गुरुङ, तमु सहयोग समिति पार्दीका अध्यक्ष क्याप्टेन तमबहादुर गुरुङ, खिलुङ कालिका तमु समाजका अध्यक्ष कृष्णबहादुर गुरुङ, पञ्चकोशी आर्थर डाडाखर्क तमु समाजका अध्यक्ष क्याप्टेन लालप्रसाद गुरुङ, बाझापाटन तमु समाजका निर्वतमान अध्यक्ष सुमे चेतबहादुर गुरुङ लगायत सामुदायिक अगुवाहरुले आन्दोलनको ऐक्यवद्धता जनाए । पहिचान र अधिकार सहित तमुवानको माग गर्दै दोश्रो दिन बुधवार विहान ७ बजेदेखि बेलुका ७ बजे भएको अनसनमा तमुवान संयुक्त संघर्ष समितिका राजनीतिक संयन्त्र सदस्य दिपक तामाङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, रामबहादुर चर्माकार, सु.चन्द्रबहादुर बुढा मगर, गोपालमान गुरुङ, लक्ष्मण गुरुङ, नासु मेखबहादुर गुरुङ, ले.गंगाबहादुर गुरुङ, मोहनकुमार लामा, अर्जुन तामाङ गरी १० जना रहेका थिए । अनसनकारीहरुलाई तमुवान संयुक्त संघर्ष समितिका क्षेत्रीय संयोजक एक टु ओ हर्कबहादुर गुरुङ, कोषाध्यक्ष पुरनध्वज गुरुङ लगायतले खादा र तमुवानको फेटा लगाएर अनसन शुरुवात गराएका थिए । रिले अनसनमा बुधवार दिउसो नेपाल तामाङ घेदुङ र तामाङ बौद्ध सेवा समितिको तर्फबाट तामाङ मौलिक लोकसँस्कृतिक म्हेन्दोमाया, सेलो लगायत विविध साँस्कृतिक प्रस्तुति गरिएको थियो ।कार्यक्रममा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले आफ्ना माग पुरा नहुञ्जेल एक इञ्च पछि नफर्कने बताए। कार्यक्रममा नेपाल तामाङ घेदुङ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद सम्देन तामाङले गीत प्रस्तुत गरेका थिए भने चन्द्र तामाङले विभिन्न कविता मुक्तकहरु प्रस्तुत गरेकाम थिए ।  दोश्रो दिनको अनसनका क्रममा  तमुवान आन्दोलनको सफलताको शुभकामना व्यक्त गर्दै करिब १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।  रिले अनसनको तेश्रो दिन विहीवार तमु धिं नेपालका सचिव गिरीप्रसाद तमुको अगुवाईमा रिले अनसन बस्ने तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र सुब्बाले जानकारी दिए । संविधान पुनःलेखन गरी पहिचानसहितको संघीयता, तमुवानसहितको संविधान, पहिचान र अधिकार सुनिश्चिचता, पुर्ण समानुपातिक प्रतिनिधित्व, भाषिक समानता, सबै खाले विभेद उत्पिडनको अन्त्य, कालाबजारी भ्रष्टचारीलाई कारवाही, भुकम्प पीडितलाई तत्काल राहतको व्यवस्था लगायतको माग गरिएको छ । शान्तिपूर्ण र अधिकारप्राप्तिको आन्दोलनमा साथ सहयोगको समेत तमुवान संयुक्त संघर्ष समितिले अपील गरेको छ भने संघीय गठबन्धनको २६ बुँदे माग सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।







Post a Comment

 
Top