0
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले यस वर्षको गरीब तथा जहेन्दार तमु छात्रवृत्ति भूकम्पबाट प्रभावित गोर्खा तथा लमजुङ्गका विद्यार्थीलाई दिने भएको छ ।
गत वर्ष फाल्गुण महिनामा ती दुइ जिल्लमा नै छात्रवृत्ति छनौट कार्य सम्पन्न भएको थियो । यसरी छनौट भएका कुल विद्यार्थी संख्या २० रहेका छन् । जसमा कक्षा आठमा अध्ययनरत गोर्खाका ४ छात्र र ७ छात्रा र लम्जुङ्गका ३ छात्र र ६ छात्रा रहेका छन् । प्रतिष्ठानले विगत देखि छात्रवृत्ति दिंदै आएको कक्षा ९ र १० मा अध्ययनरत २९ विद्यर्थीहरुलाई एक औपचारिक कार्यक्रमका वीच यही आषाढ ४ गते शनिवार पोखरा नयाँ बजार स्थित तमु सेवा समितिको प्रेक्षालयमा यस वर्षको छात्रवृत्ति वितरण गर्ने भएको छ । उनीहरु अन्य ९ जिल्लाका छात्र छात्रा रहेका छन् । छात्रवृत्ति पाउने  मध्ये रोल्पा र वर्दियाका विद्यार्थीलाई भने प्रतिष्ठानका जिल्ला संयोजकहरु मार्फत सम्वन्धित विद्यालयमा नै वितरण गरिने छ । यस वर्ष छनौट भएका गोर्खा र लमजुङ्गका विद्यार्थीलाई पनि औपचारिक कार्यक्रम गरीे यही आषाढ महिना भित्र जिल्लाहरुमै नै प्रदान गरिने भएको छ । तमु समुदायमा शिक्षाको स्तरलाई माथि उठाउन प्रयासरत प्रतिष्ठानले देश विदेशमा रहेका दाताहरु संग विभिन्न शीर्षकमा अक्षयकोषको स्थापना गरी ग्रामीण भेगका गरीब तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । यसले उनीहरुलाई पढन् अभिप्रेरित गरेको पाउँछौं । छात्रवृत्ति वाहेक अन्य विभिन्न पुरस्कार र श्रष्टा सम्मान पनि संस्थाले गर्ने प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङले बताए।

Post a Comment

 
Top