यतिखेर नयाँ शक्तिबारेको चर्चा व्यापक छ। चोक, बजार, जमघट र चियापसलमा समेत नयाँ शक्तिको बहसले प्रवेश पाएको छ। लामो संक्रमणबाट गुज्रिएको नेपाली समाजको राजनीतिक मनोविज्ञानमा नयाँ शक्तिको बहसले कहीँ न कहीँ स्पेस पाएको छ भन्दा अन्यथा नहोला। जाडो यामसँगै सुरू भएको नयाँ शक्तिको बहसले गर्मीयामसम्म आइपुग्दा सामाजिक मनोविज्ञान तताएको अनुमान लगाउन गाह्रो छैन। यस क्रममा विभिन्न अभियान र समूहका नाममा फरक किसिमले उदाउने अपेक्षा राखिएका नयाँ शक्तिबारेको चर्चा–परिचर्चा जारी छ। खासगरी पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले यो बहसलाई जनस्तरसम्मै विस्तार गरेको छ।
अर्काेतिर पत्रकार रविन्द्र मिश्र, पूर्व मुख्यसचिव लीलामणि पौड्याल र योजनाविद् स्वर्णिम वाग्ले लगायतको समूहले अघि सारेको नयाँ शक्ति अभियानको चर्चा पनि उत्तिकै छ। त्यस्तै उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल पनि लामो समयदेखि यही अभियानमा सक्रिय रहँदै आएको छ। नयाँ शक्तिको बहस र चर्चाको भित्री पाटो खोतल्न केही समय अगाडि फर्किनु पर्ने हुन्छ। खासगरी संविधानसभाको दोस्रो निर्वाचनमा यसबारे निकै चर्चा भयो। त्यतिबेला मुख्यतः सहरी क्षेत्र र त्यसमा पनि काठमाडौं उपत्यकामा यसले राम्रै चर्चा पायो। तर, यही नाराका साथ निर्वाचनमा होमिएका उम्मेदवारहरूले विजय हासिल गर्न भने सकेनन्। अझै अगाडि फर्किंदा छिमेकी देश भारतको राजधानी नयाँदिल्लीको विधानसभामा अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) ले उल्लेख्य सफलता प्राप्त गर्यो। यद्यपि, पहिलो चुनावमा प्राप्त गरेको सफलतालाई केजरीवालले लामो समय टिकाउन सकेनन्। लगत्तै भएको विधानसभाको दोस्रो निर्वाचनमा उनको दल दुई तिहाईभन्दा बढी मतका साथ विजयी भयो। अहिले पनि दिल्लीमा उनकै प्रादेशिक सरकार क्रियाशील छ। त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपालमा पनि नपर्ने कुरै भएन। अहिले नेपालमा ‘नयाँ’ शब्द जोडेर राजनीतिक शक्ति आर्जन गर्ने अभियानमा केजरीवाल र आपको सफलताले केही हदसम्म भूमिका खेलेको बुझ्न गाह्रो छैन।
पछिल्लो समय डा. भट्टराई नेतृत्वको नयाँ राजनीतिक शक्तिको प्रारूप सार्वजनिक भएको छ। अन्य कतिपय समूह र अभियानको प्रारूप सतहमा आइसकेको छैन। यद्यपि, अहिलेको बहसलाई हेर्दा अस्तित्वमा आउने नयाँ शक्तिको राजनीतिक मार्गचित्र र भविष्यबारे विभिन्न अनुमान लगाइँदैछ। नयाँ शक्तिको यो बहसले नेपालको समग्र राजनीतिलाई विभिन्न कोणबाट व्याख्या–विश्लेषण र चिन्तन–मनन गर्ने स्पेस भने पक्कै दिएको छ। अहिले चर्चामा आएका नयाँ शक्तिबारेका सबै अभियानले कस्तो राजनीतिक उचाई प्राप्त गर्लान्, त्यो भने हेर्नै बाँकी छ।
आठ वर्ष लामो कसरत र राजनीतिक गतिरोधकै बीच दोस्रो संविधानसभाबाट नयाँ संविधान घोषणा भएपछि नेपालको राजनीतिक नयाँ कोर्समा प्रवेश गरेको छ। राजनीतिलगायत मुलुकका सबै क्षेत्रमा त्यसले धेर–थोर प्रभाव पारेको छ। तर, देशको राजनीति अझै ‘कुहिराको काग’झैं अलमलिएको अवस्थामा देखिन्छ। अधिकांश राजनीतिक दलले अझै नयाँ संविधानले परिकल्पना गरेको भावी नेपालको चित्तबुझ्दो रोडम्याप तयार गर्न सकेका छैनन्। उनीहरू विगतमा झैं सरकार बनाउने–गिराउने खेल र गुट–उपगुटकै राजनीतिमा रमाइरहेका छन्। झण्डै पाँच महिना लामो मधेस आन्दोलन र त्यसमा थपिएको भारतको अघोषित नाकाबन्दीले जनजीवन आक्रान्त छ। उग्र राष्ट्रवादको नाराले केही महिना वा एकाध वर्षसम्म त्यसलाई धान्न सक्ला। त्यसपछि निस्किने जनआक्रोशको ज्वालामुखी बारे अहिले अनुमानमात्रै लगाउन सकिन्छ। भूसको आगोझैं सल्किरहेको जनताको असन्तुष्टि कुनै पनि बेला बिष्फोट हुने अवस्था छ। त्यतिबेला नयाँ शक्तिका अभियानले आशातीत राजनीतिक भूमिका हात पार्न सक्छन्। त्यसका लागि उनीहरूले थुप्रै प्रश्नको चित्तबुझ्दो जवाफ भने खोज्नैपर्छ।
सामाजिक–राजनीतिक प्रतिविम्व
अहिले नेपाली समाजको सामाजिक–राजनीतिक प्रतिविम्व केही बदलिएको छ। सोहीअनुसार सामाजिक सोच, संस्कार, जीवनशैली, रहनसहनमा पनि परिवर्तन आएको छ। अर्कातिर जातीय, धार्मिक, भाषिक, क्षेत्रीय, वर्गीय र लैंगिक पहिचानको मुद्दाले सबैभन्दा ठूलो ठाउँ ओगटेको छ। अझै सूक्ष्म रूपमा खोतल्दै जाँदा यसको जरो नस्लवाद र त्यसको पनि भित्री तहसम्मै फैलिने छनक देखिन्छ। यही हिसाबले सामाजिक–राजनीतिक मलजल प्राप्त हुने हो भने आगामी दिनमा यो क्रम अझै बढ्ने निश्चित छ। तर, कसैको लहड वा चाहनाले मात्रै यो अवस्था आएको होइन ।
क्षणिक राजनीतिक लाभको स्वार्थले नेपाली समाजको मौलिकतामाथि निर्मम प्रहार गर्ने क्रम दशकौं अघिदेखि सुरू भएको हो। अहिले थाहा पाउने गरी त्यसको एउटा झलक हाम्रा सामू देखिएको मात्रै हो। यो यथार्थलाई एउटा उदाहरणले अझै प्रष्ट पार्न सकिन्छ। जस्तो कि हामी जुन नदी तर्न डुङ्गामा बस्छौँ, त्यही नदी तर्छौं। विचार गरौँ त एउटा नदीको डुङ्गामा बसेर अर्को नदी तरेको कल्पना गरियो भने के होला? अहिले नेपाली समाजको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्था लगभग यसैको सेरोफेरोमा अघि बढिरहेको छ। त्यसमा धार्मिक आस्था, साम्प्रादायिक वैचारिक चिन्तनको प्रभावसमेत नजानिदो गरी भित्रभित्रै भूसको आगो झैं सल्किरहेको छ। त्यही कारणले नेपाली समाजको सदियौंदेखिको सामाजिक सहिष्णुता, सद्भाव र एकतामा थुप्रै परिवर्तन आएको छ। तर, यो परिवर्तन पछाडिको खतरनाक पक्ष के छ भने हरेक सामाजिक समस्यालाई राजनीतिक आँखाले हेर्ने पूर्वाग्रही सोच हाबी हुँदैछ। कतिपय अवस्थामा आफ्नै आँखा अगाडिको यथार्थलाई पूर्वाग्रही तर्क र मूढे बलले जित्न वा ढाकछोप गर्न खोज्ने प्रवृत्तिले गाँज्दै लगेको छ।
अर्का्तिर यसबीचमा नेपाली समाजमा कल्पना गर्नै नसकिने खालका सामाजिक, राजनीतिक परिवर्तन भएका छन्। अनुमान गरौँ, केही वर्ष अघिसम्म यति छिट्टै र सजिलै नेपाल राजतन्त्रबिनाको देश बन्छ भनेर कसैले कल्पना गरेको थियो? कसैले कल्पना गरेकै थियो भने पनि त्यसको विधि र प्रक्रियामा उसले सोचेभन्दा नितान्त फरक परिणाम आइदियो। नेपाल मात्र होइन, विश्वका धेरै बौद्धिक–प्राज्ञिक जमात्लगायत समाजशास्त्रीहरू समेत यो सन्दर्भमा चित खान्छन्। यो कसैको तर्क, कल्पना वा लहडको कुरा पक्कै होइन। यसमा नेपाली समाजको सामाजिक, राजनीतिक चेतनाले उल्लेख्य भूमिका खेलेको छ। त्योभन्दा पनि महत्वपूर्ण सवाल युवापुस्ताको सुन्दर भविष्यप्रतिको चाहनाले प्रमुख जगका रूपमा काम गरेको छ। तर, सामाजिक, राजनीतिक परिवर्तनपछिको अवस्थामा पनि निश्चित पात्र, प्रवृत्ति, वर्ग र समुदायको हालीमुहाली चलिरहेको छ। समाजिक, राजनीतिक परिवर्तनका लागि ज्यानको बाजी लगाउनेहरू यो वा त्यो बहानामा पाखा पारिएका छन्। यो प्रसङ्ग कुनै एउटा राजनीतिक दल विशेषमा मात्र लागू हुँदैन। छातीमा हात राखेर भन्दा कुनै पनि दलको नेतृत्वमा आमूल परिवर्तनको अनुभूति हुने गरी फेरबदल हुन सकेन, भएको छैन। त्यसको बदलामा हरेकजसो राजनीतिक दलभित्र गुट–उपगुट र नेता(केन्द्रित राजनीति राम्रैसँग मौलाउँदैछ। यसको प्रत्यक्ष–परोक्ष प्रभाव र फैलावट समाजका प्रत्येक अवयवमा देख्न सकिन्छ। सिंहदरबार, बालुवाटार, सानेपा, धुम्बाराही (बल्खु), पेरिसडाँडा वा बालकुमारीको राजनीतिक झ्यालबाट हेर्दा यो विषयले खासै अर्थ राख्दैन। तर, समाजको तल्लो तहमा बसेर वर्तमान राजनीतिक(सामाजिक अवस्थाबारे चिन्तन(मनन गर्दा परिणाम फरक आउँछ। अहिलेको सबैभन्दा बोझिजो प्रश्न पनि सायद यही हो ।
राजनीतिक दलहरूले यसबारेमा गम्भीर चिन्तन–मनन गर्नु जरूरी छ। अतः अहिले क्रियाशील सबैजसो राजनीतिक दलहरूले आफ्ना राजनीतिक, वैचारिक र पेशागत संघ(संगठनलाई वर्तमान नेपाली समाजको ऐनाका रूपमा रूपान्तरण गर्नैपर्छ। होइन, परम्परागत सोच र ढर्राअनुसार नै अघि बढ्दा भविष्यमा आफ्नो राजनीतिक अस्तित्व जोगाउनसमेत मुस्किल पर्ने अवस्था आउनेछ।
देब्रे–दाहिने चौतारीमा जुहारीको डर
लामो समयदेखि नेपालको राजनीतिमा दाहिने र देब्रे धारकै हालीमुहाली छ। दाहिने धारको नेतृत्व नेपाली कांग्रेस र देब्रे धारको नेतृत्व नेकपा एमाले र एकीकृत नेकपा माओवादीलगायतका बामपन्थी दलले गर्दै आएका छन्। अर्को शब्दमा यसलाई उदारवादी प्रजातान्त्रिक र आधुनिक कम्युनिष्ट धारका रूपमा पनि व्याख्या गर्न सकिन्छ। तर, पछिल्लो समय एमालेलगायत नेपालका कतिपय पार्टीहरू नाममा मात्रै कम्युनिष्ट रहेको आरोप छ। त्यस्तै दस वर्षे सशस्त्र विद्रोहबाट अस्तित्वमा आएको एमाओवादी पनि क्रमशः एमालेकै बाटोमा आइपुगेको तर्क गर्नेहरूको कमी छैन। त्यसबाहेक राजतन्त्र र निरंकुश पञ्चायती व्यवस्थासँग नजिक रहेका राजनीतिक शक्ति पनि क्रियाशील छन्। पछिल्लो समय तराई–मधेसमा क्षेत्रीय राजनीतिक दलहरूको प्रभाव र प्रभुत्व पनि व्यापक हुँदै गइरहेको छ।
यो परिप्रेक्ष्यमा अस्तित्वमा आउने नयाँ शक्ति वा दलको भविष्य परम्परागत देब्रे–दाहिने राजनीतिक धारकै बीचबाट गुज्रिने निश्चित छ। डा. भट्टराईले त आफूले नेतृत्व गर्ने नयाँ शक्तिको नाममा ‘कम्युनिष्ट’ शब्द नरहने घोषणै गरिसकेका छन्। अतः अस्तित्वमा आउने क्रममा रहेका जुनसुकै राजनीतिक शक्ति कुनै न कुनै रूपमा देब्रे–दाहिने धारको मन बिसाउने चौतारीमात्रै बन्ने हुन् कि भन्ने आशंका छ। किनकि, यी दुबै धारको वैचारिक धरातल, राजनीतिक संस्कार, पार्टी एवं संगठन विस्तारको तौर–तरिका फरक छ।
अर्कातिर विभिन्न पेशा–व्यवसायमा क्रियाशील रहेका व्यक्तिहरू पनि नयाँ शक्तिप्रति आकर्षित छन्। खासगरी कतिपय दलमा नेतृत्वबाट असन्तुष्ट बनेका र उच्च प्रशासनिक नेतृत्वबाट सेवानिवृत्त भएकाहरू नयाँ शक्तिबाट राजनीतिक यात्रा थाल्ने तयारीमा छन्। यस्तो अवस्थामा नयाँ शक्तिको पहिलो मुख्य चुनौती देब्रे–दाहिने धारको समन्वय हो। त्यसमा थोरै तालमेल बिग्रियो भने त्यसको भविष्य संघीय समाजवादी पार्टीजस्तै हुनसक्छ। अर्का्तिर प्रत्यक्ष रूपमा राजनीतिमा नजोडिएका र स्वतन्त्ररूपमा पेशा–व्यवसाय गरेका व्यक्तिहरू पनि नयाँ शक्तिकै उडानमा राजनीति सुरू गर्न आतुर छन्। उनीहरूको राजनीतिक महत्वाकांक्षाको सम्बोधन र व्यवस्थापन नयाँ शक्तिको दोस्रो प्रमुख चुनौती हो। त्यस्तै, यतिखेर अधिकांश मष्तिष्कमा राजनीतिबाट रातारात सफलता मिल्छ भन्ने मानसिकता हाबी छ। नयाँ शक्तिको सूचीमा जोडिने थुप्रै नाम यही मानसिकताका कारण राजनीतितफ आकर्षित भएका हुन्। विगतमा फरक क्षेत्रको मान–प्रतिष्ठा अनुसारको स्थान प्राप्त नभए उनीहरू तत्कालै राजनीतिबाट बिमुख हुनेछन्। अतः उनीहरूलाई चित्तबुझ्दो मान–सम्मानसाथ राजनीतिमा टिकाई राख्नु नयाँ शक्तिको तेस्रो चुनौती हो।
नेपालको राजनीतिमा नेतृत्व पुस्तान्तरणको बहस व्यापक छ। नेतृत्वको पुस्तान्तरण हुनु र नयाँ पुस्तालाई नेतृत्व हन्तान्तरण गर्नु उस्तै लाग्ने तर फरक कुरा हो। राजनीतिमा पुरानो पुस्ताले स्वाभाविक रूपमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेको दृष्टान्त कमै छ। यस्तो अवस्थामा गठन हुने नयाँ शक्तिले युवा पुस्ताको यो भावनाको कदर गर्छ कि गर्दैन? तसर्थ पुरानो र नयाँ पुस्ताबीचको खाडल पुरेर राजनीतिक संस्कार र लोकतान्त्रिक अभ्याससहितको राजनीतिक दलका रूपमा उभ्याउनु नयाँ शक्तिको अर्को मुख्य चुनौती हो।
त्योभन्दा पनि महत्वपूर्ण सवाल यस्ता चुनौतीको सामना गर्न छाती फराकिलो भएको नेतृत्व आवश्यक छ। नयाँ शक्तिको नेतृत्व संकीर्ण सोच र देब्रे–दाहिने साँघुरो वैचारिक घेराबाट माथि उठ्नैपर्छ। अनिमात्र उसले नयाँ शक्तिको पार्टी–जीवन र राजनीतिक अवयवहरूलाई नेपाली समाजको प्रतिविम्व बनाउन सक्छ। बोलेर वा भाषण गरेर होइन कि व्यवहारमै कार्यान्वयन गरेर देखाउने नेतृत्वले मात्रै यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउन सक्छ। अतः त्यस्तो नेतृत्वबिनाको नयाँ शक्ति देब्रे–दाहिने चौतारीमा मन भुल्याउने जुहारीमात्रै बन्नेछ। त्यो चुनौतीलाई लगाएर पनि बेला–बेला देब्रे–दाहिने खिचडी पाकेको खबर आउने जोखिम पनि उत्तिकै छ।
समृद्धिको उडान कि सपनाको संस्करण ?
लामो राजनीतिक अभ्यासका क्रममा राजनीतिक दलहरूले जनतालाई थुप्रै सपना बाँडेका छन्। दल र नेताहरूले बिर्से पनि नेपाली जनताले ती सपनाको एक–एक हिसाब राखेका छन्। हरेक सचेत नेपालीको मनमा पुरानोबाट सम्भव नभएको सपना नयाँ राजनीतिक शक्तिबाट कसरी सम्भव हुन्छ प्रश्नले राम्रै ठाउँ पाएको छ। नयाँ शक्तिको अभियन्ताले यो जटील प्रश्नको चित्तबुझ्दो जवाफ दिनैपर्छ। अरूलाई औंलो ठड्याएकै भरमा यसबाट उन्मुक्ति पाउँछु भन्ने उनीहरूले नसोचे हुन्छ। कारण त्यसको धेर–थोर भाग वा जस–अपजस सबैले लिनुपर्छ। दोषजति अर्काको थाप्लोमा खन्याएर आफू पानीमाथिको ओभानो बन्दैमा जनताले सहजै पत्याउने अवस्था छैन। बरू खुल्ला हृदयले गल्ती स्वीकार्दै त्यसबाट पाठ सिकेर आगामी दिनमा त्यसलाई नदोहोर्याउने बाचा गर्नुपर्छ।
बाचा गरेर मात्र पनि पुग्दैन, त्यसलाई व्यवहारमै उतारेर देखाउनु पर्छ। वास्तवमा नयाँ शक्ति सपनाको नयाँ उडान हो कि त्यसको नयाँ संस्करण मात्रै? यो प्रश्नको जवाफले नयाँ शक्तिको भविष्य निक्र्यौल गर्नेछ। कलेवर वा रूपमा मात्रै नयाँ कि पार्टी–जीवनको प्रत्येक तहको व्यवहार र गुणस्तर पनि? एकाध नेताले बोली वा भाषणमा ‘अब म नयाँ भएँ’ भन्दैमा विश्वास गर्ने चित्तबुझ्दो आधार के? अनि ‘नेपालको भविष्य समृद्ध पार्छु’ भनेकै भरमा नेपाली जनता अमुक नेता वा समूहको पछि लामबद्ध हुन्छन् भन्ने सोचेर हुन्छ र? यस्ता जिज्ञासा पनि उत्तिकै पेचिला छन्। अतः नयाँ शक्तिका अभियन्ताहरूले ऐनाअघि उभिएर पहिले आफैंभित्र यस्ता जिज्ञासाको जवाफ खोज्नुपर्छ। अनिमात्र उनीहरूको राजनीतिक भविष्य सुरक्षित हुनेछ। नत्र त्यो सपनाको नयाँ उडान होइन कि अर्को एउटा संस्करणमा सीमित हुनेछ।
सुरक्षित अवतरणको जोखिम
यति व्यापक चर्चा र बहसपछि ढिलो–चाँडो नेपालमा नयाँ शक्तिको उडान सुरू हुने निश्चित छ। देशको राजनीति यही हिसाबले अघि बढ्ने हो भने क्रमशः अझै बढी त्यसको सान्दर्भिकता बढ्ने जाने अनुमान गर्न गाह्रो छैन। मूलधारका राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र, पार्टी–जीवनका कमी–कमजोरीलाई समयमै सुधार गरेनन् भने खाली ठाउँमा नयाँ शक्तिले खेल्ने अवसर पाउनेछ। परिस्थिति अनुकूल भए त्यो खाली ठाउँ अझै विस्तार हुँदै जाने पक्का छ। नेपाली समाज सकारात्मकभन्दा पनि नकारात्मक प्रचारबाटै प्रभावित हुन्छ। फोस्रो आश्वासन र भाषणबाजीकै भरमा त्यो प्रभावलाई हटाउन असम्भव छ। अझ नयाँ संविधान बनेपछिको अकल्पनीय अभाव र पीडाले त्यसमै मलजल पुगिरहेको छ। नयाँ शक्ति अभियानले त्यसैलाई राजनीतिक नगदमा रूपान्तरण गर्ने सम्भावनालाई नकार्न सकिन्न। डा. भट्टराईलगायत लामो समय सामाजिक–राजनीतिक क्षेत्रमा क्रियाशील भएकाहरू नेपाली समाजको यो पाटोबाट अनभिज्ञ पक्कै छैनन्। तर, नकारात्मक मनस्थितिबाट सुरू भएको यात्राले सकारात्मक गन्तव्यमै पुर्याउँछ भन्ने ग्यारेन्टी भने हुँदैन। त्यसलाई ‘तातिएको फलाम’जस्तै चाहेको आकारमा बदल्न आधारभूमिका रूपमा प्रयोग गर्न भने सकिएला। यद्यपि, सपनाको नाराकै भरमा सुरू हुने नयाँ शक्तिको राजनीतिक उडान सुरक्षित रूपमै अवतरण हुने ठोकुवा गर्नु हतारो हुनेछ।
जे होस् हीरालाई आखिर हीरामै राखेर काटिन्छ। देशको राजनीतिलाई ट्याकमा ल्याउने हो भने कसै न कसैले त्यसको सुरूवात गर्नैपर्छ। चिन्ता यति मात्रै हो, के नयाँ शक्तिको राजनीतिक उडान–यात्रासँगै त्यसको सुरक्षित अवतरणको जोखिमप्रति पनि अभियन्ताहरू उत्तिकै सचेत छन् ? कतै कुण्ठा, महत्वाकांक्षा र आग्रह–पूर्वाग्रहको मनोविज्ञानले धेरैलाई नयाँ शक्तिको राजनीतिक उडानतर्फ आकर्षित गरिरहेको त छैन? आखिर पुरानोबाट असम्भव समृद्धिको राजनीतिक उडान–अवतरण नयाँ शक्तिबाट कसरी सम्भव होला? नयाँ नेपालको नाराबाट वाक्कदिक्क नेपाली जनताले नामका अघि नयाँ शब्द थपेर हल्ला गरेकै भरमा पुरानै अनुहारलाई कसरी विश्वास गर्ने? खासगरी डा. भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले अलि बढी नै यस्ता प्रश्नको सामना गर्नुपर्नेछ। त्यसको चित्तबुझ्दो जवाफ नआएसम्म नयाँ शक्तिको राजनीतिक उडान–यात्रा जोखिमपूर्ण बन्ने मात्र होइन प्रश्नवाचक चिन्ह (?) कै सेरोफेरोमा घुम्ने निश्चित छ।
स्रोत ः सेतोपाटी

Post a Comment