0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १२ मा स्थित शितलादेवी उच्च माविमा गठित बाल क्लवले वावविवाद कार्यक्रम आयोजना ग¥यो । विश्व वातावरण दिवसको अवसर पारि आयोजित प्रतियोगिता मा ९ जना विद्यार्थी सहिभागी थिए । जसमा विनिता क्षेत्री प्रथम, विक्रम सुवेदी द्वितीय, प्रविन शर्मा तृतीय र दिपेश लम्सालले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । वातावरण संरक्षणमा मानव साधक कि बाधक? शीर्षकमा वादविवाद प्रतियोगिता भएको थियो । क्लवका अध्यक्ष प्रवेश बाँस्तोलाको अध्यक्षतामा भएको प्रतियोगितामा विद्यार्थीहरु संकल्प बराल, अर्चना सापकोटा, दिवस सुवेदी, प्रतिक्षा बाँस्तोला र किशोर सापकोटा पनि सहभागी थिए । प्रतियोगितामा अतिरिक्त प्रतियोगिता संयोजक बोधराज गौतम प्रमुख अतिथि र शिक्षिका टीकादेवी पराजुली बराल विशेष अतिथि रहेकी थिइन भने दुर्गा प्रसाद सुवेदी, शर्जिला पोखरेल,, महेन्द्र भण्डारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसैगरी विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षक–शिक्षिकाहरुले विद्यालय हाताभित्र सरसफाइ गरेको शिक्षिका टीकादेवी बरालले बताइन । कार्यक्रममा कक्षा १ देखि ९ सम्मका विद्यार्थी सहभागी थिए । यसैगरी विश्व वातावरण दिवसको अवसरमा लामाचौरमा स्थित पश्चिमान्चल क्याम्पस, ईन्जिनियरिङ अध्ययन संस्थानमा भएको सरसफाइ कार्यक्रमको शुर भयो । क्याम्पसका प्रमुख नारायण गौतमले क्याम्पसको गेटमा कुचो लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको आयोजना क्याम्पसका बिभिन्न क्लब ह्यप्पी क्लब, तराइ स्रिजन्सिल समिति र नेपाल ईन्जिनियरिङ स्टुडेन्ट सोसाइटीद्वारा गरिएको थियो। यसैगरी रानीपौवा स्थित ग्लोबल कलिजियट उच्च मा.वि. ले विविध कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस—२०१६ मनाएको छ । टोल सरसफाइ, वृक्षरोपण तथा जनचेतना लगायतका विविध कार्यक्रममा विद्यालयका झण्डै ४०० विद्यार्थीले प्रत्यक्ष रूपमा भाग लिएका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य बाबुराम पन्तले वातावरणको संरक्षण मानव जातिको सर्वोत्कृष्ट कर्तव्य भएको कुरा प्रकाश पारेका थिए । यसैगरी कार्यक्रमका संयोजक विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्माले वातावरण दिवसको महत्त्व वर्षैभरि बुझी रहनुपर्ने तथ्य औंल्याएका थिए ।








Post a Comment

 
Top