मलाई केले कविता वा साहित्यका अन्य विधामा जान घच्घच्यायो? मेरो विचारमा तीनवटा कारणले म त्यता लागेँ। एक, मेरो जीवनमा मैले त्याग, सर्मपण र साधना गर्नु पर्ने जति काम गर्दै आएँ, ती सबैको मूल कारण ’म पनि अरुले जस्तै त्यो काम गर्न सक्छु’ भनेर देखाउने तृष्णा नै हो। अझ यो विषयलाई नाङ्गै पारेर भन्दा मलाई मान्छे नठान्ने वा तेस्रो दर्जाको मान्छे ठान्नेहरूले गर्ने काम म पनि गर्न सक्छु, गैरदलितले गर्न सक्ने काम गर्न सक्छु भन्ने इख वा तृष्णा हो। यस्तो लाग्थ्यो कि बाल्यकालभरि मेरो सर्वाङ्ग शरीर भनिरहेछ,’कुन परीक्षा हो भन म जाँच दिएर पास हुन तयार छु। तर, त्यसपछि मलाई बराबरी–सराबरी ठान्नुपर्छ।’ त्यसैले, साहित्य वा त्यसभित्रको कवि बन्ने इच्छा यथार्थमा कवि बन्नभन्दा पनि कविता लेखेर अरु सरह आफूलाई प्रमाणित गर्न नै थियो। मान्छे प्रमाणित हुने मिहीन अभीष्टले नै साहित्य र राजनीतिको यात्रामा मलाई डोर्रुयाएका थिए। दुई, मभित्र निर्माण हुन पुगेको मेरो प्रतिभा हो। प्रतिभा भनेको कुनै खास विषयमा चिन्तनका लागि आवश्यक स्वस्थ मष्तिष्क र त्यस मष्तिष्कमा बाहिरी समग्र गतिविधिले पार्दै लैजाने शृङ्खलाबद्ध प्रभावबाट जन्मिने खास विषयको सिर्जनात्मक परावर्तन र पुनः उत्पादन गर्न सक्ने क्षमता नै हो भन्ने मलाई लाग्दछ। मेरो घरमा एउटा ठूलो मादल थियो, जुन कम्तिमा देउसी–भैलो र गाउँमा बिहे हुँदा घन्किन्थ्यो। राजधानीको काँठमा खस–आर्य परिवारमा रत्यौलीमा गीत–नाच गज्जब हुने गर्दथ्यो। कसैले नसिकाइकनै मैले मादलमा झ्याउरे र ख्याली ताल बजाउन जानेको हुँ। आमाको काखमै बसेर नेवार दबु प्याखः (डबली नाटक) हेर्दै हुर्केँ। मातातीर्थ र रिखेश्वरको जात्रामा दिनभरि भरि दोहोरी गाएको सुन्दै हुर्केँ। रोपाइँमा असारे पनि खुबै सुनियो। हजुरबा खुब सिलोक भन्थे, त्यो पनि छक्क पर्दै सुनेँ। बिहेमा खाँडो जगाउनेको मुखाकृति देखेर जिऊ सिरिङ्ग हुन्थ्यो। कहिलेकाहीँ लाग्छ हामीसँग नि धेरै पैसा भएको भए आज नेपालीले हाइकु र ताङ्का लेखेझैँ जापानी युवाले खाँडो शैलीको कविता लेखेको देखिने थियो! वीर रसको अदुभूत शैली मौलिक छ खाँडोमा। खस–आर्यको खाँडो जस्तै मौलिक कविता शैली कति होलान् नेपालभरि! त्यस विषयमा एक दिन त यो अभागी भूमिले सोच्नेछ– यस प्रसङ्गलाई यहीं रोकौँ।
ठुल्दिदी रोगी थिइन्, रोगीलाई बिहे गरिदिन मन थिएन हजुरबालाई। त्यसैले ठुल्दिदीलाई बढी नै स्वतन्त्रता थियो घरमा, यसै पनि सबैभन्दा जेठी। मेरो हजुरबा राम्रो सिनेमा चल्या छ रे भन्ने सुनेपछि सबै परिवारलाई सिनेमा हेर्ने व्यवस्था मिलाएर आफू बेलुकाको भात पकाएर बस्थे, उनी सिनेमा हेर्न जाँदैनथे। मेरो बाबुको मृत्यु भएको साल अर्थात् म जन्मेको साल जुठो परेकाले दशैँमा पिर भुल्न सिनेमा हेर्न गएका रे बूढा, तर सिनेमामा पनि छोरा मरेको कथा देखेपछि सिनेमा हेर्नै छोडेछन्। कलकत्तासम्म यात्रा गरेका हुनाले हजुरबाले सिनेमा हेर्नु गलत ठान्दैनथे। रोगी तर वैँशालु उमेरकी ठुल्दिदी सिनेमा हेर्न जान्थिन् तर केटी मान्छे एक्लै जान मिलेन अनि म जसलाई घरका सबै कान्छा भन्थे, मलाई सँगै लिएर गएपछि ददीको सोवान पक्का। सात वर्षको उमेरदेखि हिन्दी सिनेमा हेर्ने साइत जुर्रुयो। मलाई थाहा छैन कस्तो कथाको सिनेमा थियो तर याद भएको पहिलो सिनेमा ‘पुरस्कार’ नामको थियो।
मेरा हजुरबा गजबका, जुन वर्षको हिउँदमा बढी जुत्ता बिक्यो, त्यो वर्ष कहिले फुटपाथमा फालेको बच्चै बोकेर ल्याउने, कहिले अलपत्र परेकी आइमाईलाई पोइ खोजिदिउँला भनेर लिएर आउने। आमा भन्थिन्, ’जे ल्याए नि ल्याउन् न त, स्वास्नी ले’र नआए भै’गो नि!’ यस्तै क्रममा अलकत्रा पोतेका काला काला बिजुलीका लठ्ठा गाउँमा के आएका थिए, हजुरबाले त मिटर बक्स बोकेर आएछन्। त्यो खेलाउँदा खेलाउँदै झ्याम्पट भएर बिग्रियो, साँच्चै बिजुली आएपछि नयाँ मिटर बक्स किन्नुपर्रुयो।
यस्तै तरिकाले कुनै मनाङ्गे जुत्ता पसलेले एक साल दशैँ मान्न बेचेको जुत्ताको पैसाको सट्टा ठूलो काठको खोल भएको भल्भ रेडियो दिएछ, सोध्नु वा सल्लाह गर्नु छैन, आए बूढा एक साँझ रेडियो लिएर। रेडियो घन्केर गाउँ नै थर्कायो, हल्लीखल्ली भयो। कार्की गाउँको कर्णेलको घरको जस्तो ट्राइस्टर! बाफ रे!! दुई तीन दिन त गजब भो। त्यसपछि आमाले बेलुका खाना खाने बेला ससुरालाई सोधिन्, ’फूलपातीको किनमेल गर्ने त चार दिन बाँकी छ नि, टाइस्टरले दशैँ हुन्न।’
हजुरबा केही बोलेनन्। खाना खाएपछि मलाई बोकेर बुँइगलबाट तल झरेर ठुल्दिदी र सान्दिदी सुतेको कोठामा आएर उनले भने, ‘पपन, सुत्यौ तिमरू?’ ठुल्दिदीको नाम पवन हो तर हजुरबा पपन भनी बोलाउँथे। ठुल्दिदी र सान्दिदी टुकीको उज्यालोमा सतर्क भए। ‘यसपाली ट्राइस्टर ल्याएको, अरु पैसा आउन्न दशैँलाई, तेरो रिङ दे है? माघमा धेरै लगन छ यसपाली, निखन्दिम्ला।’ उत्तरमा दिदीहरू केही बोलेनन्। माघमा लगन धेरै हुँदैमा जुत्ता बिक्छ भन्ने ग्यारेन्टी पनि थिएन र लाइरा’को सुनको रिङ फुकाल्न एउटी तरुनी केटीलाई गाह्रो त हुने नै भयो। फुलपातीको बिहानै दिदीले रिङ फुकालेर दिई अनि हजुरबाको पछिपछि आमा डोको बोकेर दशैँको किनमेल गर्न गइन्। यसरी मेरो बाल्यकाल र किशोरावस्थामा जे जति साङ्गीतिक र कला गतिविधि मेरो वरपर भए, त्यसबाट मेरो मस्तिष्कमा जस्तो सोच्ने प्रणाली बन्न पुग्यो, त्यही नै मेरो प्रतिभा हो।
तीन, किशोरावस्थामा पुग्दा मैले के बुझिसकेको थिएँ भने कवि लेखकलाई समाजमा धेरैले सम्मान गर्छन्। त्यतिबेला डबली नाटकका एक चर्चित निर्देशक थिए गायक रत्न बेहोशी। उनी जुन गाउँमा नाटक सिकाउन जान्थे, त्यहाँ केटीहरूको उनलाई हेर्न भीड लाग्थ्यो भन्ने कुरा धेरै पटक सुनेको थिएँ। मेरै गाउँमा उस्ताद थिए नारा भाइचा। उनी गरिब थिए तर उनको गीत–सङ्गीत र नाटक बनाउने सीपका कारण सबैले सम्मान गर्थे।
यी सबैबाट साहित्यकर्मबाट सम्मानित र चर्चित हुने गहिरो अभिलाषा हृदयमा कतै रोपिन पुगेको थियो। यही अभिलाषासँगै विकसित हुने रहेछ, महत्वकाङ्क्षा। मेरो विचारमा महत्वकाङ्क्षा भनेको अभिलाषाको अस्वाभाविक तीव्रता नै हो। जुन विन्दुसम्म अभिलाषा स्वाभाविक गतिमा हुन्छ, त्यो अभिलाषा वा मार्क्सवादी भाषामा क्रान्तिकारी महत्वकाङ्क्षा हुन्छ।जुन विन्दुबाट अभिलाषा अस्वाभाविक तीव्रतामा वेग मार्न थाल्छ, त्यो महत्वाकाङ्क्षा बन्छ र त्यसले लक्ष्य प्राप्तिका निम्ति नाजायज अनि अनैतिक बाटोसमेत अख्तियार गर्न पुग्छ। मैले आफ्नो साहित्यिक अभिलाषा पूरा गर्ने दिशामा कहिल्यै पनि षड्यन्त्र र अनैतिक बाटो रोजिनँ। त्यस अर्थमा म महत्वाकाङ्क्षी भएँ भन्ने लाग्दैन। तर, हुने नहुने सयौँ विषयमा सपना देख्नु चाहिँ मेरो किशोरावस्थाको रोग जस्तै थियो। ‘अण्डा बेचौंला, अनि चल्ला, अनि घोडा अनि लुगा र गहना किनौँला अनि राजकुमारसँग बिहे...’ ढाँचाका सपना देख्नु लतकै स्तरमा थियो।
अहिले पनि मलाई म अत्यधिक कल्पनाशील मानिस हुँभन्ने लाग्छ। कक्षा ६ मा हुँदा मेरो शिक्षिका कवि लक्ष्मी मालीले’ अमर भए मानिसले के गर्थ्यो’ शीर्षकको निबन्ध लेख्न दिएकी थिइन्। त्यो रातभरि सोचेर मैले निष्कर्ष के लेखेँ भने ’मानिस अमर भयो भने मृत्यु हुने औषधीको आविष्कारतिर लाग्थ्यो।’ यस्तो थियो मेरो कल्पनाको उडानको ढाँचा। मेरो विचारमा अभिलाषी हुनुजरूरी छ तर महत्वाकाङ्क्षी हुनु ठीक होइन। इमान्दार अभिलाषीले सफलता पाउँछ, असफलै भएछ भने पनि ठीक चिजलाई घाटा हुँदैन। तर, महत्वाकाङ्क्षी सफल नै हुन गार्रुहो छ।यदि सफल भएछ भने पनि उसले थुप्रै स्वाभाविक र ठीक प्रक्रियालाई घाटा पुर्रुयाइरहेको हुन्छ। हुने नहुने, नैतिक अनैतिक सबै बाटोबाट सफल हुने महत्वाकाङ्क्षी बन्नु भनेको आजको संयुक्त राज्य अमेरिकाको विकास जस्तो हो। भव्यतम भौतिक विकास हुने तर मानिसको मानवीय जीवन खोजेर कतै नपाइने अनि संसारभरका उत्पीडित राष्ट्रले उसकै कारण विकसित हुन नपाउने। सपना देख्नु ठीक हो, जरूरी छ तर त्यसलाई प्राप्त गर्न गलत बोटो रोज्नु बेठीक हो भन्ने कुरा अभिलाषी हुनु र महत्वाकाङ्क्षी हुनुमा ठ्याक्क मिल्न जान्छ भन्ने मलाई लाग्दछ।
सफलताको स्रोत के हो?
अरु विषयमा जस्तै कविता कर्ममा पनि तीनवटा विषय नै मुख्य हुन् भन्ने म ठान्दछु। एक, वस्तुगत परिस्थिति। जतिसुकै प्रतिभावान् भए पनि वस्तुगत परिस्थिति न्यूनतम पनि अनुकूल छैन भने कविता कर्म वा अन्य विषयमा सफलता सम्भव छैन। कविता सुन्ने मानिस छैनन्, कविता सुनाउने वा छाप्ने मञ्च छैनन्, सिक्ने तथा प्रतिस्पर्धा गर्ने वातावरण छैन र कविता सोच्दै हिँड्ने गरी मानसिक रूपमा स्वतन्त्र परिवेश छैन भने त्यसलाई म न्यूनतम वस्तुगत परिस्थिति नभएको मान्छु। प्रतिभावान् व्यक्ति छ तर न्यूनतम वस्तुगत परिस्थिति छैन भने त्यो परिस्थितिलाई अनुकूलतामा बदल्न सम्भव हुने सम्भावना बढी हुन्छ। त्यहीँनेर चाहिने बुझ्छु, त्याग। कवि गोकुल जोशी प्रतिभावान् थिए तर त्यतिबेलाका राज्यको संस्थापन वरिपरि घुमेका कविहरूले जस्तो जीवन बाँचेर उनले आफ्नो विचार लेख्ने न्यूनतम वस्तुगत परिस्थिति थिएन। त्यसैले घर परिवार सम्पत्ति आदि जोडेर सुरक्षित जीवन बाँच्ने कुरा त्याग गरेर उनले आफ्नो विचार भन्ने गरी परिस्थितिलाई काबुमा लिए। यो धेरै नै महत्वपूर्ण कुरा हो। कवि गोकुल जोशीलाई सहानुभूतिको कोणबाट हेर्ने धेरै छन् तर म त्यसरी भन्दा न्यूनतम प्रतिकूल वस्तुगत परिस्थितिलाई अनुकूलतामा ढाल्न उनले गरेको त्यागका रूपमा बुझ्नु नै सही हुन्छ भनी भन्न चाहन्छु। कवि गोकुल जोशीले हृदयचन्द्र सिंह प्रधान वा लक्ष्मी प्रसाद देवकोटाको जस्तो जीवन पनि बाँच्न खोजेर आफ्नो कुरा कवितामा त्यसरी भन्न सम्भव नै थिएन।
दुई, प्रतिभा। प्रतिभा भनेको जन्मजात प्राप्त हुने वा दैवी विषय होइन भन्नेसहित प्रतिभाको निर्माणबारे अगाडि चर्चा गरिसकेँ। जुन विषयमा लक्ष्य लिने हो त्यसलाई चाहिने न्यूनतम प्रतिभा त चाहियो नै। न्यूनतम प्रतिभाबेगर पनि कला सिर्जनामा लागिरह्यो भने खास समयपछि ठूलो निराशा हात लाग्ने खतरा हुन्छ। तीन, सर्मपण। कुनै राष्ट्र जब लगातार असफलता र अभावको चाङमाथि बाँच्न थाल्छ, नागरिकहरू स्वतः अवसरवादी र अनुत्तरदायी बन्दै जाँदा रहेछन्। म बाँचेको नेपालको समय यस्तै लाग्छ। एउटा डाक्टर डाक्टरी गरेरै आवश्यक भौतिक सुविधा आर्जन गर्नेभन्दा औषधि कम्पनीसँगको मिलोमतोबाट प्रगति गर्ने सपना देख्छ, राज्यसँग सङ्घर्ष गरेर सुविधा बढाउने आँटै गर्दैन। एउटा इन्जिनियर सिर्जनात्मक इन्जिनियरिङ गरेर प्रगति गर्ने भन्दा एलडिओ (स्थानीय विकास अधिकारी) बन्न लालायित हुन्छ। शिक्षक ट्युसन पढाउने र लेक्चर गेसपेपर बेचेर जीवन खोज्छन्। सांसद तलब बढाउन प्रस्ताव कहिल्यै गर्दैन बरु बजेट लुकेर खाने योजना बुन्छ। न्यायाधीश वैधानिक ढङ्गले सुविधा सम्पन्न हुन खोज्दैन बरु लुकेर घुस खान्छ। थप यसबारे थोरै कुरा गरौँ– अहिलेसम्म २००७ सालपछि प्रधानमन्त्री र मन्त्री, सेनापति र प्रहरी प्रमुख, न्यायाधीश र सचिवहरू आदि–आदि बाग्मती उपत्यका बाहिरबाट आएर भए। उनीहरू आज जुन भौतिक वैभवका साथ बाँचिरहेका छन्, त्यो भव्यता उनीहरूको वैधानिक कमाइबाट सम्भव छ त? सुस्त मनस्थितिको मानिसले पनि सायद भन्न सक्छ, असम्भव। तब सजिलै भन्न सकिन्छ, मानिस जुन जिम्मेवारीमा वा क्षेत्रमा छ–या त ऊ भ्रष्टाचार गरिरहेछ या त त्यो जिम्मेवारी वा क्षेत्रप्रति निष्ठावान नभई अर्को केही पनि गरिरहेछ। यो निरन्तरको परिघटना जब एउटा कविमा लागू हुन्छ, त्यसपछि जतिसुकै प्रतिभावान्, जतिसुकै परिस्थिति अनुकूल भए पनि उन्नत कविता र उन्नत कवि जन्मिने छैन। राजनीतिक सङ्गठनात्मक काममा निर्लिप्त हुनैपर्ने मेरा समाजशास्त्रीय आवश्यकता र बाध्यता छन् तर कवितामा मेरो स्थिति आजको स्तरमा मात्रै सीमित हुनुको एउटा दह्रो कारण म सङ्गठनात्मक क्षेत्रमा विभाजित भएर छरिनु नै त हो।
जब एउटा मानिस सुन्दर कवि र महँगो घरबार एकसाथ जोड्ने सपना देखेर यात्रा सुरु गर्छ, तब हुन्छ के? कवि मर्दै जान्छ र दुईतले आधुनिक घरको कौशीमा बसेर घाम ताप्ने मानिस बढ्दै जान्छ। हामीमध्ये थुप्रै राम्रो कविबाट समीक्षक–समालोचक बन्न पुग्यौं र पुग्दैछौं। किन त? समीक्षक–समालोचक बन्नु बेठीक हो, यो मेरो कुरा हुनै सक्दैन तर नेपालमा कविता कर्म वा अन्य मूलतः सिर्जनात्मक विधामा टिक्न नसकेर समीक्षक–समालोचक बन्दै जाने दौडको स्रोत भने प्राकृतिक हुँदै होइन, बरु सिर्जन कर्म दाउमा लगाएर भए पनि निजी भौतिक बन्दोबस्तीको निम्न पुँजीवादी यात्राको परिणाम हो। भोकानाङ्गा अधिकारहीन जनताको पक्षमा सिर्जनामा मूलनिष्ठ हुँदै भौतिक जीवन चाहिँ मध्यमवर्गीय बनाउन वर्तमान नेपालमा सम्भव नै छैन। जब असम्भव विषयलाई सम्भव बनाउने सपना देखिन्छ, तब अकालमै कवि मरेर वर्णशङ्कर समीक्षक जन्मिन्छ वा कवितालाई सहजक्रिया जस्तो सधैं उस्तै उही स्तरको कविता लेखिरहने निरीह सन्दर्भच्युत कवि जन्मिन्छ या कवि नै हराउँछ फेला नपर्ने गरी। मैले यो विषयमा बोल्दा कतिपयले के घर बनाउनु नै गलत हो भन्ने प्रश्न पनि गर्ने गर्दछन्। मैले घर बनाउनु वा अन्य केही भौतिक सम्पत्ति जोड्नु गलत या सही भनेको होइन। मैले त जीवनमा जीवनशक्ति मूलतः एक विषयमा केन्द्रित गर्न सम्भव छ मात्रै भनेको हो। कोही कोही स्तरीय श्रमिक वर्गीय कवि मध्यम वर्गीय भौतिक जोडजाम गर्न इमानदारी एवम् कविता कर्मप्रति निष्ठासहित सफल हुन्छन् भने ती अपवाद हुन्। नियममा अपवाद हुन्छ तर अपवाद नियम होइन र अपवाद बन्न कसैले यात्रा सुरु गर्न सम्भव पनि छैन।
कतिपय साथीहरू २० वर्ष लगाएर मध्यम वर्गीय रूपमा जीवन बाँच्न पुग्ने सम्पत्ति जोडेपछि राम्रो कविता लेख्न फर्किम्ला भनी सोच्छन्, त्यसो गर्ने पनि छन्। तर यो विषय २०र३० वर्ष सम्पत्तिवान् श्रीमतीसँग जीवन बिताएपछि सच्चा प्रेम गर्ने २०र३० वर्षअघिकी गरिब प्रेमिकासँग अगाध प्रेम गरौंला भनेर सोचे जस्तै हो। न त ती गरिब प्रेमिका पर्खेर बस्नेछिन्, अपवादमा पर्खेर बसिछन् भने पनि युवा अनुभूति हराएकी चिसो अस्तित्व मात्रै बाँकी भएकी सँग भेट हुनेछ। एउटा दलाल पुँजीपति वा राष्ट्रिय पुँजीपति वा उपभोगकै लागि जीवन समर्पण गर्ने मध्यम वर्गीय व्यक्ति र सिर्जनाको उदात्त अभियानमा लीन हुने सिर्जनकर्मी अझ त्यसमा पनि श्रमजीवी वर्गको पक्षमा दृढतापूर्वक सिर्जना गर्ने कवि–साहित्यकारको सपना निजी जीवनका सन्दर्भमा उस्तै उस्तै हुन कसरी सम्भव छ? मेरो गम्भीर प्रश्न यही हो।
नेपालमा कविता सन्दर्भमा देवकोटाले चुरोट खाएको वा भूपीले रक्सी खाएको प्रसङ्ग बारम्बार उल्लेख हुन्छ। तर उनीहरूले सम्पत्ति थप जोड्न करामत गरेको कतै पाइन्न। गोकुल जोशीको त कुरै गर्न परेन, उनी श्रमिक वर्गको पक्षमा बेग्लै धातुका थिए। कम्तीमा खानदानी काठमाडौंका रैथाने शासक समुदायबाट विकसित देवकोटाको कविताकर्ममा समर्पण अनि व्यापारी विरासतका भूपीको कविता कर्मप्रतिको मूलनिष्ठालाई गम्भीरतापूर्वक आत्मसात् गर्नु धेरै जरुरी छ भन्ने म ठान्दछु। यसप्रकार प्रतिभा, वस्तुगत परिस्थिति र समर्पणको सन्तुलन जरुरी छ। प्रतिभाबाहेक वस्तुगत परिस्थिति र समर्पणको विषयमा कविले अनिवार्य रूपमा निरन्तर सङ्घर्ष र आफूलाई रूपान्तरणको प्रक्रियामा लगाइरहनु आवश्यक हुन्छ भन्ने मलाई लाग्दछ।
अन्त्यमा ः एक, नेपालको सामन्ती सत्ताले लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, मोतीराम भट्टदेखि माधवप्रसाद घिमिरेसम्मलाई खास खास पदवीको जेलमा जो राखेको छ, तिनीहरूलाई त्यस जेलबाट मुक्त गर्न चाहन्छु। सामान्तवादमा जात, धर्म, कुल आदिका आधारमा खास व्यक्तिले मात्र पाउने हैसियत निर्माण गर्दछ। नेपालमा राजाको जेठो छोरो राजा नै हुन्थ्यो, क्षेत्री नै प्रधानसेनापति आदि। नेपालमा देवकोटाभन्दा जति बढी योगदान गर्ने कवि जन्मिए नि महाकवि हुने छैन, के देवकोटा आफूभन्दा बढी लेख्ने कवि नजन्मिउन् भन्ने चाहन्थे र ? युग कहाँ पुगिसक्यो, सधैँ सिद्धिचरणलाई ’युग कवि’ भन्नु उनकै अपमान हुन्छ। माधव घिमिरे जिन्दगीभरि पहाडिया हिन्दु, खस आर्य सामन्तवादको पक्षधर कवि रहे पनि उनलाई एक प्रतिभावान् कविको अर्थमा राष्ट्रकविको जेलबाट मुक्त गर्नु जरूरी छ।
देवकोटादेखि घिमिरेसम्म सबै नै खस–नेपाली भाषाका प्रतिभावान कवि हुन्। उनीहरूलाई ती पदवीवाला जेलमा राखिरहनु भनेको नेपालका अन्य भाषाका कविहरूलाई स्वतः अपमानित गरिरहनु हो। जुन कुरा स्वयम् ती कविहरू चाहन्थे होलान् भन्ने मलाई लाग्दैन। प्रतिस्पर्धाका आधारमा पुग्नै नसकिने पदवीहरू, स्वविवेकीय पदवीहरू र निश्चित जात, धर्म र वंशका आधारमा प्राप्त हुने मानसम्मान भनेका सामन्तवादी संरचना नै हुन्।
जीवित हुँदै पदवी पाउने ती कविले इन्कार गर्नुपर्थ्यो तर त्यतिबेलाको चेतनाले सम्भव भएन होला तर सामन्तवादबाट राजनीतिमा मुक्त भएको र संस्कृतिमा समेत मुक्ति चाहने हामीले हाम्रा स्रष्टाहरूलाई ती सामन्तवादी पदवीका जेलबाट निकाल्नै पर्दछ भन्ने मलाई लाग्दछ। पुँजीवादी समाजमा संस्थागत निर्णय गरेर नै त यस्ता पद सामान्यतया बाँड्ने गरिन्न तर बोलीचालीमा प्रयोग भने गर्ने गरिन्छ। नारायण गोपाललाई ’स्वर सम्राट’ भन्नु अनि छोरालाई ‘मेरो राजा’ र छोरीलाई ‘मेरो छोरो’ जस्ता शब्दहरूको प्रयोग वास्तवमा सामन्तवादी सोचकै अवशेषहरू हुन्।अर्को्तिर पुँजीवादमा व्यापारिक संस्थाहरू र तिनका योजनाकारहरूले खास व्यक्तिको प्रतिभा वा खास चिजलाई विलक्षणीकरण गरेर त्यसलाई व्यापारिक मालमा रूपान्तरण गरेर व्यापार बढाउन पनि यस्ता विशेष परिचयहरू योजनाबद्ध रूपमा निर्माण गर्ने गरेका छन्। त्यो चाहिँ विज्ञापनको एउटा तरिका बाहेक अरु केही होइन। जस्तैः राजेश हमाल ‘महानायक’, अमिताभ बच्चन ‘बिग बि’, शाहरूख खान ‘किङ खान’ अनि विश्व सुन्दरी, नेपाल सुन्दरी आदि–इत्यादि। यस्ता प्रचार वास्तवमा एउटा भ्रम सिर्जना गरेर व्यापार बढाउन नै गरिएको हुन्छ भन्ने प्रष्ट छ। साँचो कवि यस्ता भ्रमहरूबाट जोगिनु आवश्यक छ।
दुई, एउटा कविले त्यो दिनसम्म मात्र कविता लेख्नु ठीक हुन्छ, जुन दिनसम्म उसले कम्तिमा आफ्नै पुराना स्तरीय कविता सरहका कविता लेखिरहन्छ, सकेसम्म स्तर बढेकै हुनुपर्छ। जुन दिन आफ्नै स्तरमा ह्रास भएको प्रष्ट लाग्न थाल्दछ, त्यसपछि कविता लेख्न छोड्न र अन्य उपयुक्त क्षेत्रमा काममा लाग्नु वेश हुन्छ। दाँत माझेजस्तो, मुख धोए जस्तो सहजवृत्ति कविता सिर्जनालाई बनाउनु कदापी ठीक कुरा होइन। प्रत्येक कवि लेखकले आफ्नो धेरै कुरा ध्वस्त भए पनि आफ्नो काँध भने मजबुत बनाउनु जरूरी छ, ताकि नयाँ पुस्ताले त्यसमा चढेर टाढासम्म देख्न सकोस्, लामो यात्रा तय गर्न सकोस्! मजबुत काँध भनेको मेरो अर्थमा सही दृष्टिकोण नै हो।
(साङ्ग्रिला बुक्सबाट प्रकाशित आहुतिको कवितासंग्रह ‘गहुँगोरो अफ्रिका’ मा संग्रहित लेखको सम्पादित अंश।)
(स्रोत ः सेतोपाटीको साहित्यपाटीबाट)

Post a Comment