0
गोल्डेन न्यूज संवाददाता
महिन्द्रा कम्पनीका गाडीहरुको पोखरामा नयाँ शोरुम सञ्चालनमा आएको छ । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको नेपालको आधिकारिक वितरक अग्नि इनकरपोरेटेड प्रालि र गण्डकी धौलागिरी क्षेत्रको वितरक बतास बद्रर्श प्रालिले बुधवारदेखि उत्तमचोकमा नयाँ शोरुम शुभारम्भ सहित टियुभी ३०० र केयुभि १०० मोडलका गाडीको विक्री सुरु गरेको छ । अग्नि इनकर्पोरेटेडका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशनका भाईस प्रेसीडेन्ट हेड सञ्जय ज्यादवले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् । कार्यक्रममा वोल्दै ज्यादवले महिन्द्रा कम्पनीका गाडीहरु आरामदायी रहेको र नेपाली वाटोका लागि उपयुक्त रहेको बताए । आधुनिक शोरुम सञ्चालनमा आएपछि यस क्षेत्रमा कम्पनीले दिने सेवा स्तरिय तथा गुणात्मक हुने भनाई उनको थियो। कार्यक्रममा बतास अर्गनाईजेशनका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शान्तराज बतास तथा कार्यकारी निर्देशक प्रमेश पराजुलीले बोलेका थिए । पोखरामा विक्री सुरुवात गरिएको महिन्द्रा टियूभी ३०० गाडी टफ, बोल्ड र स्टाइलिश हुनाले पनि नेपालमा यसको उपयोगिता र माग दुवै राम्रो हुने विश्वास कम्पनीको रहेको छ । टियूभी ३०० भारतको एकमात्र एसयूभी भएको र यसमा अटोसिफ्ट अटोमेटेड म्यानुअल ट्रान्समिसन टेक्नोलोजी (एमएमटी)को कारणले यो गाडी चलाउन निकै आरामदायी तथा सहज हुने दावी कम्पनीको छ । यसले १८.४९ कि.मि. प्रति लिटर माइलेज दिने दावी गरिएको छ । यस एसयूभीको प्रारम्भिक मूल्य टिफोरको लागि ३५ लाख ९५ हजार, टि सिक्सको लागि ३८ लाख ९५ हजार तथा टिऐटको लागि ४४ लाख ९५ हजार रुपैयाँ रहेको छ । त्यसैगरि त्यसैगरि महिन्द्रा केयुभी १०० पनि नेपाली बजारमा भित्रिएको दुई महिनामै लोकप्रिय वनेको बताईन्छ । ‘दी योङ एसयुभी’ भनिने यो गाडीले स्पोर्टस गाडी चढ्न चाहाने उपभोक्तालाई आकर्षित गरेको कार्यक्रममा जानकारी दिईयो । यसमा ११९८ सीसीको इन्जिन रहेको केयुभी डिजेल र पेट्रोल दुबै अप्सनमा नेपालमा उपलब्ध छ रहेको र  माइलेज यसको पेट्रोल इन्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इन्जिनले २५ किलोमिटर दिने दावी कम्पनीको छ । केयुभी १०० विभिन्न ७ आकर्षक रङमा उपलब्ध छ । नेपाली बजारमा पेट्रोल इन्जिनमा ४ र डिजेल इन्जिनमा ३ भेरियन्टमा उपलव्ध रहेको अग्नि इनकर्पोरेटडका मार्केटिङ एक्ज्युकेटिभ सिजन न्यौपानेले जानकारी दिए । पेट्रोल इन्जिनको मूल्य २४ लाख ९५ हजारबाट सुरु भई फुलअप्सनको ३१ लाख ९५ हजार रुपैयाँ रहेको  र डिजेल इन्जिनमा ३१ लाख ४५ हजारबाट सुरुभइ फुल अप्सनको ३६ लाख ४५ हजार रहेको न्यौपानेले वताए । पोखरामा १५ वटा केयुभि १०० बुकिङ्ग भएको र २ वटा विक्री गरिएको कार्यक्रममा जानकारी दिईएको थियो ।





Post a Comment

 
Top