0
गोल्डेन न्यूज संवाददाता
पोखरा रगंशालाको एथ्लेटिक्स ट्रयाक मर्मत कार्य सुरु भएको छ । ट्रयाक जीर्ण भएपछि मर्मत कार्य सुरु गरिएको हो । पोखरा रगंशालाभित्रै रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति मार्फत बजेट आएपछि मर्मत कार्य सुरु भएको पश्चिमाञ्चल अध्यक्ष खगराज पौडेलले बताए । करिव २६ लाख रुपैयाँको लागतमा मर्मत कार्य सुरु गरिएकोे अध्यक्ष पौडेलले  जानकारी दिए । पोखरा रगंशालाको फुटबल मैदान वरिपरी रहेको ५ सय मिटरको ट्रयाकमा सुर्की (इट्टाको धुलो) हाल्ने काम सुरु भएको हो । ट्रयाकमा पानी जमेर दौडन समस्या हुदै आएको थियो । गत महिना सम्पन्न आठांै राष्ट्रपति रनिङ्ग शिल्डमा पानी जमेर दौडने क्रममा विद्यार्थी घाइते समेत भएका थिए । त्यस्तै पोखरा रगंशालामा शौचालय निर्माण समेत भैरहेको छ ।  सार्वजनीक शौचालय नहुदाँ रगंशााला पुग्नेहरु झाडी खोज्दै हिंडनुपर्ने अवस्था थियो । विहान बेलुका प्रशिक्षणका लागि पुग्ने खेलाडीहरु शौचालय नहुदाँ समस्यामा पर्ने गरेको गुनासोपछि पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिले रगंशालाभित्र सार्वजनिक शौचालय निर्माण गरेको हो । १० लाखको लागतमा शौचालय निर्माण भैरहेको उनले  बताए । रगंशालामा फुटबल, ब्याडमिण्डन र टेनिसले कोटमा शौचालयको ब्यवस्था भएपनि सवैले प्रयोगग गर्न नपाउने भएकाले सेतीको डिल र झयाङ खोज्दै लुकेर शौच गर्नुपर्ने अवस्था रहेको छ ।



Post a Comment

 
Top