0
पोखरा उप–महानगरपालिका वडा नं. १२ शितलादेवीस्थित शितलादेवी उच्च माविमा विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत माविस्तरीय कविता प्रतियोगिता, प्रावि स्तरीय श्रुतिलेखन र पूर्व प्राविस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको हो । माविस्तरीय कविता प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा ८ की अभिरुची लम्साल प्रथम हुन सफल भइन । यस्तै कक्षा ९ (ए) का प्रवेश बाँस्तोला द्वितीय, कक्षा ८ की विनिता क्षेत्री तृतीय हुन सफल भए भने कक्षा ९ (बी) का विशाल भट्टराईले सान्त्वना स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा संकल्प बराल, अजय बराल, उषा खतिवडा, आशिष पौडेल, विश्व देवकोटा, दिवश सुवेदी, प्रतिक्षा बाँस्तोला र स्मित गुरुङले सहभागिता जनाएका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बोधराज गौतमको अध्यक्षतमा भएको कार्यक्रममा विकाश न्यौपाने, दुर्गा प्रसाद सुवेदी र शर्मिला पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको संचालन विद्यार्थी विक्रम सुवेदीले गरेका थिए । यसैगरी प्राविस्तरीय श्रुतिलेखन प्रतियोगितामा ग्रीन हाउस सदन तथा कक्षा २ का दिनेश बुढामगर विल्यु सदन तथा कक्षा ३ की अनिषा पौडेल, र कक्षा ४ का शैलेष गुरुङ र कक्षा ५ ग्रीन हाउसका अनिष राइ सहभागी थिए । यसैगरी पूर्व प्रावितह स्तरीय नृत्य प्रतियोगितामा नर्सरीका कृशल लामिछाने र अस्मिता चाउ, एलकेजीका अस्मिता गुरुङ र प्रिन्स भुर्तेल, प्रज्ञा अधिकारी र अन्जली रेग्मीका साथै कक्षा १ का सुहन गुरुङ र निश्चल सुनार सहभागी भएको विद्यालय शिक्षिका टीकादेवी बरालले जानकारी दिइन ।







Post a Comment

 
Top