0
गोल्डेन न्यूज संवाददाता
विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दका कारण देशभरका नागरिकले सास्ती खेप्नुप¥यो । बन्दको कारण यातायातको साधन निर्वाध संचालनमा आउन नसक्दा गन्तब्यमा पुग्नुपर्ने यात्रुहरु मारमा परे । बन्दको प्रभाव पोखरा लगायत मुलुकभर प¥यो । पोखराका अधिकांश बजार बिहानदेखि दिनभरी सुनसान रहेपनि साँझ ५ बजेपछि बन्द खुलेसंगै चहल–पहल भएको थियो । बन्द खुलेपछि लामो तथा छोटो दुरीका गाडीहरु संचालनमा आएको थियो ।
 बिहीबार पोखरा र लेखनाथमा क्षेत्रमा बन्द गराउँदै हिंडेका नेकपा माओवादीका पक्राउ परेका ४२ जना नेता तथा कार्याकर्तालाई वन्द खुलेसंगै रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा र लेखनाथ क्षेत्रमा जवरजस्ती बन्द गराउँदै हिंडेका ४२ जना नेता कार्यकर्तालाई साँझ  ५ बजेपछि छाडिएको कास्कीका प्रहरी निरीक्षक गणेश वमले जानकारी दिए । नेकपा माओवादी क्षेत्र नम्बर १ का ईन्चार्ज गोकुल पराजुली, क्षेत्र नम्बर ४ का इन्चार्ज सुजन विक सहितका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले पोखराको महेन्द्रपुल, शिवालयचोक, लेखनाथको शिशुवा, तालचोक लगायतका क्षेत्रबाट पक्राउ गरेको थियो । विभिन्न आन्दोलनको क्रममा प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्नुका साथै कालोबजारी, भष्टचार, महङगीको बिरुद्धमा विप्लव नेतृत्वको नेकपा माओवादीले बिहीबार नेपाल बन्द आह्वान गरेको हो । बिहानैदेखि प्रहरीले बन्द कर्ता पक्राउ गरेपनि बजार र सडकमा सवारी साधनहरु संचालन हुन सकेनन । फाट्ट–फुट्ट रुपमा केही किराना, चिया पसलहरु आधा सटर खोलेर संचालन भएका थिए । बन्दका कारण पोखरामा लामो तथा छोटो दुरीका सार्वजनिक भाडाका सवारी साधन संचालन भएनन् भने यहाँका उद्योग कल कारखाना शैक्षिक संघ–संस्था, बैंक तथा वित्तिय संस्थाहरु, पसलहरु अधिकांश बन्द रहे । बन्दमा एम्वुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई संचालन भएका थिए भने पर्यटक तथा कुटनीतिक नियोगका सवारी साधन संचालन भए । बन्दका दिन पोखराबाट करिब २४ वटा हरियो प्लेटका पर्यटक सवारी साधनहरु काठमाडौं गएको र काठमाडौंबाट पनि उत्तिकै सङख्यामा पोखरा आएको बताइन्छ । साँझ वेलुका ५ बजेपछि पृथ्बीराजमार्ग वस संचालक समितिद्वारा संचालित लामो तथा छोटो दुरीका बसहरु संचालन भएको समितिका महासचिव योगेन्द्र बहादुर केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यता, नेकपा माओवादीका गण्डकीका ईञ्चार्ज सावित्री दुराले पक्राउ परेका आफ्ना नेता तथा कर्याकर्ताहरु अविलम्ब रिहा गर्न माग गरेकी थिइन । बन्दको क्रममा प्रहरीले दमन गरेको बिरुद्ध आफूहरुको ध्यानाकषर्ण भएको उनले बताईन । डाँडाकोनाक क्षेत्रमा रतन परियारलाई प्रहरीले हात खुट्टामा लाठी प्रहार गरी कुटपिट गरेको दुराले आरोप लगाइन। यसैबीच विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दबिरुद्ध पोखरामा प्रदर्शन भएको छ । परिवर्तनका लागि युवा र सामाजिक सञ्जाल फेसबुक ग्रुपको मेन्सरुम रिलोडेड नामक संस्थाको संयुक्त आयोजनामा बन्दबिरुद्ध प्रदर्शन गरिएको हो । नेपाल सधैं खुल्ला छ भन्दै युवाहरुले मोटरसाइकल ¥यालीसमेत निकालेका थिए । पोखराको महेन्द्रपुलबाट शुरु भएको र्रुयाली पालिखेचोक, तेर्सापट्टी, भैरबटोल, सिद्धार्थचोक, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नयाँबजार हुँदै पुनः महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै परिवर्तनका लागि युवा संस्थाका अध्यक्ष सरोज कोइरालाले बन्द सहेर बस्दा देशै बिग्रन लागेकाले आफूहरुले हिम्मत जुटाएर कार्यक्रम गर्नुपरेको बताए । उनले यो वा त्यो बहानामा बन्द हुँदा देश नै खत्तम हुन लागेको भन्दै आगामी दिनमा जुनसुकै पार्टी, संगठन वा संस्थाले गरेको बन्दबिरुद्ध पनि कार्यक्रम गर्ने बताए । कार्यक्रममा युवाहरु सरिता पुरी, शुसन घिमिरे, विश्वदर्शन पराजुली लगायतले बन्दबिरुद्ध युवाहरुले आवाज उठाउनुपर्नेमा जोड दिए । सहेर बस्दाबस्दै देशको अवस्था जर्जर बनेको र अबपनि बसे भविष्य अन्धकारमय हुने चेतावनी दिँदै उनीहरुले बन्दको सबै मिलेर प्रतिकार गर्नुपर्ने बताए । ¥यालीमा करिब ४०÷४५ जना युवाहरु सहभागी थिए । पहिलोपटक आयोजना भएकाले सहभागिता कम भएपनि आगामी दिनमा बन्दबिरुद्ध आयोजना हुने कार्यक्रममा पोखरेलीको साथ रहने उनीहरुले विश्वास व्यक्त गरे । यसैगरी यसैबीच पोखरा उद्योग वाणिज्य संघले  नेपाल कम्युनिष्ट पार्टी माओवादीद्वारा आह्वान भएको आम हड्तालले पारेको प्रतिकुल प्रभावप्रति चिन्ता जाहेर गर्दै आफू सबैखाले बन्दको विपक्षमा रहेको जनाएको छ। संघका अध्यक्ष बिन्दुकुमार थापाद्वारा बिहीबार जारी विज्ञप्तिमा आम हड्तालले देशको समग्र आर्थिक क्षेत्रलाई प्रतिकुल प्रभाव पारेको र व्यवसायीको स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकार हनन भएको उल्लेख गरिएको छ । एक दिनको बन्द र हड्ताल जस्ता कार्यक्रमले नेपालको अर्थतन्त्रमा २ अर्वभन्दा बढीको क्षति पु¥याउँदै आएको जनाउँदै विज्ञप्तिमा अगाडि भनिएको छ– उद्योग ब्यवसायसँग अर्थतन्त्रको संवेदनशीलता जोडिएको हुन्छ । अर्थतन्त्रको संवेदनशीलता लोकतन्त्रसँग जोडिएको हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै असहमति जाहेर गर्न पाउनु हो । तर, सहमतिको लागि दवाब दिने भन्दै आह्वान भएको आम हड्तालजस्तो कार्यक्रमप्रति भने हाम्रो विमति रहन्छ र रहँदै आएको पनि छ ।’ संघले अब आइन्दा बिरोध जनाउनको लागि बन्दजस्तो अप्रिय निर्णय नलिन हामी सम्बन्धित पक्षसँग जोडदार माग गदै आम हड्तालको प्रतिकारमा पोखरामा युथ फर चेञ्ज नामक युवाहरुको संस्था लगायत अन्य विभिन्न समूहहरुबाट स्वतः स्फूर्त रुपले आयोजना भएको ‘अवज्ञा’ अभियानलाई स्वागत र समर्थन समेत गरेकामे छ । यसैगरी  पोखरा उद्योग वाणिज्य संघले अब आइन्दा  जुनसुकै समूहबाट आयोजना हुने  सबै खाले बन्दको भद्र अवज्ञा अभियानको  नेतृत्वको लागि तयार रहेको जानकारी समेत गराएको छ ।

Post a Comment

 
Top