गोल्डेन न्यूज संवाददाता
पर्यटन यातायात समिति पोखराको आयोजनामा तिखेढुङ्गा, नयाँपुल, घान्द्रुक ट्याक्सी व्यबसायी समितिसंगको विवादको बारेमा विरेठाँटी कास्कीमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पर्यटन परिषद्का सदस्य बासुदेव त्रिपाठीले अहिलेको समस्या सानो र हामीले नै समाधान गर्न सकिने भएको बताए । नेतृत्व गर्ने मानिस बसेर समस्याको छिटो समाधान गर्नुपनेर्, बम्बु भन्ने स्थानमा पुल हालेर मर्दि हिमाल, अन्नपूर्ण बेसक्याम्पमा पुग्ने नयाँ ट्रकिङ रुट बनाउनुपर्नेमा त्रिपाठीको जोड थियो । सो अवसरमा नेपाल पर्यटन यातायात पोखराका संस्थापक अध्यक्ष तथा सल्लाहकार मदन खनालले आन्तरिक समस्याले गर्दा स्वदेशी तथा विदेशी पर्यटक घटेको बताए। नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सूर्य थपलियाले हरियो नं.प्लोट भएको गाडी देशको सम्पूर्ण ठाउँमा लैजान पाउने भएकोले नेपालमा सिन्डिकेट हटिसकेको भनाई राखेका थिए । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक मोहनबहादुर खाँडले पर्यटकलाई सर्लसुलभ सेवा दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका थिए । स्थानीय व्यवसायी भिमलाल सुबेदीले यातायातको निश्चित शुल्क र जनतालाई सेवा दिने यातायात गुडाउन आग्रह गरे । पर्यटन व्यबसायी कलाधर बाँस्तोलाले दशौं वर्ष अगाडिदेखिको समस्या नसुल्झिएकोमा चिन्ता व्यक्त गरेका थिए । गाउँ पर्यटन प्रबद्र्धन मञ्च कास्कीका अध्यक्ष तारानाथ पाहारीले पोखराबाट आएका पर्यटन सवारीले निर्वाद रुपमा पर्यटक उठाउन पाउनुपर्नेमा जोड दिएका थिए । पर्यटन यातायात समिति पोखराका अध्यक्ष बोबरजंग गुरुङले यस्तो ब्यबहारबाट पर्यटन उद्योगमा नराम्रो छाप परेकोे तितो अनुभव भएको बताउँदै दुःख व्यक्त गरेका थिए । समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव नवराज अधिकारीले र स्वागत उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेशबहादुर खत्रीले गरेका थिए ।
Post a Comment