0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा आयोजना गरिएको पत्रकारका लागि सुरक्षा तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिम जेठ २७ गतेदेखि तनहुँको बन्दीपुरमा शुरु गरिएको छ । तालिमको उद्घाटन गर्दै नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका सञ्चार विज्ञ मातृका पौडेलले पत्रकारको पेशागत सुरक्षा र क्षमता अभिवृद्धि गर्ने गरी सरकारले सञ्चार नीतिको तर्जुमा गरेको बताए । उनले पत्रकारहरुमाथि समाचारको विषयलाई लिएर भन्दापनि व्यक्तिगत कारणले आक्रमण हुने गरेको बताउँदै पेशालाई मर्यादित बनाउनका लागि आचार संहिताको पालना गरिनु पर्नेमा जोड दिए । मिडिया अनुसन्धानकर्ता अनिल थापाले पछिल्लो समय पत्रकारिता प्रतिको आक्रर्षण बढ्दै गएकोले पेशागत सुरक्षाको सुनिश्चिता हुने गरी काम सरकारले नीति तर्जुमा गर्नु पर्ने बताए । दुई दिनसम्म सञ्चालन हुने तालिममा राष्ट्रिय मानवअधिकार आयोग पोखराकी निमित्त निर्देशक सम्झना शर्मा, सञ्चारविज्ञ मातृका पौडेल, मिडिया अनुसन्धानकर्ता अनिल थापा, इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, इन्सेक पोखराका प्रलेख अधिकृत टंक खनालले मानवअधिकार, मानवअधिकार रक्षक र रक्षकका चूनौतिहरु, संविधान, सूचनाको हक, सञ्चार नीति तथा श्रमजीवि पत्रकार ऐन, मानवअधिकार र सञ्चार, समाचार लेखन तथा मानवअधिकार खोजमुलक पत्रकारिता,पत्रकार आचार संहिता र सुरक्षा सवाल,मानवअधिकार अनुगमन तथा अभिलेखिकरण लगातयका विषयमा सहजीकरण गरिएको छ । इन्सेका क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्सेक पोखराका प्रलेख अधिकृत टंक खनालले गरेका थिए । वैठकमा कास्की, तनहुँ,गोरखा, लम्जुङ, स्याङ्जा, बाग्लुङ,म्याग्दी जिल्लामा क्रियाशील २० जना पत्रकार सहभागी छन् ।









Post a Comment

 
Top