0
नेपाल तरुण दल कास्कीको चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं महाधिवेशन प्रतिनिधिहरु को सोमबार पदस्थापना गरिएको छ। सोमबार आयोजित कार्यक्रममा कास्की काङ्ग्रेसका सभापति कृष्ण के.सी, नेपाल तरुण दलका कार्यबाहक सभापति जन्मजय तिमिल्सिना र निर्वाचन अधिकृत रोहितराज बाँस्तोलाले उनीहरुलाई पदस्थापन गराएको कास्की काङग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए। जेठ १६ गतेको अधिवेशनले मनोज गुरुङको अध्यक्षता नयाँ कार्य समिति चयन गर्नुको साथै महाधिवेशन प्रतिनिधिहरु निर्वा्चित गरेको थियो। कार्यक्रममा बोल्दै कास्की काङ्ग्रेसका सभापति कृष्ण के.सीले अनुशासित र मर्या्दित भएर अघि बढ्न युवाहरुलाई आग्रह गरे। उनले युवालाई पार्टीले महत्वपूर्णं भूमिका दिने उल्लेख गरे। नेपाल तरुण दलका कार्यबाहक सभापति जन्मजय तिमिल्सिनाले समाज परिवर्तन गर्न सक्ने र युग सुहाउँदो वीचार दिन सक्ने नै युवा भएको बताए। कार्यक्रममा काङ्ग्रेसका नेता सोभियतबहादुर अधिकारी, तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्ले, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, नेपाली काङ्ग्रेस कास्कीका उपसभापति हरि आचार्य, जिल्ला सदस्य भोजबहादुर गुरुङ र तरुण दल कास्कीका पूर्व सभापति दिवसमान प्रधानाङ्गले बोलेका थिए। निर्वाचन अधिकृत रोहितराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तरुण दलका महाधिवेशन प्रतिनिधि शंकर ढुङ्गानाले गरेका थिए।

Post a Comment

 
Top