0
गोल्डेन न्यूज संवाददाता
मिलिजुली ब्याटमिन्टन प्रतियोगिता–२०७३ को संस्करण शनिबार पोखरा बगालेटोलस्थित सोपाल हलमा सम्पन्न भएको छ । तमु समाज तथा समाजका ब्याटमिन्टन खेलप्रेमीहरु बीच सद्भाव भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले प्रत्यक वर्ष सोपाल तमु समाज पोखराले प्रतियोगिता आयोजना गर्दै आएको छ । कुल ३६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रदिप लम्साल र अमृत पोख्रेलको जोडी प्रथम, राजकुमार गुरुङ र बिष्णु गौतमको जोडी द्वितीय तथा जनक प्रधान र खेम केसीको जोडी तेश्रो हुन सफल भयो । कडा प्रतिस्पर्धात्मक फाइनल खेलमा लम्साल र पोख्रेलको जोडीले गुरुङ र गौतमको जोडीलाई २१–१६, १८–२० र २०–१८ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा नव खेलाडीहरुलाई पनि प्रोत्साहन गर्नका लागि खेलाईएको प्रदर्शनी खेलमा देउ बहादुर गुरुङ र कुमारी गुरुङको जोडीले भिम गुरुङ र छवी सुबेदीको जोडीलाई २०–१८,१४–२० र २०–१६ को सेटमा पराजित ग¥यो । कार्यक्रममा समाजलाई ब्याटमिन्टनको जिन्सी सामान प्रदान गरेकोमा जगदिश गुरुङलाई सम्मान गरिएको थियो । प्रतियोगितको ट्रफिहरुको प्रायोजन सोपाल तमु समाज पोखराका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले गरेका थिए । प्रतियोगिताका बिजेता खेलाडीहरुलाई जानकी गुरुङ,  होम कुमारी गुरुङ र ट्रफी प्रायोजक तथा समाजका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले खादा लगाइ ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए । समाजका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रमको संचालन साबित्री गुरुङले गरेकी थिइन ।





Post a Comment

 
Top