0
गोल्डेन न्यूज संवाददाता
पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निकाय र प्रादेशिक चुनावका लागि वर्तमान सरकारको नियत प्रष्ट नभएको बताएका छन् । ‘गणतन्त्र संस्थागत गर्नका लागि स्थानीय निकाय र प्रादेशिक निर्वाचन आवश्यक छ । तर, अहिलेको सरकारको नियत चुनाव गराउने देखिएको छैन,’ आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनको क्रममा निर्वाचन नगराई मुलुकको प्रान्तीय संरचना दिगो नहुने भनाइ राख्दै उनले भने,–‘सरकारले पुनःसंरचना आयोगको म्याद घटाउनु प¥यो कि चुनाव गराउनु प¥यो । दुवै नगरी सरकारले अहिले जनतालाई धोका दिने काम गरिरहेको छ । गाउँ–नगर चुनाव नभइ राष्ट्रिय सभाको चुनाव हुन नसक्ने भएकाले वर्तमान सरकारले कुरामात्रै ठूलो गरेर आन्तरिक तयारी नै नथालेको उनले आरोप लगाए । पार्टी सभापति भएपछि पहिलोपटक पोखरा आएका उनले भने–‘संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन जरुरी छ, त्यसको तयारी नै गरिएन भने सरकारको नियत संविधान कार्यान्वयन होस् भन्नेमा कहाँ देखियो ।’  संविधानको मर्मअनुसार संघीय संरचना घोषणा गर्दैमा मात्रै कार्यान्वयनमा नआउने बताएका उनले स्थानीय निकाय निर्वाचन नभएसम्म प्रान्तीय संरचनामा मुलुक नपुग्ने भनाइ राखे । विपक्षी र ठूलो दलको नाताले नयाँ संविधान कार्यान्वयन गराउन कांग्रेस गम्भीर रहेको बताए । लोकतान्त्रिक गणतन्त्र स्थापनाको दिशामा नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ,’ उनले भने,–‘यसका लागि कांग्रेस चुप लागेर बस्दैन ।’ बजेटको प्रसंगमा उनले हालै सार्वजनिक बजेटमा एमालेले मनपरी गरेको आरोप लगाए । कांग्रेसले राष्ट्रिय ढुकुटी जोगाउने, एमालेले लुटाउने गरि बजेट ल्यायो,’ उनले भने,–‘कांग्रेसले नजोगाएको भए कार्यकर्तासम्म लुटाउने गरि कसरी यो सरकारले बजेट ल्याउन सक्थ्यो ।’ मुलुकको अर्थतन्त्रलाई दीर्घकालसम्म दिगो राख्नका लागि जुनसुकै दलका सरकारले पछिसम्मको बाटो हेरेरमात्रै नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले बताए । उनले प्रश्न गर्दै भने–‘एउटाले जोगाउने अर्कोले लुटाउने गरेपछि अर्को सरकार आउँदा हुने नोक्सानी कसले उठाउँछ ?’ नेपालका प्रत्येक परिवर्तनका संघर्षमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उनले प्रजातन्त्रलाई सुदृढीकरण र बचाउनका लागि काँग्रेको जिम्मेवारी महत्वपूर्ण रहेको जिकिर गरे । “चाहे २००७ सालको परिवर्तन, २०४६ सालको जनआन्दोलन, २०६२÷६३ लगायत का प्रत्येक आन्दोलनको अगुवाई काँग्रेसले गरेको हो,” उनले भने–‘काँग्रसकै नेतृत्वमा राजतन्त्रको अन्त्य हुँदै संविधानसभाबाट देशले नयाँ संंविधान पाएको छ ।” संविधानको कार्यान्वयनका लागि पनि काँग्रेसकै दायित्व र भूमिका रहनेमा उनको दावी थियो । यसैगरी अर्को एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकारलाई आफूले बचाउन नसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी स्व.दयाशंकर पालिखेको परिवारद्वारा स्थापित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२’ प्रदान समारोहलाई आइतबार पोखरामा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले प्रतिपक्षमा बसेको कांग्रेसले ओली सरकार बचाउन नसक्ने बताएका हुन् ।
कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसनेत्री एवं केन्द्रीय सदस्य सुजाता कोइरालाले सुशिल कोइराला नेतृत्वमा रहेको सरकारले नयाँ संविधान जारी गरेकाले कार्यान्वयन को तहमा कांग्रेसको जिम्मा ठूलो भएको बताइन् । उनले भनिन्–‘यसका लागि पार्टी सभापतिले गुटबन्दी अन्त्य गर्नुपर्छ । जुनसुकै गुटले जे भनेपनि अन्तिम निर्णय पार्टी सभापतिको हुने भएकाले समयसापेक्ष निर्णय गरेर अघि जान सक्नुपर्छ ।’ कांग्रेसलाई विदेशीको प्रभाव पर्ने गरेको आरोप लाग्ने गरेकाले संविधानका पक्षमा अडान जरुरी रहेको उनले बताइन । उनले ‘संविधानको विपक्षमा बोल्ने जो कोहीलाई पार्टीले कारवाही गरेर जान सक्नुपर्छ,’ उनले भनिन् ‘कांग्रेसले अब स्थानीय निकाय चुनाव हुनैपर्छ भन्ने अडान लिएर अघि बढ्नुपर्छ ।’ जुनसुकै एजेण्डामा विरोधका लागि विरोध गर्नेभन्दा पनि मुलुकको हितको सवाललाई सर्वोपरि मानिनुको विकल्प नभएको उनले बताइन् ।
कार्यक्रममा कांग्रेसका नेता बालकृष्ण खाँडले वर्तमान सरकार कांग्रेसलाई पन्छाएर अघि बढ्न खोजेको देखिएकाले एकांकी पाराले संविधानको कार्यादेश पुरा हुन नसक्ने बताए । उनले भने–‘बजेट पनि अहिलेको सरकारले पूँजीपति पाराको ल्याएको छ । तलब बढ्दा नहुनेको धेरै र हुनेको ठिक्क बढ्नुपर्नेमा सबैको एकैनासले बढाइनु पूँजीपति पारा हो ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने बताए । अर्का केन्द्रीय सदस्य जीवन परियारले देशका विद्यमान समस्याको समाधानमा वर्तमान सरकार तत्पर नदेखिएको बताउँदै सबै किसिमका समस्याको समाधान काँग्रेसले मात्र गर्न सक्ने स्पष्ट पारे । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले १३ औं महाधिवेशनसँगै काँग्रेसमा गुट उपगुटको राजनीति समाप्त भएको र अबको नेपालको नेतृत्व गर्ने जिम्मेवारी पनि काँग्रेसको काँधमा आएको बताए । नेपाली काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले संविधानको कार्यान्वयन र विद्यमान समस्याको समाधानका लागि नेपाली जनताले काँग्रेसको नेतृत्व अपेक्षा गरेको स्पष्ट पारे ।
यसैबीच नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित ‘दयाशङ्कर पालिखे स्मृति राष्टिूय पत्रकारिता पुरस्कार’ पत्रकार रमेश पौडेललाई प्रदान गरिएको छ ।
महासंघद्वारा आइतबार पोखरामा आयोजित एक कार्यक्रममा नेपाली काँग्रसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता देउवाले श्रमजीवी पत्रकार ऐन लागू गर्न आपूmले प्रयास गर्ने आश्वासन उनले दिए । नेपाल उद्योग वाणिज्य महासंका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रजातन्त्रका सेनानी स्व पालिखे र प्रतिभा छनोट समितिका सदस्य पुण्य पौडेलले पुरस्कृत व्यक्तित्वको जीवनीमाथि प्रकाश पारेका थिए । प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ र साथमा सम्मानपत्र रहेको छ । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी., सम्मानित व्यक्तित्व रमेश पौडेल, नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य शुष्मा पौडेल, राजकाजी गुरुङ, परिवारको तर्फबाट सुनयना पालिखे लगायतले आ आफना धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका सभापति रामकृष्ण ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव त्रिभुवन पौडेलले गरेका थिए ।
यसैबीच राष्ट्रिय पर्यटन व्यवसायी संघले कांग्रेस सभापति शेरबहादुर देउवालाई आइतबार यहाँ स्वागत गरेको छ । सभापति भएपछि पहिलो पटक पोखरा आएका देउवालाई प्रजातन्त्रवादी पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । सभापति देउवालाइ स्वागत गर्न आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले पार्टीले पर्यटन क्षेत्रलाई विशेष महत्व दिनुपर्ने बताए । कार्यक्रममा संयोजक सोमबहादुर थापाले पर्यटन क्षेत्रको विकासको लागि पार्टीले महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताए । उनले कांग्रेसले पर्यटन मन्त्रालय सम्हाल्दा पनि पर्यटन क्षेत्रलाई वेवास्ता गरेकोले आगामि दिनमा पर्यटन मैत्री भूमिका निभाउनुपर्ने बताए ।
‘पर्यटन क्षेत्रमा पार्टीको सहयोग भएको खण्डमा यसले व्यवसाय अगाडि बढाउन सघाउँछ,’–उनले भने । कार्यक्रममा सभापति देउवाले आगामि दिनमा पार्टीले पर्यटन क्षेत्रका लागि विशेष ध्यान दिने प्रतिवद्धता जनाए । ‘कांग्रेसले पर्यटन व्यवसायीलाई आगामि दिनमा महत्वका साथ सघाउनेछ,’ उनले भने,–‘पर्यटन व्यवसायीसँग सहकार्य गर्न पार्टी जहिल्यै तयार छ ।’ आगामि दिनमा पार्टी र व्यवसायीबीचको सम्बन्ध अझै मजबुत हुनेमा विश्वस्त हुन देउवाले व्यवसायीलाइ आग्रह गरे । कार्यक्रममा सहसंयोजक बलराम गिरीले पर्यटन क्षेत्रमा पार्टीको भूमिका बलियो हुँदा व्यवसायलाई सघाउ पुग्ने बताए ।
उनले भने–‘सत्ता साझेदार माओवादी केन्द्रले सहमति अनुसार राजिनामा माग्दैछ, उहाँकै पार्टी एमालेका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालले सरकार छाड्ने सहमति भएकै हो भनिरहनु भएको छ, यस्तो अवस्थामा हामी प्रतिपक्षी कांग्रेसले कसरी बचाउन सक्छौं र ?’ देउवाले ओली सरकारले स्थानीय निकायको चुनाव नगर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन् । स्थानीय निकाय पुनःसंरचना आयोगको म्याद नै फागुनसम्म भएको र त्यसले रिपोर्ट बुझाएपछि मात्रै चुनाव सम्भव हुने भएकाले त्यो भन्दा अघि चुनाव गर्ने सम्भावना न्यून हुँदा–हुँदै चुनाव गर्ने भनेर हल्ला गर्नु चुनाव नगर्ने षडयन्त्र भएको उनको बुझाई छ ।  पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्व गर्न तयार रहेको बताए । उनले भने,–‘संविधान कार्यान्वयन अहिलेको प्रमुख काम हो, कांग्रेस प्रतिपक्षमा बसेपनि यसका लागि सहयोग गर्छ, आवश्यक परेको खण्डमा कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन पनि तयार छ । वर्तमान सरकारमा रहेका दलहरु संविधान कार्यान्वयनका लागि गम्भीर देखिएनन् ।’ देउवाले राज्यको ढुकुटीमा कांग्रेसले जम्मा गरेको बजेट ओली सरकारले अनावश्यक रुपमा छरेको भन्दै बजेटप्रति असन्तुष्टी जनाए । उनले भने–‘कांग्रेसले सत्ता चलाउँदा बजेट संकलन गरेको थियो, अहिले ओली सरकारले त्यो बजेट जथाभावी छरिरहेको छ, यो गलत हो ।’

Post a Comment

 
Top