0
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकता महाधिवेशन आगामी माघमा हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महाधिवेशन माघमा गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका निम्ति पार्टी कामको कार्यतालिका र कार्यक्रमबारे पार्टी, जनवर्गीय सङ्गठन (जवस) र मोर्चाको एकता प्रक्रिया साउनभित्रमा सक्ने निर्णय पनि गरेको छ ।  त्यसैगरी, बैठकले पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण भदौ मसान्तसम्ममा, पार्टीको स्थानीय तहका कमिटीको सम्मेलन असोज मसान्तसम्ममा, जिल्ला सम्मेलन कात्तिक मसान्तसम्ममा, प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्ममा सक्ने र जिल्ला सम्मेलन पूर्वमहाधिवेशनका लागि दस्तावेजको मस्यौदा तयार गरी आन्तरिक छलफलमा जुट्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुषालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले विभागको विभाजन अन्तर्गत सङ्गठन विभाग तथा केन्द्रीय कार्यालय इन्चार्ज रामबहादुर थापा , स्कुल विभाग इन्चार्ज नारायणकाजी श्रेष्ठ, (सदस्य मणि थापा, लेखनाथ न्यौपाने) र आदिवासी जनजाति विभाग इन्चार्ज देव गुरुङ, (सदस्य गोपाल किराती र सुरेश आलेमगर) लाई तोकेको छ । त्यसैगरी, प्रचार विभाग इन्चार्ज पम्फा भुसाल, जलस्रोत विभाग इन्चार्ज लीलामणि पोख्रेल, उत्पादन तथा सहकारी र पर्यटन विभाग इन्चार्ज लोकेन्द्र विष्ट मगर र अनुशासन विभाग इन्चार्ज अमिक शेरचनलाई तोकिएको छ । बैठकले स्थानीय निकाय पुनःसंरचना समिति संयोजकमा देव गुरुङ, (सदस्यमा वर्षमान पुन, गोपाल किराती, विश्वभक्त दुलाल, उर्मिला अर्याल, हितमान शाक्य, प्रभु साह, गोमा कुँवर र जनक बुढ़ा) रहने निर्णय गरेको छ ।  मोर्चाको फ्याक्सन इन्चार्जको जिÞम्माअन्तर्गत मजदुर इन्चार्जमा जयपुरी घर्तिमगर, किसान र सुकुम्बासीमा हरिबोल गुजरेल, दलित इन्चार्जमा तिलक परियार, युवामा मणि थापा, विद्यार्थीमा हितमान शाक्य, सांस्कृतिकमा विश्वभक्त दुलाल, प्राध्यापकमा नारायण शर्मा र बुद्धीजीवी इन्चार्जमा दीनानाथ शर्मालाई जिम्मा दिएको छ । त्यस्तै शिक्षक इन्चार्जमा पुष्पविक्रम मल्ल, कर्मचारीमा कृष्णबहादुर महरा, कानुन व्यवसायीमा वर्षमान पुन, सहिद प्रतिष्ठानमा हितराज पाण्डे, स्वास्थ्यकर्मीमा अन्जना विसङ्खे, उद्योग, वाणिज्य र आपूर्तिमा कुलबहादुर केसी, कृषि प्राविधिकमा श्रीराम ढकाल (प्रशान्त) रहेका छन् । पूर्वजनमुक्ति सेना इन्चार्जमा चक्रपाणि खनाल, खेलकुदमा टोपबहादुर रायमाझी, भूपू सैनिकमा सुरेश आलेमगर, मधेसी मोर्चामा मातृका यादव, सेती(महाकाली मुक्तिमोर्चामा लेखराज भट्ट, कर्णाली मुक्तिमोर्चामा कालीबहादुर मल्ल र आदिवासी जनजाति महासङ्घ इन्चार्जमा देव गुरुङ, सहइन्चार्ज गोपाल किराती र सुरेश आलेमगर र पत्रकार सङ्घको इन्चार्जमा पम्फा भुसाल रहेका छन् । बैठकले प्रदेश इन्चार्ज तथा संयोजकसमेत जिम्मेवारी तोकेको छ ।








Post a Comment

 
Top