यतिखेर देशभर बजेटको चर्चा छ । संसदमा यसैको बहस छ । माननीयहरू र अमाननीयहरू पनि सबै बजेटको पक्ष र विपक्षमा विभाजित छन् । सर्वसाधारण पनि अरूले सुनाएका बजेटका बुँदाहरूमा चासो दिईरहेका छन् । सत्तासाझेदार साना दलहरू पनि मन कुँडाउँदै राम्रो बजेट आयो भन्न बाध्य छन् । अरू त अरू, राप्रपा नेपालको पनि भित्र भित्र हड्डी हाँसेको छ बाहिर लोकाचारको असन्तुष्टी पोख्छ । दलहरू मध्ये ‘हिरो’ बनेर एमालेले जुँगामा ताउ लगाउँदै छ । चुनावमा पहिलो दल बनेको काँग्रेस भने नुन खाएको कुखुरो झैं झोक्राएको छ । मुख्य प्रतिद्वन्दी दल जनतामा लोकप्रिय बनेकोमा छटपटी भएको छ । अझ विश्वका उत्कृष्ट अर्थमन्त्रीमा दर्ज भएका काँग्रेसका अर्थ्विद रामशरण महत त डाडुमा पानी तताएर मर्न मात्र बाँकी छ । आफ्नै पार्टीका नेता कार्यकर्ताले हुकेको हुक्यै छन् । तेह्र डिजिटको अंकमा अटेको बजेट कार्यक्रम देखेर आत्तिएको छ काँग्रेस यतिखेर । केपी वलीलाई ज्यूँदै लुछ्न मिल्ने भए लुछ्थे । काँचै खान पाए काँचै खान्थे काँग्रेसले । काँग्रेसलाई पकाएर खान त धेरै ढिलो भै सकेको छ । अरू कुनै कारणले होईन यही बजेटका कारणले यस्तो भएको छ काँग्रेसलाई ।
यहाँ कुनै दलको चटनी चाटेर भनिएको होईन । यो स्वतन्त्र अभिव्यक्ति हो । यो आम जनसाधारणको अभिव्यक्ति हो । यि कुरामा चित्त दुखाउनेले छातीमा हात राखेर संझदा पनि हुन्छ । यहाँ बजेटका कारणले खलबलिएको जनमानसमा निकट विगतको राजनीतिक ईतिहासको पुनरावलोकन गर्न खोजिएको मात्र हो । नेपालको राजनीतिमा अब आउने हुरी र हुण्डरीको विश्लेषण गर्न खोजिएको हो । दलका निहीत स्वार्थले गर्दा देश र देशबासीले भोग्न परेका कठिनाईका जड हेर्न खोजिएको हो । कारण र कारकहरू चिन्न खोजिएको हो । सौताको रिसले पोईको काख घिनाउने बनाउनेहरूको कुकृत्य थाहा दिन खोजिएको हो । र काँग्रेसका महामानव विपी कोईरालाको सिद्धान्त र विचारको स्मरण गराउन खोजिएको हो ।
वीपी कोईराला नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता नै हुन् । यसो भन्न हिच्किचाउनु पर्दैन । प्रजातन्त्रको लडाईं मै उनले जीवन उत्सर्ग गरे । जसको नामले काँग्रेस प्रजातन्त्रवादीमा दरिएको हो । उनको अवसानपछि काँग्रेस आफ्नो खुट्टामा कहिल्यै उभिएन । गणेशमानले कम्युनिष्ट सँग मिलेर पंचायत ढाले । त्यो आन्दोलनले ल्याएको प्रजातन्त्र दिगो रहन्छ कि रहन्न भन्ने हेक्का भने गणेशमानलाई भएन । न अरू कसैले हेक्का राखे ।
आजको प्रजातन्त्र त गणतन्त्रको डरलाग्दो भीरमा आएर अड्किएको सम्म छ । यही बालबाल बचेको प्रजातन्त्र भीरबाट गुल्टेको भोलीपल्ट देखि काँग्रेस कहाँ पुग्ने हो । हेर्न बाँकी छ । जसको सहारामा महान विजयको उदघोष गर्यो, आज त्यसको परिणाम भोग्दैछ काँग्रेस । अझ दुष्परिणाम हातपर्न केही समय कुर्दा थाहा लाग्ला ।
कम्युनिष्टहरूले कल्पना गरेको सिद्धान्त भनेको राज्यबिहीन र वर्ग्बिहीन समाजको निर्माण गर्नु नै हो । यो मार्क्स र एङ्गेलसको पालाको कुरा भयो । अहिले यो कुरा नेपालका कम्युनिष्टहरूलाई पनि कोरा कल्पना लाग्छ । मार्क्सले प्रतिपादन गरेका सिद्धान्तहरू हुबहु सँसारको कुनै निर्जन भूमीमा पनि लागू नहुने भैसक्यो । मार्क्सवाद लेनिनवाद र माओवाद नभने कम्युनिष्ट पार्टी भनेर नपत्याईने भएकोले मात्र यिनका नाम सम्म जप्न बाध्य भएका छन् कम्युनिष्टहरू ।
त्यसैले कम्युनिष्टहरू पनि एक प्रकारका काँग्रेस नै हुन् भन्दा हुन्छ । तर नेपालका कम्युनिष्ट जति राष्ट्रवादी काँग्रेस देखिन सकेको छैन । राज्यको आकार र नक्शा नचाहिने कम्युनिष्ट राष्ट्रको नक्शा चाहने भए । देशको भूगोल रक्षार्थ चिन्ता गर्ने भए । तर काँग्रेस उनीहरू भन्दा बढी हुनुपर्नेमा फितलो राष्ट्रियताको कुरा गर्न थाले । पछिल्लो पटक प्रधानमन्त्रीको चुनावमा आएको आकाशबाणी यसको गतिलो उदाहरण मान्न सकिन्छ ।
यति हुँदाहुँदै पनि काँग्रेस भीरको बाटो हिंडेकै छ । कम्युनिष्टको साथ लिनु र राजाको साथ लिनुमा के फरक रहेछ भन्ने ज्ञान कहिल्यै भएन । बरू वीपीका आदर्श र सिद्धान्तहरूलाई खोलामा बगायो । र आज काँग्रेस घेराबन्दीमा परेको यथार्थ हो । काँग्रेस देशी घेराबन्दीमा परेको छ । देशभित्रका दलहरूको रफ्फु चक्करमा फँसेको छ ।
यहाँ सम्झनै पर्ने घटना बिर्सेर आजको राजनीतिक बिश्लेषण गर्न सकिंदैन । ०७० को संविधान सभाको चुनावमा काँग्रेस पहिलो राष्ट्रिय पार्टी बन्यो । एमाले दोश्रो । ०६४ को चुनावमा पहिलो पार्टी बनेको एमाओवादी पार्टीको यसपाली शर्मनाक हार भयो । एमाओवादीका अध्यक्ष प्रचण्ड दुई ठाउँबाट लडेर दुई ठाउँमै पराजय भोगेको कुरा तत्काल हल्ला चल्यो । सिराहाको चुनाव तीन दिन स्थगित गरेपछि प्रचण्डले एक ठाउँमा चुनाव जितेको सबैले सुनेकै हो । सोचे अनुसार परिणाम नआएपछि एमाओवादीले चुनाव अस्वीकार गर्ने सम्मका कुरा भए । तर छब्बीस सीट भेटाएको एमाओवादी एकाएक यु टर्न गर्दै आजको अवस्थामा आएको छ । कम्युनिष्टले शासन सत्ता कब्जागर्ने खास खेल यहींबाट शुरूभएको हो ।
काँग्रेसलाई कत्तिको ज्ञात छ यो कुराको, उसैले बुझोस् । काँग्रेसले कम्युनिष्टको मायाँ र सर्पको मायाँ उस्तै हुन्छ भनेर यहाँनेर बुझ्न नसकेर हावा खाएकै हो । कम्युनिष्टक र सर्प दुईटैको मायाँ उस्तै हुन्छ भनेर बुझेन । दुईटै कठोर हुन्छन् । मौकापर्ना साथ डस्छन् । काँग्रेसले अब त्यही बेहोर्न बाँकी छ । अझै डसि सकेका छैनन उसलाई । कम्युनिष्ट र सर्पहरू उचीत समयको पर्खाईमा छन् ।
राजाले पनि काँग्रेसलाई काखी च्यापेर कम्युनिष्टलाई पाखा लगाउन सक्दैनथे । आधा नेपालीलाई मारेर कुनै राजा नेपालको शासक हुन सक्दैन । राजा र जनता मिलेर नै देशको विकास हुन्छ भन्ने राजाको चाहना हो । यदी काँग्रेसले झैं रोल्पाको होलेरीमा जम्मा भएका माओवादी सबै सखाप पार्नेकाम राजाबाट भएको हुँदो हो त आजसम्म देशको अस्तित्व रहने थिएन । काँग्रेसका आकृति त के हड्डी खोज्न पनि नदी किनारमा पुग्नु पथ्र्यो । अझपनि राजाको त्यतिबेलाको आशीर्वाद लागेर काँग्रेस ज्यूँदो छ भन्दा फरक पर्दैन । काँग्रेसले अब राजा गुहार्ने समय आयो । वीपीलाई सँझने बेला आयो । कम्युनिष्टको साथ सहयोगमा सरकारको भाग खान रियाल् चुहाउनु भन्दा सिद्धान्त निर्माण गर्न लाग्नु बेश होला । काँग्रेसले जति जति बजेटको बिरोध गर्छ, उती उती जनताले मायाँ मारेको बुझ्दा हुन्छ । ऊ जनताको बीचमा गएर प्रश्तुत गर्ने मुद्दा बिहीन अवस्थामा पुग्दैछ । भूकम्पले शिथील बनेका चौध जिल्ला शुशीलकै पालादेखि रूष्ट छन् । बाँकी जिल्लामा पनि यो बजेट सार्वजनिक भएपछि काँग्रेसलाई भोट हालेका जनता ओईलाएका छन् । ७० को चुनाव लगत्तै काँग्रेसले नै सरकार बनाएको हो । बजेट पनि ल्याएकै हो । आजका कार्यक्रम त्यो बेला ल्याउन कसले छेकेको थियो । सँयुक्त सरकार भएपनि अर्थमन्त्री काँग्रेसी नै थिए । यस्ता लोकप्रीय कार्यक्रम किन ल्याएन । काँग्रेसीहरू मुखामुख गर्दैछन् देशैभरी ।
आफ्नो पालामा सिन्को नभाँच्ने अरूले जीआई पाईप तोडेको देखेर रिसगर्नु काँग्रेसलाई शोभा दिन्न । पराधीन चिन्तन र बैशाखी टेक्नेले सिन्को टिप्न पनि सक्दैन । टिपेर भाँच्ने कुरा त परैको भयो । रन्थनिएको काँग्रेसले अब शितलो दिमाग बनाएर सोच्ने बेला आएको छ । काँग्रेसको नेतृत्वले जहिल्यै राजासँग टक्कर लिएर पर्सनालिटी निर्माण गर्न खोजे । राजाले जहिले पनि देश र जनताको हित चाहन्छन भन्ने बुझिएन । राजाले प्रजान्त्र स्वीकार गर्दा काँग्रेसकै भर हुन्थ्यो । प्रजातन्त्र बलियो बनाउन काँग्रेसकै भरोसा हुन्थ्यो । राष्ट्रियतालाई बलियो बनाउन राजालाई कम्युनिष्टको भर लाग्थ्यो । यो कुरा यतिखेर जगजाहेर भएको छ । राजालाई सबै आस्थाका नेपालीहरू बराबरी मायाँ र बराबरी चिन्ता हुन्थ्यो । तर काँग्रेसले मौकामा धोखा दिएकै हो । लागेको विदेशी दलालको आरोपलाई सत्य सावित गर्दै ०६२ मंसीर ६ गतेको नयाँ दिल्ली सम्झौता गरिछाड्यो । यसको फल आज घेराबन्दी भित्र थुनिंदैछ काँग्रेस । मान्छेले ढाडमा टेकेर टाउकामा ठोक्ने कुरालाई प्रायोजित भाषामा बुझे । काँग्रेसले प्रजातन्त्रमा टेकेर राजतन्त्रमा प्रहारको लागि निरङ्कुश राजतन्त्रको अन्त्य गर्ने सकुनी कुरामा हस्ताक्षर गर्यो । अहिले मनन् गर्दै होला ? यो त के हो र ! कास्टिङ न हो । बजेटले अत्तालिएको अवस्था मात्र न हो । यसको अर्थ जनताले दिने मतमा कमी आउने भयो । जनताको बीचमा जाँदा एमालेले गरेको काम तिमीहरूले किन गर्न सकेनौ भन्ने प्रश्नको जवाफ दिन मुश्किल छ । त्यही भएर अत्तालिएको अवस्था हो । काँग्रेसले चुनावमा जित्ने आधार भनेकै कम्युनिष्टको बेमेल हो । यदी वामपन्थीहरू एकैढिक्का भएर सँसदको भरपुर प्रयोग गरेभने चुनाव पुरै कम्युनिष्टले हात पार्नेछन् । जति वामपन्थीहरू विभाजित छन्, त्यति साँच्चै विभाजित नभएको अवस्थामा नेपाल नयाँ राजनीतिक व्यवस्थामा प्रवेश गर्नेछ । जसलाई बदल्न विश्व शक्ति राष्ट्रहरूको प्रयासले मात्र संभव होला । स्थापित व्यवस्थालाई स्वदेशी तागतले कुनै परिवर्तन वा विस्थापन गर्न सक्नेछैन । बजेट त यौटा बहाना मात्र हो । यो त बर्षेनी आउँछ जान्छ । तर ०४६ सालपछि दुईटा बजेटमा बढी चासो र चर्चा भयो । सरकार ढल्यो(ढल्यो भन्ने बेलामा उही सरकारले बजेट ल्याउँदा यसो भएको देखियो । यही बजेटले धेरै तहमा प्रत्यक्ष प्रभाव पारेकाले एमाले बाहेकलाई चित्त दुख्नु स्वाभाविकै भयो रत्यसमाथी,काँग्रेस भित्र रडाको मच्चाएर आएको यो बजेट अर्थपूर्ण छ ।

Post a Comment