0
गोल्डेन न्यूज संवाददाता
नेवा खलःकास्कीको आयोजनामा शनिबार पोखरामा बधाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अशोक पालिखे तथा उपाध्यक्ष तीर्थ श्रेष्ठ नेपाल सरकारबाट प्रवल जनसेवा श्री पदकद्वारा बिभुषित गर्ने निर्णय भएको खुशियालीमा बधाई ज्ञापन गरिएको हो । प्रमुख अतिथि क्षेत्रिय प्रशासक शंकर कोइरालाले संस्थाका तर्फबाट प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गरि बधाई तथा सम्मान गरेका थिए। उक्त अवसरमा कार्यक्रममा उपस्थित ब्यक्तिहरुले संस्थागत र ब्यक्तिगत रुपमा खादा तथा माला लगाई दुबै जनालाई सम्मान र बधाई ज्ञापन गरे । नेवा खलः कास्कीका उपाध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक शंकर कोइरालाले सरकारद्वारा प्रदान गरिने पदक समाज सेवामा निःस्वार्थ भावले लागेकाहरुको सच्चा सम्मान भएको बताए । ‘पदकद्धारा विभूषित गरिनु भनेको देश र समाजको लागि योगदान गरे राज्यले मूल्याङ्कन गर्छ भन्ने प्रमाण हो’–उनले भने । बधाई ग्रहण गर्दै संस्थाका उपाध्यक्ष कवि तीर्थ श्रेष्ठले आफ्नो जातिको मौलिक संस्कार र संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिंदै परम्परागत रुपमा चल्दै आएका संस्कारलाई जातिगत ढंगबाट मनाउदा साम्प्रदायिक भयो भन्ने सोँच गलत भएको बताए । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले सम्मान र बधाईले अझ बढि जिम्मेवार बोध भई काँध भारी भएको महसूस गरेको सुनाए ।  उनले सम्मानले उर्जालाई कायम राखेको बताउँदै संस्कार, संस्कृति जगेर्ना तथा समाजको समुन्नत बिकासका लागि सदैब लागि रहने बताए । कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, तमुधिं नेपालका महासचिब रुद्रकुमारी गुरुङ्ग मैना, नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदास लगायतले बोलेका थिए । सम्मानित ब्यक्तिहरुको ब्यक्तित्व परिचय नेवा पत्रकार पुच कास्कीका संयोजक सन्जय मल्लले गरेका थिए । कार्यक्रममा स्वागत नेवा खलः कास्कीका महासचिब प्रदिप रञ्जितले गरेका थिए भने संचालन उपमहासचिब राजेन्द्रकुमार श्रेष्ठले गरेका थिए । नवौं गणतन्त्र दिवसको अवसरमा सरकारले समाज र देशको बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई बिभिन्न पदकबाट बिभुषित गर्न लागेको हो । यस बर्ष सुप्रवल जनसेवाश्री मानपदवी बाट ८३, प्रबल जनसेवाश्री मानपदवी बाट १३५ र जनसेवाश्री मानपदवी बाट ५१ जनालाई बिभुषित गर्ने घोषणा गरेको छ ।








Post a Comment

 
Top