0
महिला दिदी बहिनीहरुलाई विभिन्न सभा समारोहमा बोल्न र कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले रेडियो जननीले सञ्चालन गरेको ९ दिने उद्घोषण कला तालिम बुधबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै पद्यमावती हस्तकला उद्योगका सञ्चालक एवम् रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले रेडियोले दिदीबहिनीहरु लाई अगाडि बढाउने उद्देश्यले विभिन्न सीपमूलक र उत्पे्ररणामूलक कार्यक्रम गर्दै आएको बताए । उनले तालिममा सहभागीहरु लाई तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गरे महिला दिदी बहिनीहरुलाई विभिन्न सभा समारोहमा बोल्न र कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले रेडियो जननीले संचालन गरेको ९ दिने उद्घोषण कला तालिम बुधबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै पद्यमावती हस्तकला उद्योगका सञ्चालक एवम् रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले रेडियोले दिदीबहिनीहरुलाई अगाडि बढाउने उद्देश्यले विभिन्न सीपमुलक र उत्पे्ररणामूलक कार्यक्रम गर्दै आएको बताए । उनले तालिममा सहभागीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरे । रेडियो जननीका प्रबन्ध निर्देशक हसिना बस्नेतले बोल्नका लागि अध्ययनको जरुरी रहेको बताउँदै बोल्दा शब्द चयनमा ख्याल गर्न सुझाव दिए । रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले बोल्ने कला सबै क्षेत्रका लागि आवश्यक पर्ने भएकाले यसको विकासका लागि स्वयं व्यक्ति नै लाग्नु पर्ने बताए ।  तालिममा सहभागी अमृता गिरी, अनिता सिग्देल, बबिता ढकाल, मञ्जु बाँस्तोला, माया गिरी, शोभा पौडेलले उद्घोषण कला तालिमले आफूहरुलाई धेरै कुरा सिक्ने अवसर मिलेको बताए । उनीहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्ताने बताउँदै महिलाहरुका लागि आगामी दिनहरुमा पनि यस्ता तालिम आयोजना गर्नु पर्नेमा जोड दिएका थिए । तालिममा रेडियो जननीका स्टेशन म्यानेजर एवम् वरिष्ठ प्रशिक्षक विमला भण्डारी, लक्की कार्की, पत्रकार शुष्मा पौडेल लगायतले प्रशिक्षण दिएका थिए । पद्यमावती हस्तकला उद्योगका सञ्चालक एवम् रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी अञ्जु चालिसेले गरेका थिए। रेडियो जननीका प्रबन्ध निर्देशक हसिना बस्नेतले बोल्नका लागि अध्ययनको जरुरी रहेको बताउँदै बोल्दा शब्द चयनमा ख्याल गर्न सुझाव दिए। रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले बोल्ने कला सबै क्षेत्रका लागि आवश्यक पर्ने भएकाले यसको विकासका लागि स्वयं व्यक्ति नै लाग्नु पर्ने बताए ।
















Post a Comment

 
Top