0
गोल्डेन न्यूज संवाददाता
सन् १९६६, फोर्ड रेसिङ इतिहासको एक विशेष र स्मरणीय साल रहेको छ । त्यो वर्ष ल मान्स, जसले गाडी पारखीहरुले २४ घण्टे चुनौती र कौशलताको महान प्रतिस्पर्धाको रुपमा लिइन्छ, उक्त प्रतिस्पर्धामा फोर्ड जीटी गाडीहरुले पहिलो, दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल रहेको थियो । साथै सन् १९६७, १९६८ र १९६९ मा पनि त्यस्तै जित हासिल गर्न सफल भएको थियो । यस वर्ष फोर्डले फोर्ड हेरिटेज मन्थ मनाउने क्रममा फोर्ड र रेसिङबीचको सहकार्य तथा समन्वयले अझ उच्च गति लिएको छ । यो वर्ष पनि फोर्ड जीटीका गाडीहरु ल मान्समा जुन १८ र १९ गते हुन गइरहेको ऐतिहासिक तथा चुनौतीपूर्ण २४ घण्टे कौशलताको प्रतिस्पर्धाका लागि छानिएको छ । ल मान्स्को प्रतिस्पर्धाको लागि फोर्ड जीटीका चार गाडीहरु नम्बर ६६, ६७, ६८, ६९ मैदानमा उत्रिने छन् ।फोर्ड जीटीको इतिहास फोर्ड कम्पनीका कार्यकारी अध्यक्ष हेन्री फोर्ड दुतियाका अनुसार सन् १९६० मा फोडै जीटीले ल मान्स्मा प्रतिस्पर्धा गर्दा फोर्ड गाडीहरुले प्रचलित नाम चलेका गाडीहरुभन्दा वढी चुनौती र कोशलता वहन गर्न सक्ने लक्ष्य पूरा गरेको छ र त्यही नविनतम सोच र भावनाका साथ आजका फोर्ड गाडीहरु बनाइएका र प्रतिस्पर्धामा भाग लिइरहेका छन् ।
नयाँ फोर्ड जीटी फोर्डका एक उत्कृष्ट गाडी हुनुका साथै यो हल्का, कार्वन फाइवरले बनेको र फोर्ड इको बुस्ट इन्जिन रहेको छ । फोर्डको यो गाडी अरु प्रचलित रेसिङ ब्राण्ड जस्तै फरारी पोर्स, आस्तन मार्टिन जस्ता गाडीहरुसाग प्रतिस्पर्धा गर्ने छ ।
पावरफुल इकोबुस्ट इन्जिन
फोर्डको रेसिङ इतिहासमा फोर्डको उत्कृष्ट टेक्नोलोजीको विकासको पनि उति नै भुमिका रहेको कम्पनीले जनाएको छ । यस पटक पनि ३.५ ली. इको बुस्ट इन्जिनका साथ विभिन्न कठोर जाँच पछि यी गाडीहरु ल मान्स्का प्रतिस्पर्धामा सामेल हुँदैछन् । इको बुस्ट–सानो तर दरिलो प्रविधि फोर्ड इको बुस्ट इन्जिनले बढी पावर प्रदान गर्दछ र कम इन्धन खपत र वातावरण मैत्रीको लागि प्रख्यात छन् । सन् २००९ मा फोर्डले इको बुस्ट इन्जिन सार्वजनिक गरेपछि अहिलेसम्म ५० लाख भन्दा वढी गाडीहरु यस प्रविधिका इन्जिन जडान छन् । एशियामा पनि यस प्रविधिको प्रख्यात र मागका साथ फोर्डले इको बुस्ट इन्जिन युक्त गाडीहरु बजारीकरण गर्दै आएको छ ।
यसैबीच, नेपालमा इको बुस्ट इन्जिनका साथ फोर्ड इको स्पोर्टस् र फोर्ड कुगा उपलब्ध छन् । फोर्ड हेरिटेज मन्थ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै छ । जस अन्तर्गत जुन महिना भरी फोर्ड गाडीमा विशेष छुटको व्यवस्था गर्नुका साथै शोरुम आउने ग्राहक तथा टेस्ट ड्राइभ गर्नेहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको छ ।
साथै जिओ फोर्डले ग्राहकहरुको रुचीमा ध्यानमा राखी स्पेशल मुभि नाइट, गोकर्ट ट्रयाकमा विशेष रेस जस्ता थुप्रै कार्यक्रमहरु ल्याएका छन् ।






Post a Comment

 
Top