0
गोल्डेन न्यूज संवाददाता
दोश्रो एकता बुक्स अन्तर विद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगितामा सोमबार भएको छात्रतर्फ भएको उद्घाटन खेलमा सैनिक आवासीय महाविद्यालयले पोखरा लनर्सलाई ३०–६ को भारि गोल अन्तर पराजित गरेको छ । सोमबार सम्पन्न छात्रतर्फको अन्य खेलमा सरस्वतीले रेन्वोलाइ १९–०३ ले सोसल पव्लिकले वेल नोन एकाडेमी लाई १९–०२ ले, माउन्ट अन्नपूर्णले चिल्डे«न एकाडेमीलाई १५–१२ ले, जनप्रियले त्रिवेणीलाई १४–०२ गोलले पराजित गरेका छन । यसैगरि छात्रातर्फ भएको खेलमा माउन्ट अन्नपूर्णले जनप्रियलाई ४–१ ले, लिटलस्टेपले शान्ति दिपलाई १२–१ ले ज्ञानज्योतीले वेल नोन लाई १२–१ ले, एसओएस ले त्रिवेणीलाई ३–१ ले सोसियल पव्लिकले कान्तिपुर एकाडेमीलाइ ३–२ ले, गण्डकीले पोखार लर्नसलाई १५–०२ र सृजनाले पोखरा एकडेमीलाई ५–३ गोल अन्तरले पराजित गरेका छन । नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले प्रतियोगिताको उद्घाटन गर्दै ओलोम्पिक दिवसको महत्व माथि प्रकाश पार्दै खेलकुदसंग आवद्ध सवै संघहरुले यस अवसरमा प्रतियागिताहरु आयोजना गर्नुपर्ने कुरामा जोड दिए । उनले आफ्नो पठन–पाठनमा ध्यान दिंदै साथै खेलकुदलाई पनि संगै अगाडि बढाउन उनले विद्यार्थीहरुलाई आग्रह गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङले बिद्यालय स्तरीय ह्याण्डवल प्रतियोगिताले नयाँ खेलाडीहरु उत्पादन हुने विश्वास व्यक्त गरे । एकता बुक्सका पब्लिक रिलेसन अफिसर संजय अधिकारीले नेपालको वातावरण सुहाँउदो खेल ह्याण्डवलमा एकता बुक्सले सम्भावना देखेर प्रतियोगिता निरन्तरताको लागि प्रायोजना गर्दै जाने बताए । सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको नवनिर्वाचित नयाँ कार्यसमितिलाई सम्मान तथा स्वागत गरिएको थियो । संघका केन्द्रीय अध्यक्ष तेज बहादुर गुरुङ, संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले मञ्च कास्कीका अध्यक्ष केशव पाठक, उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, कोषाध्यक्ष विजय नेपाल, सदस्य उमेश पुन, नारायण शाहि लगायतलाई माला लगाउँदै तीन बर्षे कार्यकालको सफलताको कामना सहित बधाई ज्ञापन गरेका हुन् । कार्यक्रममा ह्याण्डवल खेलको विद्यालयस्तरबाटै विकास र विस्तार गर्ने उद्देश्यले जुन २३ अर्थात अन्तर्राष्ट्रिय ओलम्पिक दिवस तथा अन्तर्राष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको संघ कास्कीका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अशोक साहीले बताए । प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायिक विद्यालयका छात्रतर्फ १७ र छात्रा तर्फ १६ टीमको सहभागिता रहेको संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । विजेता टिमलाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरिने भएको छ ।

Post a Comment

 
Top