कति वर्ष भयो मानसिक रोगकोे डाक्टर बन्नुभएको ?
करिब १६ वर्ष ।
मानसिक रोगको विषय छान्दा परिवारको प्रतिक्रिया कस्तो थियो ?
सुरु–सुरुमा बुबा–आमा लगायतका परिवारका सदस्यले के विषय पढेको भन्ने गर्थे । बुबाचाहिँ अहिले हुनुहुन्न, आमा ८४ वर्षकी हुनुभयो । उहाँ धेरै खुशी हुनुहुन्छ । मेरी श्रीमती पनि टिचिङ अस्पतालमै गाइनाकोलोजिष्ट छिन् । सुरुमा त उनी पनि कस्तो विषय लिएको भनेर कराउँथिन् । अहिले सबैले यो विषय बुझन् थालेपछि उनी पनि कस्तो राम्रो विषय पढेको भन्छिन् । बरु आफ्नो बिरामीलाई सम्झाउन समस्या भएका बेला मसित सल्लाह गर्न लगाउँछिन् । आफूले पनि मसित कुरा गरेपछि तनाव कम भएको महसुस गर्छिन् । यो विषय यति राम्रो छ भन्ने थाहा भएको भए म पनि यही पढ्थेँ समेत भन्छिन् । त्यसैगरी अहिले आफू वरिपरिका मान्छे पनि आफूलाई सानोभन्दा सानो समस्या पर्दा मसितै सल्लाह लिने गर्नुहुन्छ । उहाँहरुले अहिले मानसिक स्वास्थ्यबारे केही कुरा बुझ्नुभएको छ ।
तपाईको बुझाइमा मानसिक स्वास्थ्य के हो ?
यो संसारमा मानिस सर्वश्रेष्ठ प्राणी हो । अरु जीवको तुलनामा हामीसित यस्तो दिमाग छ, जसले बढीभन्दा बढी काम गर्न सक्छ । हामीसित विशेष क्षमता छ । जस्तो, हामीले सोच्ने क्षमता, सोच्ने शैली, भावना, स्मरण शक्ति, बुद्धिमत्ता, निर्णय लिने क्षमता आदि पर्दछ । यी कुरा मस्तिष्कबाटै आउँछ र मस्तिष्कबाटै सञ्चालित छ । यो भनेकै मानसिक स्वास्थ्य हो । मानसिक स्वास्थ्यबिना कुनै मानिस पूर्ण हुँदैन । त्यसैले मानिसको सोचाइ, बुझाइ र व्यक्त गर्ने शैली मानसिक स्वास्थ्य अन्तर्गत पर्दछ । विश्व स्वास्थ्य संगठन १९४८ ले पनि आफ्नो परिभाषामा मानसिक स्वास्थ्यलाई शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यको राम्रो अवस्था भनेको छ ।
तर, नेपालमा मानसिक रोगबारेको आम धारणा कस्तो पाउनुहुन्छ ?
मैले अघि नै भनेजस्तो मानसिक स्वास्थ्य भनेको सोचाइ, बुझाइ र व्यक्त गर्ने शैलीको समिश्रण हो । यी कुरा राम्रा छन् भने मानिसको मानसिक स्वास्थ्य राम्रो छ भन्ने बुझनुपर्छ । तर, यहाँका मानिसले कुरा नबुझेर कडा मानसिक समस्यालाई मात्र मानसिक रोगकारुपमा लिने गरेका छन् । जसले गर्दा मानसिक स्वास्थ्य नै ओझेलमा पर्ने अवस्था सिर्जना भैरहेको छ ।
मानसिक रोग लागेका व्यक्तिले आत्महत्या गर्ने सम्भावना कति हुन्छ ?
आत्महत्या बढीजसो डिप्रेसनका कारणले हुन्छ । कसैले अचानक आत्महत्या गर्ने सोच बनाउँछ भने कसैमा विस्तारै–विस्तारै त्यो सोच उत्पन्न हुँदै जान्छ । जसको उदाहरण अस्ति अस्पतालको चौथो तल्लाबाट गरिएको आत्महत्या हो । उसले सबै कुरा सोचेर, सुसाइड नोट लेखेर आत्महत्या गरेको देखिन्छ । यो कुरा प्रायः डिप्रेसनका बिरामीमा देखापरेकै हुन्छ । तर, आत्महत्या गर्ने सोच उनीहरुमा एकैचोटि आउँदैन । यो क्रमिक रुपमा आउँदै जाँदै गर्छ । र, कडा डिप्रेसन भइसकेपछि जब उसले आत्महत्यालाई नै सबैथोक ठान्छ, तबमात्र उसले यो बाटो अपनाउँछ । सही समयमा उसको उपचार गर्न सकेको खण्डमा यो दुर्भाग्य टरेर जान्छ ।
मानसिक समस्या कति प्रकारका र कस्ता हुन्छन् ?
समस्या त धेरै हुन्छन् । तर, त्यसमा इम्पल्सिभ, विस्तारै हुने डिप्रेसन, लागूपदार्थको प्रयोग र सिजोफेनिया मुख्य हुन् । त्यसबाहेक मानसिक स्वास्थ्य मस्तिष्कसित सम्बन्धित हुने हुँदा यो धेरै प्रकारका हुन्छन् र धेरै कुरा सित सम्बन्धित हुन्छ ।
तपाईकहाँ आउने बिरामीचाहिँ कस्ता प्रकारका बढी हुन्छन् त ?
सामान्यतयाः मानोचिकित्सककहाँ आउने बिरामी सबै कडा मानसिक रोगी नै हुन्छन् भन्ने हाम्रो बुझाइ छ । तर, यो गलत हो । यहाँ आउने सबै बिरामी उग्र हँुदैनन् । साँच्चै भन्नुपर्दा यहाँ आउनेमा ९५ प्रतिशत बिरामी सामान्य नै हुन्छन् । कडा रोग भएका ५ प्रतिशत मात्रै हुन्छन्, जसलाई हामी तुरुन्तै भर्ना गर्छौं । त्यसबाहेक यहाँ सबैखाले विरामी आउँछन् । कोही निद्रा लागेन भनेर आउँछन् । कसैमा खानामा अरुची देखिन्छ भने कोही बढी तनाव महसुस गरेर उपचारका लागि आउँछन् ।
तनावयुक्त बिरामीलाई उपचार गर्दा आफूलाई चाहिँ कत्तिको तनाव हुन्छ ?
हामी यसलाई सामान्यरुपमै लिने गर्छौं । अरुका लागि पनि यो सामान्य नै हो । त्यसैले पनि विभिन्न प्रकारका व्यक्तिसित कुरा गर्न पाउँदा रमाइलै महसुस हुन्छ । अझ भनौं जति काम गर्दै गयो, उति सन्तुष्टि महसूस हुन्छ । मैले कहिल्यै तनावको अनुभव गरेको छैन ।
कडा मानसिक रोगका विरामीको उपचार गर्न त गाह्रो नै होला नि ?
कडा मानसिक रोग भएकाले त समस्या छ नै भन्दैनन् । त्यसबेला उनीहरुको परिवारलाई भेटेर कुरा गर्छौं । उनीहरुको समस्या बुझछौं । र, आवश्यकै परेको खण्डमा उनीहरुलाई इन्जेक्सन लगाएर उपचार गर्दा कन्ट्रोलमा आउँछन् । त्यसबाहेक कतिपय कुरा त विरामीसितको व्यवहारमा पनि भर पर्छ ।
उपचारका क्रममा त्यस्तो कुनै दुर्घटना बेर्होनु परेको छ ?
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो दुर्घटना त भएको छैन । हुँदा पनि नहोस् । तर, टेबल, कुर्सी तोडफोड गरेर भाग्ने घटना त धेरै हुन्छन् । त्यस्तो परिस्थितिमा गार्डलाई समात्न लगाएर इन्जेक्सन हानेर सुताउँछौं र भर्ना गर्छौं ।
मानसिक स्वास्थ्यबारे तपाईका केही सुझाव छन् कि ?
अहिले मानिसहरुले मानसिक स्वास्थ्यबारे पर्याप्त जानकारी नपाएकै कारण विभिन्न समस्या उत्पन्न भइरहेको छन् । त्यसैले पनि अहिले यसले निम्त्याउने रोगभन्दा पनि मानसिक स्वास्थ्य के हो र यसका समस्या के हुन् भन्ने कुरा बुझ्न जरुरी छ । यसलाई बाहिर ल्याउन सरकारी स्तरबाटै आवश्यक जनचेतनाका कार्यक्रम हुनु जरुरी छ ।
त्यसैगरी मानसिक स्वास्थ्यमा काम गर्ने निकायहरुले पनि यसबारे पर्याप्त जनचेतना फैलाई यसले निम्त्याउने समस्याभन्दा पनि यो के हो भन्ने कुरा बुझाउनु जरुरी छ । यसबाहेक हालैको मन्त्रिपरिषद वैठकले पारित गरेको मानसिक स्वास्थ्य नीति तर्जुमा हुन आवश्यक छ । उक्त नीतिअन्तर्गत जनचेतनात्मक कार्यक्रम, मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यमा समावेश गर्ने, मानव संशाधनमा केन्द्रित गर्ने तथा नेपालमा कडा मानसिक रोगीहरुका लागि आवश्यक कानुनको निर्माण गर्नेतर्फ सबैले एकजुट हुन आवश्यक छ । स्वास्थ्य मन्त्रालयले पनि यसमा केन्द्रित रहेर नीति तथा कार्यक्रम ल्याउन जरुरी छ ।
(डा.ओझा मानसिक रोग विशेषज्ञ हुन्)

Post a Comment