0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपासलका वडा नं.५ पस्र्याङ्गस्थित फिर्के खोलामा रहेको पुल मर्मत सम्भार नहुदाँ स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन । दैनिक सयौँ विद्यार्थी र सर्वसधारण उक्त पुल हुदैँ यात्रा गर्ने गरेका छन् । सिचाई योजनाको नहरका लागि बनाइएको पुलमा विच्छ्याइएका स्ल्यापहरु खुलै र जथाभावी राखिएको हुदाँ विद्यालय जाने स्कूले बालबालिका पुलको डण्डी समातेर हिंड्न बाध्य भएको स्थानीय समाजसेवी नारायण शर्माले जानकारी दिए । स्ल्याप निस्किएर छिन्न भिन्न भएको र पुल पनि जीर्ण अवस्थामा पुगेकाले ठूलो दुर्घटना हुने सम्भावना रहेको शर्माले बताए । पुलको मर्मत र स्ल्यापको व्यवस्थापन गर्न सिँचाई डिभिजन कार्यालय कास्कीलाई पटक पटक ताकेता गरे पनि वास्ता नगरेको भन्दै शर्माले असन्तुष्टि जनाएका छन्। उनको नेतृत्वमा गएको टोलीले सिँचाई कार्यालयका प्रमुख तुलसीराम भट्टराईलाई ध्यानाकर्षण गराउँदै निवेदन समेत दिएको छ । तर सात महिना वितिसक्दा पनि कुनै सुनुवाई नभएको भन्दै शर्माले सञ्चारमाध्यमलाई गुहार्नु भएको छ । उक्त कार्यालयका इन्जिनियर गोविन्दप्रसाद भूर्तेलले काम गर्ने आश्वासन दिए पनि नभएको उहाँले बताए । वर्षायाम सुरु भैसकेकाले, त्यस क्षेत्र भएर यात्रा गर्ने पैदलयात्री, विद्यार्थी एंव त्यस भेगका सर्वसाधारणले थप समस्या व्यहोर्नु पर्ने भन्दै उनले तत्काल मर्मत सम्भार गरिदिन आग्रह गरेका छन्। सडक विस्तारसँगै फुर्से खोलाको क्षेत्र व्यवस्थित पूर्वाधारको अभावमा जोखिममा पर्दै गईरहेको छ ।

Post a Comment

 
Top