0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस कास्कीले कार्यकर्ताहरुलाई पार्टीको काममा सक्रिय गराउने अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा जिल्लाका हरेक गाविस र नगरका वडाहरुमा कार्यकर्ता प्रशिक्षण तथा पार्टीलाई क्रियाशिल बनाउने अभियानलाई संचालन गरेको छ । पार्टीको यहि अभियान अन्तर्गत शुक्रबार सार्दीखोला गाउँ इकाई समितिको आयोजनामा गाविसस्तरीय कार्यकर्ता भेलाको आयोजना ग¥यो । भेलामा बोल्दै प्रमुख अतिथि समाजसेवी एवम् चेकोस्ट अफ बेल्जियमका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले कार्ल माक्र्सले पनि प्रजातन्त्रमा विश्वास गरेको बताउँदै प्रजातन्त्रले मात्रै मुलुकलाई परिवर्तन गर्न सक्ने उल्लेख गरे । नेपालमा नेपाली काँग्रेस मात्रै प्रजातान्त्रिक पार्टी रहेको उल्लेख गर्दै उनले नेपालको विकास काँग्रेसबाट मात्रै संभव रहेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णु बहादुर क्षेत्रीले संगठनलाई गति दिनका लागि स्थानीय स्तरमा रहेका प्राकृतिक स्रोत र साधनको प्रयोग गरि पार्टीलाई क्रियाशिल बनाउनु पर्नेमा जोड दिए । बामपन्थिहरुको गठवन्धनले मुलुकमा समस्या मात्रै सिर्जना गरेको बताउँदै क्षेत्रीले देशलाई निकास दिन सक्ने सामथ्र्य काँग्रेससँग मत्रै रहेको उल्लेख गरे । स्थानीय कार्यकर्ताहरुको लगनशिलता, अनुशासनले संगठनमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले काँग्रेसका कार्यकर्ताहरु अनुशासित, लगनशिल हुनुपर्नेमा उनले जोड दिए । गाउँ इकाई समितिका सभापति गुन्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय प्रतिनिधि रामप्रसाद आचार्य, उपसभापति माधव आचार्य, लगायतका वक्ताले आ–आफ्नो भनाई राखेका थिए । कर्यक्रमको संचालन सचिव टेकराज आचार्यले गरेका हुन् । साथै नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताहरुको सक्रियतामा विपि स्मृति भवनको निर्माण कार्य अघि बढेको छ । उक्त भवन निर्माणका लागि रामप्रमसाद तिमिल्सिनाको योगदान रहेको त्यहाँका काँग्रेस कार्यकताहरु बताउँछन् ।

Post a Comment

 
Top